महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु
![](https://snowberry.prixacdn.net/media/gallery_folder/2105619631kathmandu-metropolitan-city-office_ccdW2D14IL_kqyisvscjcyt1wgfomxt7dml53bnmkedanocam2sstkn5m4h3czy593otoxt_eaZ4AHBG3K_6le1knctkgypaw3dlihuuxcot9idmol9fzq1wsriiioryoyal05k5pwrm1tv_EAcI0fZQ2y_br9vuhexc9quz4fwdzeum05thrrklglctrdtrnl1vcrj7nn2zhvpkm5upv1n.jpeg)
काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै प्रशोधित पानीका नाममा गुणस्तरहिन पानीको विक्री–वितरण भइरहेको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागका प्रमुख वरिष्ठ पशु चिकित्सक अधिकृत डा. अवधेश झाले विज्ञप्ति जारी गर्दै बजारमा पानी बेच्न प्रयोग भएका जार तथा बोतलहरू कुच्चिएका, फोहोर, टुटे–फुटेका, एमआरपी मूल्य उल्लेख नभएका तथा उत्पादक, उत्पादन मिति, अनुज्ञा पत्रजस्ता आवश्यक विवरण नराखिएकाले त्यस्तो खरिद नगर्न महानगरले आग्रह गरेको हो।
‘कतिपय जारको बिर्कोबाट पानी चुहिने गरेको भेटिएको छ', सूचनामा भनिएको छ, ‘यसरी पानीको शुद्धतामा व्यवसायीले ध्यान नदिँदा हानीकारक सुक्ष्म जीवाणु मानव शरीरमा प्रवेश गरी संक्रामक रोग फैलिने जोखिम हुन्छ। यसर्थ सम्पूर्ण व्यवसायीलाई प्रशोधित पिउने पानी उत्पादन सम्बन्धि निर्देशिका २०७४ मा तोकिएका मापदण्ड पूरा गरेरमात्र पानी ढुवानी तथा विक्री वितरण प्रबन्ध मिलाउन यसैसाथ सूचित गरिन्छ।’
उपभोक्ताहरुलाई लेवल नराखिएका जार तथा बोतलको पानी खरिद नगर्न, लेबल राखिएका जार तथा बोतलमा उल्लेख भएका विवरण हेरेर शुद्धताको एकिन गरेरमात्र पानी खरिद गर्न महानगरको आग्रह छ। सूचनामा पानीको उत्पादन, ढुवानी तथा विक्री वितरणमा त्रुटी देखिए प्रचलित कानुनी व्यवस्था बमोजिम कारबाही हुने उल्लेख गरिएको छ।
![बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/bahadur_singh_lama_mEbNf9cGgf_nkriwhocyeyvggxeksxz7vczxxhigbkboyttycumedrblhlnm7gsny4cxvks_u0nt3zCdua_hyg5aessidplc6shubdko4przrgudhtwl7ron18ouw4a8pmkdprngslfgflr.jpg)
बहादुरसिंह लामाको राजनीतिक यात्रा : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म
![पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_0351-1713609692_WC3LhF8CGp_c3s2unfsyl1ht0rnwgndsjc0rmmzpgssmr7plplpfmz468saq8jt5ichvdgg_5rA8BOgV3t_g0n8a0cqos8ofq3xyv4vyyey5qw6ezumbsjj1ugari1wlr1jndig72mxnsno.jpeg)
पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी
![१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/431145134_812454477578824_6292702254885252129_n_GFoQFn2lPC_3sgrffu6zffhvb1aqombyitmjjdwewy7bxxfyrygxr07k6uixggwqf6k1301_FFoj3adv8K_4mycmhdax2stl2nkstfm5hyteello4rtdtv2g4lyh9zjnx59rgybx4jotxqw.jpg)
१४ वर्षीया बालिकाको मृत्यु प्रकरण,प्रधानाध्यापकसहित ३ जना पक्राउ
![१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
१५ हजार घुस लिएको आरोपमा मालपोतका खरिदार साह दोषि ठहर
![बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news623430._hxumYD12lX_uyjr5xhcrvvbyvgcon9ntcpw0ga9m994v8efimumqj7rwjqvm6ol8kcgen9h_oYUZzbbQFm_zolu9vjcembhoyxj36zbcaihrfb2ssm8yexpwab9yivniaqjuevslbcooavu.jpg)
बोक्सी आरोपमा काकाको हत्या गरी फरार भएका दुईजना पक्राउ
![दुर्घटनाले उजाड्यो परिवार](https://snowberry.prixacdn.net/media/gallery_folder/ahitlang-accident202_dGPWIkTt2k_nnno3yvhl0btz8kt4jwfxs8bdrqsbhif25eltdmosds5z99x0lj71xnw6lhw_X2o3AD9lvf_mpztjfuuccr12g0sadhlz9nmy1trbjavft4wds29mztotxlw1kdmeid5w00q.jpg)
दुर्घटनाले उजाड्यो परिवार
![चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/chandragiri1690542058_ggKDZAd7qy_spr2kf1eafrvuzhigtxl6grjpny96l2t7gs2yqicdj3cor9euvbzdvbxbtkr_b9hzgVVkd1_ynb6uwqv58sqldi346ire7r3kro51rly31xngqv3yvki3zgnqdx4xfcflwyi.jpg)
चन्द्रागिरिमा कार दुर्घटना हुँदा एकै परिवारका ५ जनाको मृत्यु
![चन्द्रागिरि कार दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
प्रतिक्रिया