चित्त दुखाएर होइन, चित्त बुझाएर एयरपोर्टको काम हुन्छ: हर्क साड्पाङ

 धरान: स्थानीय सरकार धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २० वर्ष देखि एयरपोर्ट बन्ने आसमा बसेका धरान-१७ निवासीहरूको घरघरमा टोल टोलमै पुग्ने बताएका छन्। आज अध्ययन समितिलाई सहजीकरण गर्न धरान १७ स्थित प्रस्तावित विमानस्थल धावनमार्ग निर्माण स्थलमा पुगेका नगर प्रमुख साम्पाङले विरोध नगरी अध्ययन समितिलाई काम गर्न दिन स्थानीयलाई आग्रह गरे ।

यसै बिच मेयर हर्कले एयरपोर्ट बनाउन सहमति स्थानीयलाई एकैसाथ तालि बजाउन आग्रह गर्दा (स्थानीयवासी) उद्दाम राईले २० वर्ष देखि आफूहरू एयरपोर्ट बन्ने झुटो आश्वासनमा रहेको र तालि बजाउने दिन आएपछि आफै तालि बजाउने जबर्जस्ति तालि नबजाउने अभिव्यक्ति दिए। त्यसपछि मेयर हर्कले तपाईँहरूको चित्त दुखाएर होइन, चित्त बुझाएर हामीले गर्ने हो । किनभने विकास भनेको मान्छेको लागि गर्ने हो । मान्छेलाई बेवास्ता गरेर विकास मात्रै गर्ने हो भने त्यो के विकास हुन्छ ? विकास खोलालाई चाहिएको हो ? होइन ।रुखलाई चाहिएको हो ? होइन । मान्छेलाई चाहिएको हो । मान्छेलाई चित्त बुझाएर हामी काम गर्नेछौँ ।

यो बस्तीवासीलाई लामो धैर्यताका लागि म धन्यवाद दिन चाहन्छु । मेयर हर्कले सङ्घीय सरकारबाट आएको अध्ययन समिति र स्थानीय नागरिकले धरानमा एयरपोर्ट बन्न सक्छ भन्ने निक्र्यौल निकाले श्रमदानबाटै निर्माण गर्ने घोषणा गरेका छन् । स्थानीय गंगाले भनिन यहाँ एयरपोर्ट बनोस् भन्ने नै हाम्रो चाहाना हो । बिचमा आएर कसैले डाँडाघोपामा नगरपालिकाले जे चाहन्छ त्यही गर्छ तिमीहरूले चाहेर पनि हुँदैन भने ।

यो वर्षौँदेखि हुँदै आयो यस विषयमा स्थानीय टासी छिरिङ (स्थानीयवासी) – हुन्छ भने तुरुन्तै होस् पहिलेजस्तो बिस वर्ष नअड्कियोस् स्थानीय बासिन्दा चिन्तामा नफसोस् । मन्दिप परियारले आफू सुकुम्वासी रहेकाले एयरपोर्ट आउँदा घर भत्कने चिन्ता व्यक्त गरे।

प्रतिक्रिया

सम्बन्धित