धरानमा अधिकृत हॅु भन्दै पसलमा हैरानी लगाउने युवा पक्राउ, ७ दिन म्याद थप

धरान / चट्ट अनुहारको बनावट मिलेको हेर्दा काले देखिए पनि पढे लेखेको मिजासिलो तथा मेहनती देखिने, जिउडाल मिलेको ,हल्का दारी पालेका र सिम्पल कपाल काटेका यी युवाले ठगी गर्लान् भन्ने अनुमान लगाउन त सकिँदैन र ठगी गर्लान् जस्तो त नलाग्न सक्छ । तर, धरानमा यिनै युवाले दर्जनौँलाई ठगी गरेको खुलेको छ। पक्राउ परेका धरान १९ का २८ वर्षीय विकास साहविरुद्ध सरकारी छाप किर्तेमा मुद्दा दायर गरी ७ दिनको म्याद थप गरी अनुसन्धान भई रहेको धरान प्रहरीको भनाई छ । 

 साहको साथबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको नेपाल पर्यटन बोर्डको शाखा अधिकृत भएको परिचय  लगाउने धरानमा ब्रान्डेड रक्सीमा ठगी गर्ने युवा अन्य सहरका नभएर धरान कै हुन्। तर, प्रारम्भिक अनुसन्धानको क्रममा साह सरकारी कर्मचारी नभएको खुलेपछि प्रहरीले मुद्दा चलाएको  इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिए।

मोबाइल फोन पे’ मार्फत रकम भुक्तानी गरेको निलो टिक सहितको स्क्रिन सर्ट देखाउने तर, पैसा खातामा नआएको गुनासो बढेपछि साहको ठगी धन्दा सिसी टिभि फुटेजका आधारमा बाहिरिएको हो। परेका साहले विभिन्न ११ स्थानका व्यवासायीहरुबाट ५१ हजार बराबरको मदिरा ठगी गरेको खुलेको छ । मंगलबार राती पक्राउ परेका साहका अभिभावकसँग मदिरा व्यवसायी सङ्घमा ठगिएको मानिसलाई शाहका अभिभावकले व्यवसायीलाई ५१ हजार तिरेका छन्। 

साहको साथबाट रुटिन अफ धरान बन्द पेजको रिपोर्टर भएको परिचय पत्र समेत पनि भेटिएको मनोकामना कोल्डड्रिंसका प्रोप्राइटर रमेश हतुवालीले जानकारी दिए । उनले अनुसार शाहको अन्य गिरोह पनि रहेको हुन सक्ने समेत अनुमान लगाए।'साह बा ७ च ४४८० नम्बरको कार चढेर मदिरा बेच्न पुगेका थिए । सो कार शाहका बुबाको रहेको खुलेको छ ।शाहले ठगेका मदिरा खाने वा बिक्री गर्ने गर्थे? , शाहका अन्य साथीको संलग्नता भए नभएको र यस्तो गर्नुको कारण खोज्ने अनुसन्धान अधिकृत मिश्रको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित