हात्तीको ‘ हटस्पट ’ बन्दै बेलबारी : स्थानीय रातभर जाग्राम, कुन वडामा कति क्षति ?

बेलबारी । मोरङ्गको बेलबारी नगरपालिका पछिल्लो दुई सातायता हात्तीको ‘ हटस्पट ’ बनेको छ । बेलबारीका वडा नम्बर १०,४,८,१,३ र ११ सबैभन्दा बढी हात्ती प्रभावित बनेका छन । १५ दिनअघि देखि साँझ पर्नेबित्तिके किसानले लगाएको बालीनालीमा छिरेर नष्ट गर्ने र बिहान राजमार्ग र आसपासका सामुदायिक बनमा छिरेर बस्ने कारण रातदिन यस क्षेत्रका बासिन्दा आर्जित भएका छन ।

किसानले लगाएका बालीनाली हात्तीले सखाप पारेको छ । यसबाट लाखौको क्षति भएको छ । स्थानीयका घरदेखि बिभिन्न भौतिक संरचना समेत हात्तीले ध्वस्त बनाएको छ । रातभर हात्तीको त्रासले यस क्षेत्रका बासिन्दा जाग्राम बस्न बाध्य भएका छन । हात्तीको हुल नै गाँउ पसेर बिध्वंस मच्चाईरहेको छ ।

कुन वडामा अहिलेसम्म कति क्षति ?

बेलबारी १ - हात्तीले बेलबारी १ मा अहिलेसम्म ८ वटा घरमा क्षति पुर्याएको छ । १ वटा घरको सटर नै फुटाईदिएको छ । स्थानीइ दिनेश थापाको डुढ बिगाह जमिनमा लगाउको केराखेती र जीवन कार्कीको ४ कठठामा लगाएको धान,अन्य किसानहरुको सिमल तरुल लगायतका बालीनाली सखाप पारेको वडाध्यक्ष मणि पुलामी मगरले जानकारी दिएका छन । हात्ती नियन्त्रणका लागि वडाले गस्ति टोली,जेसिबीको प्रयोग,बत्ती जडान लगायतका कार्य गरिरहेको छ भने पिडितहरुलाई दाउरा उपलब्ध गराउने र आगो बालेर हात्ती नियन्त्रण गर्ने प्रयास भईरहेको वडाध्यक्ष मगरले जानकारी दिए । वडा नम्बर २ - बेलबारी वडा नम्बर २ मा अहिलेसम्म जमुना लिम्बु,काजी राई र मुसहर टोलका २ गरी ४ वटा घरमा क्षति पुर्याएको छ ।

चन्द्रकुमारी खडकाको १२ कठठामा लगाइृएको केराखेती हात्तीले नष्ट गरेको छ । सो वडामा हात्ती नियन्त्रणका लागि वडाबाट १ लाख बजेट नै छुटयाएर बत्ती जडान,सूचना संप्रेषण लगायतका काम गरिरहेको वडाध्यक्ष कृष्ण गुरुङ्गले जानकारी दिएका छन । वडा नम्बर ३ - बेलबारी ३ मा हात्तीले ५ वटा घरहरुमा क्षति पुर्याएको छ । राई,लिम्बु,बस्नेत समुदायको धार्मिक बन भित्र पसेर त्याँहा लगाईएका फलफुलमा हात्तीले क्षति पुर्याएको वडाध्यक्ष योगेन्द्र सुवेदीले जानकारी दिएका छन ।

वडा नम्बर ४ - बेलबारी ४ मा ४ वटा घरमा क्षति पुगेको छ । केराखेती,सुपारी,धान लगायतका बालीनाली हात्तीले नष्ट गरेको छ । हात्ती नियन्त्रणका लागि साईरन,बत्ती जडान,एम्बुलेन्स डयुटी लगायत हात्ती नियन्त्रणका लागि जुटिरहेको वडाध्यक्ष चन्द्र लिम्बुले जानकारी दिएका छन । वडा नम्बर ८ - वडा नम्बर ८ मा सामान्य मकैवालीमा क्षति पुर्याए पनि अहिलेसम्म हात्तीले ठुलो क्षति नगरेको वडाध्यक्ष धनपति गौतमले जानकारी दिएका छन । वडा नम्बर १० - बेलबारी १० मा किसानले १० बिगाह बढी क्षेत्रफलमा लगाएको मकै,केरा लगायतका बालीनाली सखाप पारेको छ । सोही वडामा १ हजारबढी केरा हात्तीले नष्ट गरेको छ । एउटा घरमा हात्तिले पुर्ण रुपमा क्षति पुर्याएको वडाध्यक्ष गंगा याख्खाले जानकारी दिएका छन ।

वडा नम्बर ११ - बेलबारी वडा नम्बर ११ का ५ वटा घरमा हात्तीले क्षति पुर्याएको छ । धार्मिक बनमा रहेको ३ वटा मन्दिर समेत हात्तीले भत्काईदिएको छ । किसानले लगाएका बालीनालीमा समेत हात्तीले क्षति पुर्याएको वडाध्यक्ष बिक्रम बान्तवा राईले जानकारी दिएका छन । बेलबारीका स्थानीयले यस क्षेत्रबाट हात्ती धपाउन बारम्बार सम्बन्धित पक्षसँग गुहार मागिरहेका छन । तरपनि हात्तीलाई यस क्षेत्रबाट धपाउन सकिएको छैन । साँझ पर्नासाथ दैनिक हात्तकिो हुल निस्किएर किसानको बालीनालीमा पस्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित