तस्विरहरूमा पूर्वी पृतना हेडक्वाटर इटहरीकाे सैन्य प्रदर्शन ( ९ तस्विरहरू )
सुनसरी / नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमामा दुइदिने सैन्य प्रदर्शन तथा खेलकुद प्रतियोगिता शुरू भएकाे छ । मसिंर ८ र ९ गते आयोजना हुने उक्त कार्यक्रमको पहिलो दिन महिला, बालबालिका, युवा र स्थानीयलाई सहभागी गराएर बिहान ८ बजे हाफ म्याराथन आयोजना गरिएको छ । यस्तै १० किलोमिटरको पुरुष दौड, र बालबालिकाको लागि ५ किलोमिटरको दौड, खुला साइक्लिङ र वाकाथन गरिएको छ ।
सेना र नागरिकबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले प्रथम पृतनापति फन एण्ड सोलिडारिटी पिपुल विथ द मिलिटरी कार्यक्रम आयोजना गरिएको हो । पहिलो दिनका बिभिन्न खेलकुद प्रतियोगितामा बिजयी खेलाडीहरुलाई आइतबार पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, उद्योगी, व्यापारी, बुद्धिजीवी, सञ्चारकर्मी तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो । कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि प्रयोग हुदै आएका नयाँ तथा पुराना हतियार र सैनिक सामाग्रीहरु प्रदर्शनमा राखिएको छ । आइतबार भने नेपाली सेनाको विगतदेखि वर्तमानसम्म शीर्षकमा फोटो प्रदर्शन हुनेछ । कार्यक्रम पृतनापति उपरथी समीर शाहीले उदघाटन गरेका थिए ।
प्रतिक्रिया