बारामा गोली हानी भारतीय युवकको हत्या

बिरगञ्ज । बारामा गए राती गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ । मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।
मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएकाे देखिएकाे छ ।
यद्दपी मृतकको शव नारायणी अस्पताल बिरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

वेश्यावृत्तीमा लगाएको अभियोगमा स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

करिब सात किलो चाँदीसहित एक पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु

प्रतिक्रिया