काँग्रेसमा टिकटको राजनीति : डा. शोभाकर पराजुली

स्थानीय तहको निर्वाचन अव हुन्छ नै । संवैधानिक र राजनीतिक रुपमा पो अब टर्ने वाला छैन । निर्वाचन हुने निश्चित भैसकेपछि राजनीतिक दलहरुभित्र टिकटको महत्वाकांक्षा राख्नेहरु जुर्मुराएका छन् । नेपाली काँगे्रस सत्रारुढ दल भएको हुनाले उसका दुईवटा प्राथमिकता हुन्छन् । एउटा, मुलुकभरी निर्वाचनका लागि स्वस्थ प्रतिस्पर्धी वातावण बनाउने । दोस्राे स्वयं आँफूभित्र सुयोग्य व्यक्तिलाई टिकट दिनु । निर्वाचनको वातावरण बनाउन सत्रारुढ दल भएको नाताले निर्वाचन आयोगले आत्मसात् गरेको अभिष्टलाई सहयोग पुर्याउने हो । त्यो भनेको मुलुकको प्रमुख राजनीतिक दलको हैसियतले निर्वाचन आचारसंहिताको पालना स्वयं गर्ने र अन्य पक्षलाई पनि पालन गर्न अभिप्रेरित गर्न लगाउने हो । सरकारको नेतृत्व गरेको दल भएको हुनाले उसले स्वयं निर्वाचन आचारसंहिता पालन गर्यो भने अरुहरु पनि त्यसको पालना गर्न हौसिन्छन् । जतिसुकै कमजोरी भए पनि काँग्रेस एउटा लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रको प्रश्नमा यो पार्टी अहिलेसम्म पछि हटेको छैन ।
नेपाली काँग्रेसको नेतृत्वको सरकारले जब जब निर्वाचन गराएको छ त्यो निर्वाचन विवादरहित भएको छ । अरु दलहरुले पनि पत्याएका छन् । अन्तरराष्ट्रिय समुदायले वैधता दएको छ । नेपाली काँगे्रसका प्रधानमन्त्री स्वयं चुनाव हारेका छन् र कहिले स्वयं नेपाली काँग्रेस नै हारेको छ । यसरी नेपाली काँग्रेसद्धारा गरिने निर्वाचन राष्ट्रिय अन्तराष्ट्रिय रुपमा स्वीकार भएको छ । यस्तो निर्वाचनले राजनीतिलाई गति दिएको छ र नेपाली जनताको लोकतान्त्रिक अभ्यास अब्बल हँुदै गएको छ । नेपाली काँग्रेस केवल लोकतन्त्रलाई हेर्छ । उसको लोकतन्त्रभित्र राष्ट्र र जनता दुबै पर्छ । नेपाली काँग्रेस विश्वास गर्छ कि लोकतन्त्रले नै राष्ट्रको स्वाधिनताको रक्षागर्न सक्छ । भर्खरै सम्पन्न प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग नेपालसंगको सीमा बिबादबारे खुलेर आफ्ना कुरा राख्नुभयो । नेपाली काँग्रेस आफ्नै मुलुकभित्रका जनतालाई बिश्वास गर्छ । यसको गरिमा र महिमालाई मान्यता दिन खोज्छ । उसले आफ्नै जनतालाई कहिले आँप झर्यो, कहिले बेल झर्यो भनेर अपमानजनक बिम्ब प्रयोग गर्दैन । नेपाली काँग्रेस घृणाको राजनीति गर्दैन । निषेधको राजनीतिमाथि उसलाई बिश्वास छैन । स्थापनाकालदेखि नै नेपाली काँग्रेस व्यवहारमा समावेशी संगठन भएर बाँचेको छ । नेपाली काँग्रेस भू–रजनीतिक इन्द्धलाई एकअर्का विरुद्धको तुरुप बनाउदैन। बी.पी. कोइराला कुनै अन्तरराष्ट्रिय शक्रिका सामु लम्पसार परेनन् । न त बर्तमान प्रधानमन्त्रीले नै नेपालसँग सरोकार राख्ने कुनै अन्तरराष्ट्रिय शक्ति राष्ट्रलाई चिढ्याउने काम गरेका छन् । नेपाली काँग्रेस चीन विरुद्ध भारत र भारत विरुद्ध चीनको आत्मघाती खेलमा लादैन । शेरबहादुर देउवाको अत्यन्त सुझबुझ एवं दुरदर्शी कुटनीतिक अभ्यासले गर्दा नेपालको बिश्वसनीयता अन्तरराष्ट्रिय जगतमा बढ्दैछ । अर्थात् नेपाली काँग्रेस नै एउटा यस्तो दल हो जो आफूलाई मृत्युको मुखमा पारेर पनि राष्ट्रको अस्तित्व जोगाउनु आफ्नो युगधर्म ठान्दछ । दुनियाँमा कही कतै पनि सामान्य अवस्थामा निर्वाचन गराउने सरकार प्रमुख वा दल हार्दैन । तर त्यो साहस र त्याग नेपाली काँग्रेसमै छ ।
नेपाली काँग्रेस राजनीतिलाई गति दिन जहिले पनि आफुँलाइ जोखिममा राख्छ । जतिसुकै विसंगत राजनीतिक अवस्थामा पुगे पनि नेपाली काँग्रेस लोकतन्त्रका विरुद्ध संम्झौता गर्दैन, गर्न सक्दैन । काँग्रेस नै यस्तो पार्टी हो जसले अफ्नै देशका एउटा सामान्य मानिसको मानवीय सम्मान र मर्यादाको खोजीमा रहने जनतालाई त्यो सम्मान र मर्यादा स्थापित गर्छ । नेपाली काँग्रेसले आफ्नो सैद्धान्तिक निष्ठालाई जहिले पनि जोगाइराखेको छ । नेपाली काँग्रेस मौलिक चिन्तनधाराबाट कहिल्यै पनि पछाडि हटेको छैन। लोकतान्त्रिक पद्धतिकालागी स्थापित र संघर्षरत भएकै कारण राष्ट्रिय अन्तरराष्ट्रिय स्तरमा यसको आकर्षण छ ।
स्थानीय तह निर्वाचनमा गठबन्धनमा लड्ने कि एक्लै लड्ने ? यसको सहज जवाफ छ– शीर्ष नेतृत्वले स्थानीय आवश्कत्ता र अभिलाषालाई बुझ्नुपर्छ। दोश्रो कुरा– नेपाली काँग्रेस भित्र टिकट लिने लडाई छ । टिकट पाएर मात्र पनि हुदैन । कतिपय ठाँउमा बलियो जनाधार भएर पनि काँग्रेस हारेको छ । व्यक्तिगत महात्वाकांक्षा पालेर राजनीतिको चुरो समाउन खोज्नेहरुकै कारण नेपाली काँग्रेस कतिपय अवस्थामा अन्तरविग्रहबाट पीडित भएको छ । बिचार र सिद्धान्तको द्धन्द्धले मन फाटेको भए स्वभाविक मानिन्थ्यो। र विचलन पद र प्रतिष्ठाप्रतिको लागि नै देखिएको छ । कम्युनिष्टहरु अनुशासनको मामिलामा अरुको तुलनामा कठोर मानिन्छन् । भित्र जस्तोसुकै विग्रह भए पनि बाहिर त्यसको सँुईकासम्म नदिने परिपाटी कम्युनिष्टहरुभित्र थियो तर पछिल्ला बर्षहरुमा उनीहरुमा पनि आपसमा धोती खोलाखोलको अवस्था देखियो । टिकटको अस्वस्थ राजनीतिले काँग्रेसभित्रै विचलन र खुट्टा तानातानको विसंगति छ । कतिपय महत्वाकांक्षी टिकटार्थीहरु आफ्नो पार्टी, समाज र देशप्रतिको दायिन्व बिर्सेर असिम महत्वाकांक्षाको अलापभित्र पैसाको संगित गुञ्जाउँन थाल्छन् । कतिपय त आँफुले टिकट नपाए हाकाहाकी अन्तरघात गर्ने वा अर्को पार्टी छिर्ने कुरा गर्छन् । यस्ता मौकापरस्त प्रवृतिलाई चिर्ने समय हो अहिले ।
नेपाली काँग्रेसले कसरी आँफुलाई जोगाउने त्यो सोच्ने बेला हो अहिले । स्थानीय तहमा दलभित्र बसेर अझै दललाई कमजोर बनाउने घ्यू बेचुवाहरुलाई चिन्नु र चिनाउनु जरुरी छ । अहिले नेपाली काँग्रेसले आफ्नो संगठनलाई जोगाउने हो भने स्थानीय तहमा राम्रा उम्मेदवारहरुको छनौट र अफ्ना उम्मेदवारहरु जित्ने माहौल निर्माणको काम समानान्तर रुपमा गर्नुपर्ने देखिन्छ । केवल टिकट दिएर पनि भएन । कस्ताले टिकट पाए त्यो महत्वपूर्ण छ । जसले टिकट पाए उनीहरु कसरी चुनाव जित्न खोज्दैछन् त्यो पनि त्यत्तिकै विचारणीय छ । केही यस्ता पनि टिकटका अपेक्षा राख्नेहरु छन् जो घुक्र्याउँदै हिड्छन्, मैले टिकट पाइन भने म पार्टीलाई हँराइदिन्छु । पार्टीप्रति निष्ठा नराख्ने केवल पदकै भोका हुनेलाई टिकट दिने कि नदिने ? यस बारे पनि सोच्नुपर्छ ।
नेपाली काँग्रेसको आफ्नै भोट ब्याङ्क नेपालभरी छ । नेपाली काँग्रेसलाई मन पराउने सबै क्षेत्र र वर्गका छन् । यस्तोमा नेपाली काँग्रेसको टिकट पाउँदा कोही पनि प्रयासीलाई जित्न तुलनात्मक रुपमा सहज हुन्छ । चुनावको मुखैमा अर्को दलबाट पनि पार्टी प्रवेशको चाहना राख्नेहरुलाई प्रशस्त छन् । अन्य दलबाट झ्यालबाट हाम फालेर मूल ढोकाबाट निस्कने चाहना राख्नेहरु अहिलेको चुनावी अर्थ राजनीतिले पनि लोभ्याएको छ । नेपाली काँग्रेसले हेक्का राख्नुपर्ने हो । चैते काँग्रेसीहरुलाई प्रत्याशी बनाउने कि नबनाउने ? यदाकदा टिकट बिक्रि हुने गरेको, कुनै अमूक विचौलियाले टिकटको खरीद बिक्री गर्ने गराएको आशंकाहरु आम कार्यकर्तामाझ पनि सुनिन्छ । कतिपय अवस्थामा पार्टीको एउटा अनुशासित सिपाही जो इमान्दार पनि छ र योग्य पनि छ, जो स्वजनशील पनि छ र सिर्जनशील पनि छ तर त्यस्तोलाई जिल्ला वा प्रदेश तहमा सिफारिस गर्ने डाडु पनिंयो लिएकाहरुले सम्भवत: किनारामा राख्न पनि सक्छन् । निकट अतितको इतिहास छ– काठमाण्डौलाई अन्तरराष्ट्रिय शहर बनाउने जुन सपना पि.एल. सिंहले देखाए त्यसलाई आजसम्म पनि कसैले उछिन्न सकेको छैन । उनले दलभित्रको श्रेणी क्रममा निकै पुछारमा रहेको भएतापनि जनतामाझ लोकप्रिय छवि बनाएका थिए । उनको वजन आँफुलाई कतिपय हेभिवेट भनाउने नेताहरुभन्दा कम थिएन । यसले के देखाँउछ भने एउटा गतिलो कार्यकर्तालाई नगरप्रमुखको प्रत्यासी बनाउनुभन्दा एउटा झोले कार्यकर्तालाई टिकट दिन उद्यत मनोविज्ञान छैन भनेर भन्न सकिंदैन । यसलाई छिचोल्ने कसरी ?
टिकटको चाहना राख्नु र त्यसका लागि सम्बन्धित ठाँउहरुमा वकालत गर्नु स्वभाविक हो । दलले कसैले दाबी गरेको भरमै टिकट दिंदैन। नेपाली काँग्रेसभित्र कार्यकर्ता मूल्याँकनको अफै संयन्त्र छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि केन्द्रीय पर्यवेक्षकहरु जिल्ला जिल्लामा खटिएका छन् । तिनीहरुले पालिकाको वडातहसम्म नै पार्टीको अवस्था, प्रतिस्पँर्धाको अवस्था र मौन मतहरुको आँकलन र अभिलेखीकरण गर्दैछन् । त्यसैगरी सघन घर दैलो अभियान चलाइएको छ । यो यसले एउटा लोकतान्त्रिक विधि स्थापित गर्दैछ ।
टिकट वितरणको काम नेताहरुको भागबण्डाका आधारमा गरिनु हुँदैन कतिपय अवस्थामा भागबण्डाका कारणले आउनैपर्ने नेतृत्व वन्चितिमा पर्न सक्छ । नेतृत्वमा ल्याउनका लागि उम्मेदवारको पृष्ठभूमि, उसको सार्वजनिक प्रतिवद्धता, उसको जीवनसैलीको पारदर्सिता र पालिकाबारे उसले प्रस्तुत गर्ने प्रारुपका आधारमा तय गरिनुपर्छ । पार्टीले पनि केवल टिकट दिएर मात्र भएन रुख छापधारी कुनै पनि प्रत्यासले कसरी अँधिकतम मत ल्याउन सक्छ ? त्यसको पनि बन्दोबस्ती मिलाउनुपर्छ । त्यति मात्र होइन उसले के गर्यो ? कसरी गर्यो ? त्यसको पनि लेखाजोखा राखिनुपर्छ । नेपाली काँग्रेसले वडातहदेखि नै समृद्धि, रुपान्तरण र बदलावको मूर्तरुप दिन स्थानीय तहको निर्वाचनमा अत्यन्त सुझँबुझ र समझदारी देखाउनै पर्छ । स्थानीय सरकारमा राम्रा अभ्यासहरु थालनी गराउन स्थानीय तहमै राम्रा पात्रहरुलाई प्रोत्साहन गर्नुपर्छ जसले कालान्तरमा कहिल्यै पनि नहल्लिने गरी लोकतन्त्रको जग बलियो बनाउँछ । स्थानीय सरकारको आकर्षण बढाउन तथा संघीय लोकतान्त्रिक गणतन्त्रलाँई संस्थागत गर्न पार्टी आफ्ना खजानाबाट संघीय संसद र प्रादेशिक सभामा प्रभावकारी भूमिका खेलेका, विभिन्न क्षेत्रमा अंबल प्रदर्शन गरेका व्यक्तिहरुलाई प्रत्यासी बनाउनुपर्छ । यसले दुईटा कुरा हुन्छ । स्थानिय तहदेखी नै दलमा असल कार्यकर्ताहरुको आपूर्तिहुन्छ । दोश्रो, आम जनमनमा राजनीतिप्रतिको वितृष्णा घट्दै जान्छ ।
नेपाली काँग्रेसभित्र टिकट लिने राजनीतिलाई सहज, सरल र सन्तुलित बनाउनुपर्छ । टिकट पाउनैका लागि आडम्बरपूर्ण प्रदर्शन गर्ने, कृत्रिम संख्याबलको दबाब दिन लाउने वा स्थानीय नेतृत्वलाई अनुचित प्रभावमा पार्न खोज्ने प्रबृत्तिलाई एकदम बलियो भोटे ताल्चा लगाइदिनु पर्छ । नेपाली काँग्रेसले स्थानीय तह प्रयोजनका लागि के, कुन, कसरी, कहाँ र कहिले प्रत्यासीहरुको छनौट गई त्यसको असर आगामी प्रदेश र संघको चुनावमा पनि पर्छ । नेपाली काँग्रेसले यस पटकको स्थानीय तह निर्वाचनलाई व्यवस्थित र वैज्ञानिक तरिकाले अगाडि बढाउन सक्यो भने त्यसले दलको आन्तरिक जीवनमा प्राणवायुको काम गर्छ । नेपाली काँग्रेससंग यदी चुनावी समयमा वडातहसम्मको चुनावी राजनितिक स्तर र अवस्थाको बारेमा तथ्यपरक विश्लेषण सहितको सूचना संगालो निर्माण गर्न सकियो भने यसले नेपाली काँग्रेसलाई आगामी आम निर्वाचनका बेला चुनावी रणनीति निर्धारण गर्न टेवा त पुग्छ नै तथा छिमेकी भारतीय जनता पार्टी जस्तो विभिन्न अभेध्य दुर्गहरु पार गर्दै सर्वत्र चार तारे झण्डा फरफराउने सुनिश्चितता दिन्छ ।
बैंकमा पैसा थुप्रिएको भए सर्वसाधारणलाई अप्ठ्यारो पर्दासमेत किन कर्जा नदिएको गभ…

थुनामा पठाउने आदेशविरुद्ध पल शाह उच्च अदालत गए

मेरो बुझाइमा ओखलढुंगा पूर्व राज्य मन्त्री ‘अम्बिर बाबू गुरुङ’

आज ग्रस्तोदित चन्द्रग्रहण, करिब १ घण्टा २३ मिनेट लाग्ने

‘मेयर बालेनज्यू, तपाइँ असफल हुनु भएन’

गठबन्धनको राजनीति नेपालको भविष्य : यज्ञप्रसाद शर्मा

प्रदेशको नाम राख्न कसले रोकेको छ ?

प्रतिक्रिया