चितवनको दासढुंगामा बस दुर्घटना, १९ यात्रु घाइते

चितवन / चितवनमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् ।काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको प्रदेश १–००६ ख ५२३७ नम्बरको बस शुक्रबार बिहान सवा ५ बजे नारायणगढ मुग्लिन सडक खण्ड अन्तर्गत भरतपुर महानगरपालिका– २९ दासढुंगामा दुर्घटना भएको हो।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो। बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र ८ जनाको जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। बसमा सवार ४० यात्रुमध्ये २१ जना सकुशल छन्।

बारामा गोली हानी भारतीय युवकको हत्या

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

महानगरको आग्रह- लेबल नराखिएका जार र बोतलको पानी खरिद नगर्नु

बागमतीका तीन जिल्लामा भदौ २२ गते सार्वजनिक बिदा

नक्कली शैक्षिक प्रमाणपत्रमा दुई जना डाक्टर पक्राउ

फोन गरेर पत्रकारलाई ज्यान मार्ने धम्की दिएको प्रति महासंघको आपत्ति

प्रतिक्रिया