थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

काठमाडौं / आफूलाई थुनामा पठाउने नवलपुर जिल्ला अदालतको आदेशविरुद्ध अभिनेता पल शाह उच्च अदालत पोखरा गएका छन् । नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै जरिवाना, क्षतिपूर्ति रकमसहित साढे दुई वर्ष कैद सजाय सुनाएको फैसलाविरुद्ध अभिनेता शाहले शुक्रबार उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
जिल्ला अदालतको फैसला उल्ट्याएर आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उनले पुनरावेदन गरेका हुन् । नवलपुर अदालतले बालयौन दुरुपयोगमा दोषी ठहर गर्दै अभिनेता शाहलाई २५ हजार रुपैयाँ जरिवाना, पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र साढे दुई वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध उनले पुनरावेदन गरेका हुन् । सोही प्रकृतिको उनीविरुद्धको अर्काे मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ । तनहुँ अदालतले पनि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अभिनेता शाह हाल हाल तनहुँ कारागारमा छन् ।
बैंकमा पैसा थुप्रिएको भए सर्वसाधारणलाई अप्ठ्यारो पर्दासमेत किन कर्जा नदिएको गभ…

मेरो बुझाइमा ओखलढुंगा पूर्व राज्य मन्त्री ‘अम्बिर बाबू गुरुङ’

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

‘मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन’

गठबन्धनको राजनीति नेपालको भविष्य : यज्ञप्रसाद शर्मा

प्रदेशको नाम राख्न कसले रोकेको छ ?

काँग्रेसमा टिकटको राजनीति : डा. शोभाकर पराजुली

प्रतिक्रिया