रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी
![](https://snowberry.prixacdn.net/media/gallery_folder/rabi_swCbjeCFuJ_g5tmn521l6putdxzbc1ksra3djt81aqxbhy4mselycg3b89loktrcvvnskqe.jpg)
काठमाडौं / प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा अर्को उजुरी परेको छ । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै थप उजुरी परेको हो ।
सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने नेपाली नागरिक तथा समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले आज आयोगमा उजुर दर्ता गराएका हुन् ।
लामिछानेसँग नेपाली नागरिकता नै नभएको भन्दै उनले पार्टीको सभापति र सो दलको साधारण सदस्यता तत्काल खारेज गर्न भनेका छन् । दल दर्ता गर्न पाउने अधिकार नेपाली नागरिकसंग मात्र भएको स्मरण गराउँदै उनले आयोगबाट भएको त्रुटिले स्तब्ध बनाएको बताएका छन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा दल दर्ता गर्न पाउने र दलको सदस्य वा नेता हुन पाउने अधिकार नेपाली नागरिकसंग मात्रै हुने कानुनी व्यवस्थाविपरीत नेपाली नागरिक नै नभएको रवि लामिछानेको सभापतित्वमा उक्त दल दर्ता भएको सम्बन्धमा निर्वाचन आयोगबाट हुन गएको त्रुटिबाट म स्तब्ध छु’,पत्रमा भनिएको छ ।
मतदान गर्ने,उम्मेदवार बन्ने र राजनीतिक दल खोल्ने अधिकार नेपालको संविधान, राजनीतिक दलसम्बन्धी ऐन,प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन तथा प्रदेश सभा सदस्य निर्वाचन ऐनअन्तर्गत नेपाली नागरिकलाई मात्रै प्रदान गरिएको उनको भनाइ छ ।
![एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित](https://snowberry.prixacdn.net/media/gallery_folder/ghanshyam-prabhu_l4LWClGBtv_htaejyggww3tunroznixl0wsfqkbuutpmrmzhcqiqwmgvpgom7thtffpofdu.jpg)
एमाले नेताहरू भुसाल र साह पार्टीबाट निस्कासित
![कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/congress-yemale-jasapa-685x457-1_jaNGf4M4E4_7xj0iadotw6au8debgm9tllibayxxrqv2jbchd4ssxmxybq9qlcuqpprhm6b.jpg)
कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने
![निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अन्य निर्णय](https://snowberry.prixacdn.net/media/gallery_folder/matgananavotecounting-1652623341_feyHSY0EsE_vlyvqdo4t45mu4fst9gns56v2vc3iz5ixxntgqngsqxvzjwempcgj1m2alei.jpg)
निर्वाचनमा सहयोग गर्ने सबैलाई सरकारले दियाे धन्यवाद, यस्ता छन् मन्त्रीपरिषद्का अ…
![सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?](https://snowberry.prixacdn.net/media/purbelinews%20default%20image_2fya97kmeqwss7fvvmthgneqefcqea9swfuyxpqcfrw7bxkdijnsy9uhjjf3.jpg)
सात दल बने राष्ट्रिय पार्टी, समानुपातिकतर्फ कसको कति मत ?
![रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ](https://snowberry.prixacdn.net/media/gallery_folder/rabindrad1669100559_MLzRfKPwv6_7cntendy4uaqysyfzrjqvkrhaupgqp66sr4tnqo0dpvddkgoy1po4onkbiwd.jpg)
रवीन्द्र मिश्रको चुनाव खर्च साढे २४ लाख रुपैयाँ
![प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक](https://snowberry.prixacdn.net/media/gallery_folder/1610345877_Nirbachan_aayog_ljDOKpkoNs_f3wzuajgrhw9akabtk8jr6qeptznzzqvqlpugmtnv7ix9fqfp1wukytuw7ln.jpg)
प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक
![बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता](https://snowberry.prixacdn.net/media/gallery_folder/DSC_3109-001_mcp1BUuqFD_m3lojdty6ofib15qcy0ll6pmp0l9a5ark1tmgwz6mkrdfmiiukfuv1x89dwc.jpg)
बद्री पाण्डेलाई २९ सय ५५ मतको अग्रता
![बाजुरा प्रदेश ख मा कांग्रेसका उम्मेदवारले लिए अग्रता](https://snowberry.prixacdn.net/media/gallery_folder/20211438967nepalicongress-1142022014526_taTF1czC5E_faxlirmiyf68vkoryni1cgbs4fcesddfhi8zsyss0iwqrmgo7xripmgp5cyn.jpg)
प्रतिक्रिया