मकवानपुरमा ट्रक एक आपसमा ठोक्किदा तीनजनाको मृत्यु, ट्रक जलेर ध्वस्त

हेटौडा । मकवानपुरमा दुईवटा ट्रक एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । मनहरीमा ना ६ ख ६६६७ र ना ६ ख ६३१ नम्बरको ट्रक एकापसमा ठोक्किदा तीनजनाको मृत्यु भएको हो । सो ट्रक एक आपसमा ठोक्किदा ट्रक भने जलेर ध्वस्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सो दुर्घटनामा परी चितवन राप्ति नगरपालिका– ८ का रिहान रुम्बा, सोही गोरखा गण्डकी गाउँपालिका– २ गोर्दीटारका सुमन चेपाङ र मनहरी गाउँपालिका ३ का अमृत प्रजाको मृत्यु भएको छ । अन्य दुई जना गम्भिर घाइते भएका छन् । उनीहरूकाे उपचार भइरहेकाे छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका– ६ नयाँ बस्तीमा ती दुईवटा ट्रक एक आपासमा ठोक्किए लगत्तै आगलागी सुरु भएको प्रहरी नायब उपरिक्षक टेक बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार एउटा नारायणगढतर्फ र अर्को हेटौडातर्फ गईरहेको बेला मध्यरातमा ती दुई ट्रक एक आपसमा ठोक्किन पुगेका हुन् ।

वेश्यावृत्तीमा लगाएको अभियोगमा स्पा सेन्टरका सञ्चालक पक्राउ

काठमाडौं महानगरद्वारा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध

हेटौंडामा ट्रकको ठक्करबाट महिलाको मृत्यु

करिब सात किलो चाँदीसहित एक पक्राउ

बारामा गोली हानी भारतीय युवकको हत्या

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

भक्तपुरमा ७ वर्षीय बालककाे झ्यालबाट खसेर मृत्यु

प्रतिक्रिया