धरानका मेयर हर्क साम्पाङलाई १२ राजनीतिक दलको पत्र : ३ दिन भित्र खानेपानीको परीक्षण रिपोर्ट सार्वजनिक गर्न माग

धरान / धरान पिउने पानीमा कोलिफर्म भेटिएको रिपोर्ट सार्वजनिक भएपछि धरानका प्रमुख राजनीतिक दलहरूले मेयर हर्क साम्पाङको ध्यानाकर्षण गराउँदै खानेपानी बोर्डले पनि तत्काल परीक्षण गरी रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन् ।
राजनीतिक दलका नेतृत्वहरुले मङ्गलवार संयुक्तरुपमा मेयर साम्पाङलाई ५ बुँदे माग सहितको ध्यानाकर्षण पत्र बुझाएका हुन । पानीमा कोलिफर्म भेटिएपछि जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको टिप्पणी सहित १२ राजनीतिक दलले मङ्गलवार मेयर साम्पाङलाइ ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
धरानमा डेंगुको महामारीसँगै जिउ चिलाउने, झाडापखाला, आँखा पाक्ने रोग पनि देखिएको र भविष्यमा महामारी हुने जोखिम भएकोले आफूहरू मूकदर्शक भएर बस्न नसक्ने भएकोले स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले जानकारी दिए ।
राजनीतिक दलहरूले मेयर साम्पाङलाई तीन दिनभित्र पिउने पानीको परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्न पनि माग गरेका छन् । यस्तै, हरेक महिना पानीको परीक्षण गरेर रिपोर्ट सार्वजनिक गर्न, तत्काल ट्रिटमेन्ट गरी पिउन योग्य पानी वितरण गर्न धरान उपमहानगरपालिकातर्फबाट पनि पहल गर्नुपर्ने माग गरेका छन् ।
यस्तै, खानेपानीको मुहान संरक्षण तोकिएको मापदण्ड अनुसार गरेर मुहान क्षेत्रमा मानवीय गतिविधि बन्द गर्न र खानेपानी बोर्डको सञ्चालन प्रभावकारीरुपमा गर्न पनि दलहरूले माग गरेका छन् । पत्र बुझ्दै मेयर साम्पाङले खानेपानी बोर्डलाई पिउने पानी टेस्ट गर्न निर्देशन दिइसकेको बताए । उनले यसअघि टेस्ट गरेको भनिएपनि उक्त पानी कहाँको हो भन्ने प्रश्न उठेकोले बोर्डले आफै टेस्ट गरेर रिपोर्ट सार्वजनिक गर्ने पनि बताए । साथै, उनले पिउने पानीलाई सुद्धिकरण गर्न क्लोरिन गर्ने काम पनि भइरहेको बताए ।
इटहरीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बेचबिखानमा रोक, उपमहानगरले गर्यो ठुल…

नेपाल निजामती कर्मचारी युनियन झापाद्वारा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीले बुझाए ध्यानाकर्षण पत्र

सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर ढकाल बेपत्ता

हर्क साम्पाङलाई अदालतको झट्का : अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न अन्तरिम …

धरानका पूर्व मेयर र उपमेयरहरूकाे अपिल : सामाजिक सदभाव कायम राख्न सबैमा सुझ…

डेगी उपचारमा हामी धरानेको सहयोग

प्रतिक्रिया