विराट गोल्डकप : चर्च ब्वाईजलाई हराउँदै एपीएफ सेमिफाइनलमा

सुन्दरहरैंचा । माेरङकाे विराटनगरमा जारी आठौं संस्करणको विराट गोल्डकपमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको  छ । विराटनगरको सहिद मैदानमा सोमबार राति भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजलाई २-० गोलले निराश बनाउँदै एसपीएफ सेमिफाइनलमा पुगेको हो । 

जितको लागि एपीएपका प्रदिप लामा र अनिष महर्जनले गोल गरे । ५७ औं मिनेटमा एपीएफका प्रदिपले मध्यभागबाट बललाई  अगाडी बढाएर डिबक्स भित्रबाट आकर्षक गोल गरी टिमलाई अग्रता दिलाए । प्रदिपले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए । ८१ औं मिनेटमा विदेशी खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपीएफका अनिष महर्जनले गोल गरी टिमको जित सुनिश्चत गरे । खेलको म्यान अफ द म्याच एपीएफका प्रदिप लामा घोषित भए । उनले नगद ११ हजार पाए ।

  गोल्डकपको अन्तिम क्वाटरफाइनलमा मंगलबार मछिन्द्र फुटबल क्लबले भारतको कोलकातास्थित साउर्थन समितिको सामना गर्ने आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए  । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रूपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ । सर्वोउत्कृष्ट खेलाडीलाई मोटरसाइकल उपहार दिने गाेल्डकपका अध्यक्ष शाहीले बताए ।

प्रतिक्रिया

सम्बन्धित