विराट गाेल्डकपकाे उपाधि मच्छिन्द्रलाई

 सुन्दरहरैँचा । माेरङकाे विराटनगरमा भएको आठाैँ  संस्करणको विराट गोल्डकपको फाइनल उपाधि मच्छिन्द्र एफसि काठमाण्डौले जितेको छ ।  सहिद मैदानमा शनिबार सम्पन्न रात्रीकालिन गाेल्डकपकाे फाइनलमा घरेलु टिम सांग्रीला मोरङ एफएलाई २-०  गोलले  हराउँदै मच्छिन्द्रले उपाधि उचालेकाे  हो ।

विराट गोल्डकपको नयाँ च्याम्पियन बनेर मच्छिन्द्रले इतिहास रच्न सफल भएको छ । उपाधिसँगै मच्छिन्द्रले नगद रू ११ लाख रूपैयाँ पुरस्कार पायाे । उपबिजेता बनेको घरेलु टिम सांग्रीलाले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएर मैदानबाट बिदा लियाे । 

   मच्छिन्द्रलाई विजेता बनाउन छिरिङ गुरूङ र युसुप थपलियाले गोल गरे । उनीहरुले दुवै गोल अतिरिक्त समयमा गरेका हुन् ।  निर्धारित ९० मिनेटको समयमा गोलरहित खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । प्रतियाेगितामा प्लेयरअफ द म्याच मच्छिन्द्रका लकेन लिम्बु घोषित भए । उनले ११ हजार पाए ।

बेस्ट गोलकिपर मच्छिन्द्रका बिशाल श्रेष्ठ, बेस्ट कोच मच्छिन्द्रकै सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मच्छिन्द्रका स्टेफन घोषित भए । उनीहरुले जनही २१ हजार रुपैयाँ  पुरस्कार पाए । सर्वोत्कृष्ट खेलाडी सांग्रीलाका महेन्द्र कार्की घोषित भए । उनले मोटरसाइकल पुरस्कार पाए । 

  प्रतियोगितामा नेपाल, भारत र भूटान  सहित १० टोलीको सहभागिता रहेको  थियो । बिजेता हुने खेलाडीहरुलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज विक्रम नेम्हाङ्ग, विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोरकुमार शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित