धरान बजार अनुगमन गर्ने जनस्वास्थ्य निरीक्षक विजय आफै प्रक्रिया पुरा नगरी फार्मेसी सञ्चालन गर्दै

धरान / बजार अनुगमन गर्ने स्वास्थ्यका फोकल पर्सन समेत रहेका जनस्वास्थ्य निरीक्षक विजय शाहले आफै प्रक्रिया पुरा नगरी फार्मेसी सञ्चालन गरेको पाइएको छ । शाहले धरान मङ्गलबारेमा मेडिकेयर फार्मेसी नामक फार्मेसी सञ्चालन गरेको पाइएको बजार अनुगमन अधिकृत वेद सापकोटाले बताए ।
मेडिकलमा बिक्री गर्नु नपाइने हर्लिक्स, ल्याक्टोजिन बिक्री गरेको पाइएको छ भने शाहले अन्य मेडिकललाई केही दिन अनुगमनको क्रममा हर्रलिक्स ल्याक्टोजिन किराना आइटम भएको बेच्नुका लागि अनुमति लिनुपर्ने नभए बेच्न नपाउने बताएका थिए । उनकै मेडिकलमा यसरी निषेधित बस्तु बिक्री गर्दा र अरूलाई सिकाउँदै हिड्दै जनविश्वास गुम्ने प्रस्ट देखिन्छ ।
मङ्गलबारेमा ब्लुमून फार्मेसी सञ्चालिकाले अनुगमन गर्ने व्यक्ति नै खराब भएकाले सिङ्गो उपमहानगरलाई नै विश्वास गर्न नसक्ने र शाहको मेडिकलमा पाइने सरकारी औषधीका खोल लिएर धेरै बिरामी यो औषधी यहाँ पाउँछ? भन्दै आफ्नो मेडिकलमा आएको र शाहलाई उपमहानगरले गलत गर्दा नि कारबाही गर्नु नसकेको उनले बताइन्।
उपमहानगरपालिकाका सिनियर अहेव प्रती राईले अब कर्मचारीले यसरी मेडिकल चलाउन पाउने नपाउने भन्ने विषयमा उपमहानगरमा प्रशासन सँग कुरा गर्ने बताए । शाहले आफू सरकारी कर्मचारी हुनु अगाडी नै मेडिकल सञ्चालक भएको र आफू बिहान बेलुका मात्र मेडिकलमा बस्ने बताएका थिए भने उनले अनुमति नलिईकन भित्र बिरामीलाई जाँच गर्ने स्थान समेत बनाएको पाइएको थियो । यसरी क्लिनिकको अनुमति बिना भित्र चेकजाँच गर्ने स्थान बनाउन सञ्चालन गर्न नमिल्ने सिनियर अहेब राईले बताए ।
इटहरीका विद्यालय वरपर सुर्तीजन्य पदार्थ बेचबिखानमा रोक, उपमहानगरले गर्यो ठुल…

नेपाल निजामती कर्मचारी युनियन झापाद्वारा पत्रकार भण्डारीसहित १८ जना सम्मानित

नेपाल आदिवासी जनजाति महासङ्घ इटहरीले बुझाए ध्यानाकर्षण पत्र

सर्वसाधारणको ७० लाखभन्दा बढी रकम ठगेर ढकाल बेपत्ता

हर्क साम्पाङलाई अदालतको झट्का : अधिकारीलाई धरपकड नगर्न, थुनामा नराख्न अन्तरिम …

धरानका पूर्व मेयर र उपमेयरहरूकाे अपिल : सामाजिक सदभाव कायम राख्न सबैमा सुझ…

डेगी उपचारमा हामी धरानेको सहयोग

प्रतिक्रिया