जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

काठमाडौं । काठमाडौं र नवलपरासी पूर्वबाट १३ जना जुवातास खेेलिरहेको अवस्थामा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-१६ नयाँबजार बम्बई गल्ली डेरा गरी बस्ने धादिङ गंगाजमुना गाउँपालिका-२ घर भएका ६५ वर्षीय रण बहादुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार २ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
नवलपरासी पूर्वको कावासोती नगरपालिका-२ मालपोत चोक बस्ने गोविन्द शर्मा न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ४२ वर्षीय सुन्दर श्रेष्ठ समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३९ हजार ७० रूपैयाँ र १२ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

वेश्यावृत्तीमा लगाएको अभियोगमा स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

करिब सात किलो चाँदीसहित एक पक्राउ

बारामा गोली हानी भारतीय युवकको हत्या

भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु

प्रतिक्रिया