सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले विगत ५ बर्ष देखि सङ्कलन गर्दै आएकाे फोहोर नजिकैकाे जङ्गल तथा खाेलामा फाल्ने गरेकाे कारणले समस्या निम्त्याउँने भएको छ । गर्मीयाम शुरु भएसँगै नजिकै रहेका बस्तीमा त्यहाँबाट आउने दुर्गन्धले विभिन्न रोग निम्त्याउने स्थानीयहरु बताउँछन् । नगरकाे वडा नम्बर १० को खोर्साने– केराबारी सडक खण्डमा रहेको ...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा स्थित पिएलओ मार्ग देखि विराटचाेक सम्मकाे प्रमुख राजमार्ग सुधारका लागि भत्काएकाे लामाे समय सम्म पनि निर्माण कार्य सम्पन्न नहुदा अहिले सार्वसाधारणलाई ठूलाे सास्ति भएको छ । विगत १ महिना भन्दा बढी समय अगाडि पुन: निर्माणका लागि इस्काभेटर लगाएर करिव ५ सय मिटर प्रमुख महेन्द्र राजमार्ग भत्काइएकाे हाे । केही आवश्यक...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा ८ मा रहेको ब्राइट फ्यूचर माध्यमिक विद्यालपमा क्याप्टन तथा सहायक क्याप्टेनकाे छनाेटका लागि निर्वाचन गरिएको छ । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले क्याप्टन तथा सहायक क्याप्टन छनाेटका लागि मतदान गरेका हुन् । निर्वाचनबाट क्याप्टनमा भगवानबाबू यादव तथा उपक्याप्टनमा प्रियका थापा निर्वाचित भएका छन् । जसमा...
सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपालिकाको स्थानीय तह निर्वाचनमा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईं विजयी भएका छन् ।
निर्वाचन अधिकृत कार्यालयकाे अन्तिम मत परिणाम घाेषणा अनुसार गुरागाईँले २१ हजार ४ सय ५मत ल्याएर मेयरमा विजयी भएका हुन् । गुराँगाईका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उमेदवार शिवप्...
माेरङ / विराटनगर महानगरपालिकाको मेयरमा काङ्ग्रेसका उम्मेदवार नागेश कोइराला निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मेयरमा नागेश कोइराला ३०,१७० काे भारी मतसहित विजयी भएका हुन् । काेइराला नागेश निकटतम प्रतिद्वन्द्वीसँग ८,७१५ मतले अगाडि रहदै विजयी भएका हुन् ।
विराटनगरकाे उपमेयरमा भने एमालेकाे तर्फबाट उम्मे...
सुन्दरहरैंचा / सुन्दरहरैंचा कला साहित्य विकास समितिकाे आयाेजनामा भएको कार्यक्रममा नगरका ३१ जना कविहरुको संयुक्त कविता संग्रह सुन्दरहरैंचा दर्पण लोकार्पण भएको छ । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, विशिष्ट अतिथि प्रा.डा. टङ्कप्रसाद न्यौपाने तथा अतिथिहरु डा. दिवाकर रेग्मी, दधिराज सुवेदी, डा. भोलानाथ पोख...
माेरङ / माेरङकाे सुन्दरहरैंचा स्थित सुकुना बहुमुखी क्याम्पसमा भएको नेपाल पब्लिक क्याम्पस सङ्घकाे चाैथाे प्रदेश अधिबेशनले रमेश राेक्काकाे संयोजकत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।
अधिबेशनले सहसंयाेजक यज्ञराज गिरी, सचिवमा दाेर्णबहादुर न्याैपाने, सहसचिव उद्दव शर्मा, काेषाध्यक्ष केशव अधिकारीलाई चयन गरेको हाे । यस्तै गरि सद...
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिकाले एक कार्यक्रमकाे आयाेजना गरि अनलाइन सेवा मार्फत राजस्व भुक्तानी शुरु गरेको छ। सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकालले आफ्नो सम्पत्ति कर भुक्तानी गर्दै अनलाइन राजस्व भुक्तानी शुरु गरेकाे बताए । उनले अब नगरवासीले सम्पत्ति तथा भूमी, व्यवसाय र घरबाहल कर भुक्तानीको लागि नगरपालिका वा सम्बन्...
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा ६ स्थित प्रदेशकै बिग स्कुलकाे रुपमा रहेको साजीलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माणको लागि शिलान्यास गरेको छ । साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुसार पहिलो कार्यको रुपमा पाैने ३ कराेडकाे लगानीमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो । विद्यालयको जग्गामा सुन्दरहरैंचा नगरपालिकाक...
सुन्दरहरैंचा / सानै उमेर देखि गम्भीर विरामी क्यान्सर भएर २ बर्ष देखि भारतमा उपचारकाे क्रममा रहेकी सुन्दरहरैंचाकाे सिद्वार्थ स्कुलकाे कक्षा २ मा अध्ययन गर्दै आएकी प्रिस्का पराजुलीकाे परिवारलाई आर्थिक सहयाेग जुटेकाे छ । सिद्धार्थ स्कुलद्वारा उपचार सहयोगका लागि विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बिरामी नानीको हजुरबुवा भीमबहादुर चौहानलाई रु. ...