यसरी भएको रहेछ सेउती पुल छेउमा लुटपाट र गोली प्रहारपछि हत्या !

इटहरी । शुक्रवार साँझ ५ बजे तरहराको चारकाेशे जङ्गल क्षेत्रमा लुटेराको समूहले गोली हानी एकजनाकाे हत्या गरेपछि प्रहरीले विशेष अप्रेसन सुचारु गरेको छ । शुक्रवार साँझ चारकाेशे जङ्गलको सेउती नजिक तिन जना लुटेराको समूहले गोली हानी रोहित चौधरीको हत्या गरेका थिए । घटना पछि अभियुक्तहरू भारत तर्फ छिर्ने आशङ्का सहित सुनसरी र मोरङ सँगै जोडिएका भारतीय नाकाहरूमा कडाइ थालिएको छ भने चौतर्फी प्रहरी परिचालन गरिएको छ ।

हत्या गरिएका व्यक्ति विराटनगरका रोहित चौधरी रहेका छन । विराटनगर महानगरपालिका ५ का २८ वर्षीय उनि  मेडिकल क्षेत्रमा काम गर्ने चौधरी र उनकी साथी धनकुटाको मुलघाट घुमेर फर्किदै थिए। चौधरी केटी साथीसँग धनकुटा घुमेर फर्किएको अबस्थामा उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ। उनी विराटनगरकै सुमना खत्रीसँग धनकुटा घुमेर मोटरसाइकलमा घर फर्कँदै थिए । शुक्रवार साँझ करिब साँढे ५ बजे धनकुटाको मुलघाट तिर घुमेर फर्किएको उनीहरूको मोटरसाइकलमा दुई जना सवार थिए । त्यो मोटरसाइकल धरान र तरहराको बिचमा पर्ने सेउती पुलको मोटरसाइकलमा अडेस लागेर पानी खान लाग्दाएउटा समूहले उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त समात्न प्रहरीबाट विशेष अप्रेसन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बिशेषगरी सुनसरी र मोरङ क्षेत्रका सिमानाहरूमा कडाइ थालिएको प्रहरी भनाइ छ । गोली प्रहारबाट घाइते चौधरीको उपचारको क्रममा धरान स्थित बिपी प्रतिष्ठानमा मृत्यु भएको थियो ।हत्या गरिएका चौधरी मेडिकल व्यवसायी रहेको प्रहरीले जनाएको छ ।

उनी आफ्नो प्रेमिका सँगै धनकुटाबाट घुमेर घर फर्कने क्रममा सेउति पुल आसपास लेटेराहरूकाे आक्रमणमा परेका थिए । आखै अगाडी प्रमि चौधरिलाई गोली लागेर बेहोस भएपछि ती युवतिले नै एम्बुलेन्स बोलाएर बिपी प्रतिष्ठान पुर्‍याएकी थिइन ।अस्पताल नपुग्दै बाटोमै चौधरीको मृत्यु भएपछि उनी बिछिप्त बनेकी छिन ।

प्रतिक्रिया

सम्बन्धित