इटहरीमा ३० नगर प्रहरी थपिए
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hemkarna_sbpOCtgJER_4bhywwpqk5sgmefu8h6dvxrfkat2kafa9em5m2t1m7xbzsfyckfr9zjmnivc_yu0zJa6Z3C_jvqnolvjpq7ozs1qoec9d8xlqeqejzaydwtm3pynpbnjvyexbhgkrcd9zk2p.jpg)
इटहरी । इटहरी उपमहानगरपालिकामा ३० नगर प्रहरी थपिएका छन । अब उपमहानगरमा नगर प्रहरीको संख्या ४५ पुगेको छ । सोमबार देखि तालिममा सहभागी भएका नगर प्रहरीहरु अब कार्यक्षेत्रमा खटिने छन । २ जना सई ,चार जना हवाल्दार र २४ जना जवान थपिएका हुन । नगर प्रहरीलाई तालिमपछि कार्यक्षेत्रमा खटाईने छ । नयाँ नगर प्रहरीलाई करिब डेढ महिना तालिम दिईनेछ । तालिमको पहिलो चरणमा नगर प्रहरी परिचय तथा मूल्य शिक्षा र संविधान तथा ऐन नियम सिकाईने छ । नगर प्रहरी कार्य र भीड व्यवस्थापन र स्थानीय निकायको काम कर्तव्य र अधिकारबारे प्रशिक्षण गराईने छ । तालिम उद्घाटन समारोहमा उपमहानगर प्रमुख हेमकर्ण पौडेलले नगर प्रहरी थपिँदा उपमहानगरको सुव्यवस्था मजबुत हुने बताए ।
सडक अतिक्रमण गरेर सडकमा राखेको निमार्ण सामाग्री देखि बजार व्यावस्थापन सम्ममा नगर प्रहरी खटाईने छ । इटहरी उपमहानगरको नगर प्रहरी व्यवस्थापन ऐन २०७५ अनुसार नगर प्रहरीलाई महानगरपालिकाको सम्पत्तिको सुरक्षा र संरक्षण, उपमहानगरमा हुने विभिन्न सभा, समारोह, स्थानीय जात्रापर्वको सुरक्षा व्यवस्थापन, पार्किङ स्थलको रेखदेख तथा व्यवस्थापनको अधिकार दिईने मेयर पौडेलको भनाई छ । यस्तै, सरसफाइसम्बन्धी मापदण्डको कार्यान्वयन, न्यायिक समितिले गरेका मिलापत्र तथा निर्णय कार्यान्वयन, सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विपद् व्यवस्थापन, छाडा पशु नियन्त्रण, अनधिकृत निर्माणमा रोक लगायतका जिम्मेवारी नगर प्रहरीलाई दिईने मेयर पौडेलको भनाई छ ।
इटहरी कोशी प्रदेशकै हब भएको भन्दै इटहरीमा नगर प्रहरीको संख्या अझै कम भएको नगर प्रमुख पौडेलको भनाई छ । इटहरीको मुख्य चोक सँगै भित्री सडकहरुमा समेत नगर प्रहरीहरुलाई जिम्मेवारी दिएर पठाईने इटहरी उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताले जनाए । इटहरीको बढ्दो जनसंख्याको कारण भिड भाड व्यावस्थापन गर्न अति आवश्यक भईरहेको उनको भनाई थियो । यस अघि १५ जना मात्र नगर प्रहरी थिए । नगर प्रहरीको लागि गाडी समेत खरिद गरिसकेको उपमहानगरले जनाएको छ । तालिम समारोह कार्यक्रममा वोल्दै इलाका प्रहरीका कार्यालय इटहरीका डिएसपी टेकबहादुर कार्कीले नगर प्रहरी थपिएसँगै इटहरी उपमहानगर क्षेत्रमा सहज हुने बताए । थप नगर प्रहरीले बजार व्यवस्थापनमा महत्वपूर्ण सहयोग हुने डिएसपी कार्कीले बताए ।
![इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित](https://snowberry.prixacdn.net/media/gallery_folder/056846_n_hMTe1DcYfv_7glwpebz1egukoifcmqgsnwywxhxcmilfptipsqro2c07atizfzmipwjyju4_TiWk0ebSRI_m1cobfjgq2we1x3cciybtjulot0frrcanbl7mc4fhwwvuyq7500pzxrxipo3.jpg)
इटहरीको ३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट बहुमतले पारित
इटहरीमा २० दिने कफि मेकिङ्ग वारिस्टा तालिम सम्पन्न
![एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप](https://snowberry.prixacdn.net/media/gallery_folder/meyar-of-itahari_55kebVBjk5_vespnpgoenc77zha7yixg5jow6zd1ftsbxj9sgsdicwcna0efqeiq6wmi0ql_JhE4KqkjWE_vth8ulkkfypzlbvyi9tnccfqilydmnjqpacbmosaik5gmcmozwtxaweqjd2i.jpg)
एमालेका जनप्रतिनिधीको कारण उपभोक्ताले भुक्तानी नपाएको मेयर पौडेलको आरोप
![स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/448314778_885609416929996_7364975672453669342_n_UBDbGOWYZd_bqsai2tocrizkdnx5firbhombhlzlefnl3mlz1wcf0kawlkcagfsx6m2ue1d_7SqbgG68oz_b6t7xdmremxzxzjjwmxsprlpikvoqpteewr8gajkfsfr1yo8rhkh7pgcji1i.jpg)
स्कार्पियोको ठक्करबाट सिटीमा सवार ४ घाइते
![इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_6X6uPAw8Zu_gw0iakpxbw8xedojt7hztxlrdvjy8tlpvgohanzwiucxfajmpfnstimxrmo8_hSoRJ3DOOb_b2qdj2tk2og94ffm6pfupxgg6wlxj2uxasamgnqr70jqdqntu9xcdlbcvlt7.jpg)
इन्टरनेट र केबलका तार व्यवस्थित गर्न इटहरी उपमहानगरको निर्देशन
![आजको मौसम: कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली](https://snowberry.prixacdn.net/media/gallery_folder/mousam_Ugse9P2d6b_whplqlxaofeytqztxkrwymwazp9y4f7wdqkgnqrgjwdd5wsocccd0niuh6t3_gpjalTZ4qW_gwboyv0s8wgtckw8152mogvjfn04s2gj1kqu10dagjn28mtccrnfgyotsrms_jnzOmz5DLG_zcue5ch96ohau5w0qlikftas8uhw70bphwsise1d3dj72k3avkcxf6xtvljj_julkTJDaFy_pto5ooz5ag1nuwzl5khmrno6bxvhz5ziwwcfm2tabnlzqmz8nghru5eiwms1_ApobxpgCN7_7uzklxxvyvjocaf75un78wkhbm7xoog53damhal7xwmoz1fli2q5qywaln5w.jpg)
आजको मौसम: कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया ब…
![जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_oYPp08SKiL_emm51jogfpbnscf8bndtcnsvki6jcdl1m85lbfqlmbtmyaap33tmess7gyl7.jpg)
जनजीवनसँग जोडिएका यी काम जसले इटहरीवासीको मन जितिरहेको छ
![इटहरीको खेती खोलाको अबैध संरचना हटाउन उपमहानगरको ३५ दिने उर्दी : आफै नभत्काए डोजर चलाउने उपमहानगरको चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_Mfah4tSdK5_8vacifmcgsqj6p5tyizq0uic9lljgxczejbkphxv31mq16e6dbo1kuncoje2_xlD3L0B4KL_13nwqwsqf8vf25ayq3dhishqziidyirmehdczmbix7p6eiyemiyvxmtufshz_2ZZJeP9kGO_uyoindfjuiobtsnadqvxyr6z0r8va1millkmyysundfzpehrspjynmf7fosj_ZDk27ygHyK_fhotg8eu5ilyiraxpyfrbzeshorgarbifapqvjcyne1raxwh4ejesv5inrkl_cl3jIbomY8_ittsdrzvt9xa5eg5vnjubxlh8vgsez82ebv6w9kqltqs4kni4gc5k7irmmvr.jpg)
प्रतिक्रिया