आफ्नै छात्रालाई करणी गर्ने शिक्षकलाई १२ बर्ष जेल सजाय
![](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
लमजुङ । आफ्नै छात्रालाई करणी गरेकाे आराेपमा पक्राउ परी पुर्पक्षका लागि थुनामा रहेका लमजुङकाे राइनास नगरपालिकाका ९ का प्रकास थापालाइ लमजुङ जिल्ला अदालतले १२ वर्षकाे कैद सजाय हुने फैसला सुनाएकाे छ । तिनै बालिकालाई बलात्कार गरेकाे भनि परेकाे अर्काे मुद्दामा साेही ठाउँका अर्जुन विक्रम थापालाइ पनि जिल्ला अदालतले १२ वर्ष कैद हुने फैसला गरेकाे छ । छुट्टा छुट्टै घटनामा फरक फरक ब्यक्तिबाट पीडित भएकी ती बालिकालाई अभियुक्तहरूबाट जनही २ लाख ५० हजार रूपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएकाे छ ।
२०७७ माघमा भएकाे बलत्कारकाे घटना २०७८ जेठ १८ मा सार्वजनिक भएपछि प्रहरीले राइनास नगरपालिकाकाे वडा नंं ९ मा रहेकाे भैरब माविका शिक्षक प्रकाश थापालाइ पहिलाेपटक पक्राउ गरेकाे थियाे । पक्राउ परे लगत्तै प्रहरी कार्यालयमा बालिकासहित छलफल गराइएकाेमा दबाबमा बालिकाले आराेप झुटाे रहेकाे बताएपछि थापा रिहा भइ पुनः विद्यालयमा कार्यरत रहे ।
उनी पुनः विद्यालयमा बहाल रहेपछि विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरू शिक्षक थापालाई कारबाही गर्नुपर्ने भन्दै प्रशासन र प्रहरीमा समेत गएका थिए । विद्यालयका अध्यक्ष नै शिक्षककाे विराेधमा उत्रे पछि शिक्षकहरू मिलेर विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाइ कारबाही गर्नुपर्ने भन्दै विद्यालयकाे पठनपाठन नै अवरूद्ध गरेर आन्दाेलनमा उत्रिएका थिए । उक्त घटनामा अन्यत्र बिरलै हुने एक आपसमा आराेप प्रत्याराेपकाे अनाैठाे सिलसिला नै चलेकाे थियाे ।
पछि पीडित बालिकालाई अभियुक्तले मानसिक दबाब दिएर बयान फेर्न लगाइएकाे ठहर गरी बाल अधिकारकर्मीहरूकाे सहयाेगमा मनाेविमर्श प्रदान गरिएपछि पुनः २०७८ भदाै १ मा ती बालिकाले प्रकाश थापाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् ।
साे क्रममा ती बालिकाले आफूलाइ राइनास ९ कै अर्जुन बिक्रम थापालेसमेत पटक पटक बलात्कार गरेकाे भन्दै किटानी जाहेरी दिएपछि प्रहरीले तुरून्तै अर्जुन बिक्रम थापालाइ पक्राउ गरेकाे थियाे । शिक्षक प्रकाश थापा भने भूमिगत भएका थिए । विद्यालयका शिक्षकहरूकाे कासमु बुझाउन काठमाडाैं गएकाे बताइए पनि उनी लमजुङमै लुकेर बसेकामा किटानी जाहेरी परेकाे १४ दिनपछि पक्राउ परेका थिए । प्रहरीले पीडित बालिकाकाे किटानी जाहेरीका आधारमा दुवै आराेपी बिरूद्ध छुट्टा छुट्टै मुद्दा दायर गरेकाे थियाे । लमजुङ जिल्ला अदालतकाे फैसलापछि दुवै जना कारागार चलान भएका छन् ।
![पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-prithvi-rajmarg-1720746717_5mhdHBtdJh_hrpfjasjqjf7qaqaqlulnp4gegdpltbwqbkkmf2uvnbikpe5wpt7wie46dkf_XgaIsaIcKX_ul6qb8b5pq2awesjqwv2udkoxctvafedjmppnbhybvo5xxp7kzm2vrnaeowh.jpg)
पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध
![म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/pahiro-myagdi_mrqCLSWy4Y_tbzw2gzcmb019gruzpc2dum8pdziv3jhwnjvfbqjhoaj4eimtkmepm8sahkd_FznzQxtdji_lzg0bfys6jjyj5ahra6mmdlxa0uukmqjhj2ybujs4ywbclpapzavltgf0qui.jpg)
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
![बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
बुटवलमा जीप दुर्घटना : तीनको मृत्यु, एक जनाको अवस्था गम्भीर
![गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री](https://snowberry.prixacdn.net/media/gallery_folder/Fanidnra_dipak.png_PdNmp68Ekd_i3c1lmxvilme4bttmxrcwv2cm9bbjcpqaciityue0vnmyz7qyvij1rfdhnwv_PDn9rhtGx5_oilm0ytzl6bfkk1klyus5u3ovrnyzog9altl6qmxntgxhgntrbk02xnehxda.png)
गण्डकीमा सरकार विस्तार- देवकोटा र मनाङे बने मन्त्री
![मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/precast%2520techonology%2520purbelinews_OAiZEggS0R_ocwqv0dm1zdn8jawc25worlxlklljoqzmcejsyegwqpyk38bw6ks2qnnmxpw_Dl6ZIulzAR_oryetz7wmdumhfzemwovk5vdnoymc1lamt8hhorektcbbrdtkmfnmssg7kzv.jpg)
मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै
पोखराकाे भुलभुला मन्दिरलाई पर्यटकीय गन्तव्य बनाइने
![गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news676700._hmF6I48fSe_scce1tokdwhmmpowcytpxf3hd0j2ig1ay9me5y7boyyxk09qh5ttzy1l0gph_ia5wqpU3m3_a74jnrdve2mqer51ah5vmejsb9xjcuc835li7u81layaoummgebicb5gknkd.jpg)
गण्डकी सरकार बारे पूर्ण सुनुवाई बैशाख १० गते : दिर्घकालिन असर पर्ने निर्णय नग…
![गण्डकीका सभामुख भन्छन्– मैले हस्ताक्षर गरेको छैन, राजीनामा पनि दिन्नँ](https://snowberry.prixacdn.net/media/gallery_folder/Gandaki-savamukh_tQXIa7qj6z_erbscyk4wzr4y0xrtrqmed9vtjcxuhnx0vkmmahwz7ieqvrchdwrbi3eq0ms_dyvwKTK2kL_nan9jvldxancbrnr0foc81jwsl0sbfcefwq6f0at1yvd9fsvio7xanozfp3y.jpg)
प्रतिक्रिया