वन रक्षकमा अर्काको नामको परीक्षा दिने तीन जना पक्राउ

पोखरा । कास्कीको वन रक्षकको परीक्षामा अर्काको नाममा परीक्षा दिने तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका १५, फुलवारीमा रहेको गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र सञ्चालन भएको वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने कास्कीका तीन जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।


कागजात चेकजाँच गर्ने क्रममा कालिकोट रास्कोट नगरपालिकाका बस्ने १९ वर्षीय प्रेम भण्डारी, २० वर्षीय गौरी संज्याल र १८ वर्षीयको एक बालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।


परीक्षार्थीको नामको सक्कल नागरिकतामा आआफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको डीएसपी विकले बताए । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित