‘मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/balen-1_0UHswIPuxo_tomt9gisg48a1hhitl0qrpu6hznejyfsjcn8gwd72j7wrmipwygigvzcmhny.jpg)
मेयरज्यू, काठमाडाैँ महानगरपालिका
तपाइँ असफल हुनु भएन ।
१. तपाइँलाई काठमाडाैँका जनताले त्यसै मेयरमा जिताएका होइनन् । यो विषयमा ख्याल गर्नुहुने नै छ ।
२. काठमाडाैँ एउटा महानगरपालिका मात्र होइन देशको राजधानी शहर पनि हो । यसका आफ्नै किसिमका ऐतिहासिक र सांस्कृतिक मूल्य मान्यता पनि छन् । यिनको संरक्षण र सम्बर्द्धन गर्ने जिम्मेवारी पनि तपाइँको काँधमा आएकोछ ।
३. राजनीति ‘जनताको लागि’ गरिनु पर्नेमा विगत केही दशकदेखि नेताहरुबाट ‘जनताउपर’ राजनीति गरिएको कारणले लामो समयदेखि हर्ताकर्ता भएका ठूला पार्टीका नेताहरुप्रति जनता निराश भएको अवस्था छ ।
४. तपाइँको चुनाव घोषणापत्रमा उल्लेख भएअनुसार पनि फोहोरको व्यवस्थापन प्राथमिकतामा परेको देखिन्छ । तर यति लामो समयसम्म पनि यसमा प्रगतिका खास लक्षणहरु देखिन नपाएको कारण तपाइँप्रति जनता निराश हुन थालेको देखिन्छ । जनताको स्वास्थ्य र देशको प्रतिष्ठासँग समेत जोडिएको फोहोर व्यवस्थापनको विषयप्रति मेयरज्यू पक्कै पनि सम्वेदनशिल हुनु नै हुन्छ होला ।
५. फोहोर व्यवस्थापनमा विगतदेखि नै दलगत राजनीतिक खिचातानी हुँदै आएको हो । अहिले पनि त्यो भइरहेको देखिन्छ । त्यसैले मेयरज्यूले सम्वेदनशिल भएर काम गरी यो समस्याको शीघ्र समाधान खोज्नु पर्यो । यसका लागि–
(क) विज्ञहरुसँग निरन्तर छलफल गर्नुपर्याे र कुन स्तरमा छलफल भइरहेकोछ त्यसको जानकारी नियमित रुपमा जनतालाई गराइरहनु पर्याे ।
(ख) पार्टीका प्रतिनिधिहरुसँग पनि नियमित छलफलमा रहनुपर्यो र यसबारे पनि जनतालाई जानकारी गराउनु पर्यो ताकि जनताले के भइरहेको छ भन्ने थाहा पाउन सकियोस् ।
(ग) फोहोर फालिने क्षेत्रका जनतासँग पनि निरन्तर छलफलमा रहनुपर्याे । पुरा गर्न सक्ने माग पूरा गर्नु पर्याे र गर्न नसकिने माग गर्न सकिँदैन भन्नुपर्याे । यसको जानकारी पनि जनतालाई दिइरहनु पर्याे ।
(घ) छिमेकी नगरपालिकाहरुसँग पनि छलफल र सहयोग आदानप्रदान गर्नु पर्याे।
(ङ) विज्ञहरुको सहयोग समेतका आधारमा संघीय सरकारसँगको समन्वयमा फोहोर व्यवस्थापनको अल्पकालीन‚ मध्यकालिन र दीर्घकालीन योजना र त्यसको कार्यान्वयन खाका बनाई सार्वजनिक गर्नुपर्याे । अनि सोही कार्ययोजना अनुरुप काम गरी प्रगति सार्वजनिक गर्ने परिपाटी बसाल्नु पर्याे।
६. राजधानी शहरको मेयरले संयमता र सुझबुझ पनि देखाउन सक्नु पर्याे । अदालतले दिएका आदेशउपर सार्वजनिक प्रतिक्रिया दिनुभन्दा कानुनबमोजिमको सबूद प्रमाणसहित प्रक्रियामा जाने गर्नु पर्याे । अदालतले गरेका फैसला र आदेशउपर तल्लो स्तरको प्रतिक्रिया दिनका लागि देशका कम्युनिष्ट हौं भन्ने नेताहरु पर्याप्त छन् । त्यस्ता विषयमा प्रतिस्पर्धा गर्न थाल्नु भयो भने तपाइँको असफलता निश्चित छ ।
७. तपाइँसँग हामी जनताले ठूलो आशा र भरोसा गरेका छौं । हामी तपाइँबाट राम्रा कामकुराको मात्र आशा गर्छौं । हाम्रो आशा र भरोसामा तुषारापात हुने छैन भन्ने विश्वास छ ।
(लेखक शारदाप्रसाद त्रिताल नेपाल सरकारका पूर्वसचिव हुन् ।)
![जनताका प्यारा , दलका अफ्ठ्यारा : मेयर हर्क साम्पाङ](https://snowberry.prixacdn.net/media/gallery_folder/sampang22_qi6Qwvk6I9_8nh50qpkvlcgigzcugk2ur8mjpgd5gbkjbsce2vd84k2k4i2bx0wgz769bxo_rnrFRI5An2_xvzwm2mdvs8hsrp5p9um58pf9ap3xuilccrgrwzvaloreyuu3tvl7ttanfff.jpg)
जनताका प्यारा , दलका अफ्ठ्यारा : मेयर हर्क साम्पाङ
बैंकमा पैसा थुप्रिएको भए सर्वसाधारणलाई अप्ठ्यारो पर्दासमेत किन कर्जा नदिएको गभ…
![थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए](https://snowberry.prixacdn.net/media/gallery_folder/Paul-Shah_ZEHg18ided_xebwazk5wzmkzgevwhlnpqdm31dqb5yvo6aemnvmwbsbwbuk8ptrwxtzher8.jpg)
थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए
![मेरो बुझाइमा ओखलढुंगा पूर्व राज्य मन्त्री ‘अम्बिर बाबू गुरुङ’](https://snowberry.prixacdn.net/media/gallery_folder/310348569_607151261199608_1612706789444550416_n_RAdkvxztXy_jillsy6kklijibjihcfltbhgwur9seodttdr3ukdxzk2geo8useqdngfgund.jpg)
मेरो बुझाइमा ओखलढुंगा पूर्व राज्य मन्त्री ‘अम्बिर बाबू गुरुङ’
![आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news393360_gM8ir7LmdY_4brevakcppi7icnasvozlspfetmf1e3saif9yayixrztohouxodjpkyzzl1a.png)
आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने
![गठबन्धनको राजनीति नेपालको भविष्य : यज्ञप्रसाद शर्मा](https://snowberry.prixacdn.net/media/gallery_folder/yagya-raj_AKL7CstKqw_y0h9arqfu1naaew86ixedzdobtkwrekac4jtkzx9onxl0viv0pgz4lf8ez9b.jpg)
गठबन्धनको राजनीति नेपालको भविष्य : यज्ञप्रसाद शर्मा
![प्रदेशको नाम राख्न कसले रोकेको छ ?](https://snowberry.prixacdn.net/media/gallery_folder/pYPG9J_v60kTWwqeY_l30yy1ef8jqjmq0ksl0ugijommtosbqy1r40xcshyymh33o2bpmb4yhuxwro.jpg)
प्रदेशको नाम राख्न कसले रोकेको छ ?
![काँग्रेसमा टिकटको राजनीति : डा. शोभाकर पराजुली](https://snowberry.prixacdn.net/media/gallery_folder/congress1633229610_jr8zOBsmEu_hc3sns1sdrz3ojhshx11xwntiqlrpfsfxzjvednzl1mzrrusvvpqx6tkd5sd.jpg)
प्रतिक्रिया