हर्क साम्पाङलाई अदालतको झट्का : अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न अन्तरिम आदेश

इटहरी । सुनसरीको धरान उपमहानगर स्थित सर्दु जलधारा क्षेत्रको जग्गामा कुनै प्रकारको बृक्षा रोपण नगर्न आदेश जारी गरेको एक महिना बित्न नपाउँदै उच्च अदालत विराटनगरले अधिकारी दम्पती माथि कुनै प्रकारको धरपकड नगर्न र पक्राउ नगर्न पुनः अर्को आदेश जारी गरेको छ । गत भदौ ३ गते धरानका मेयरसम्पाङले अधिकारी दम्पती माथि कारर्वाहिकाे माग गर्दै इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

सर्दु जलाधार क्षेत्रमा अनाधाकृित प्रवेश नगर्न र बृक्षा राेपण नगर्न अदालतले आदेश जारी गरे पनि मेयर साम्पाङ शनिवार सोही जग्गा अवलोकन गर्न पुगेको बेला अधिकारी दम्पती सँग सामान्य विवाद भएको थियो । सोही विवादलाई लिएर मेयर साम्पाङले अधिकारीबिरूद्ध उजुरी गरेका थिए । उजुरीलाई आधार नमान्न र अधिकारी दम्पतीमाथि कुनै प्रकारको धरपकड या थुनामा नराख्न उच्च अदालतले अर्को अादेश जारी गरेपछि मेयर साम्पाङले पुन झटका लागेको छ ।

मेयर साम्पाङले पक्राउ गर्न उजुरी दिएको सार्वजनिक भएपछि रोजिना अधिकारीले दिएको सम्भावित धरपकड, थुनामा राख्ने कारबाही विरुद्धको रिटमा उच्च अदालतका न्यायाधीश दिनेश प्रसाद यादवको इजलासले बिहीबार निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञाको आदेशमा भनिएको छ ‘प्रस्तुत निवेदनको अन्तिम टुङ्गो नलागे सम्मका लागि कानुन बमोजिम बाहेक निवेदकलाई थुनामा नराख्नु, धरपकड नगर्नु नगराउनु साथै सो जग्गामा प्रवेश नगर्नु नगराउनु भनी उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम विपक्षीहरूका नाउँमा अन्तरिम आदेश जारी गरिएको छ ।’अदालतले गत भदौ ७ गते यो आदेश जारी गरेको हो । अधिकारी दम्पतीले भाेगचलन गर्दै आएको धरान बाँझ गराको ९९ (ग) कित्ता नम्बर ४२१ र ३४५ को जग्गामा विवाद उत्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित