नेपाल फर्कदै सन्दीप, असोज २० गते आत्मसमर्पण गर्ने

बलात्कार आरोप लागेपछि फरार भएका क्रिकेटर सन्दीप लामिछानेले असोज २० गते नेपाल फर्किएर आत्मसमर्पण गर्ने भएका छन् । सामाजिक सञ्जाल मार्फत उनले नेपाल फर्किएर असोज २० गते आत्मसमर्पण गर्ने बताएका हुन् ।किशोरीले बलात्कारको जाहेरी दर्ता गराएपछि उनी विदेशमै लुकेर बसेका छन् । लामिछानेले शनिबार बिहान वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसमर्पण गर्ने बताए ।
‘ठूलो आशा र शक्तिका साथ म यही अक्टोबर ६ मा नेपाल आउँदैछु र झुटो आरोपविरुद्ध कानुनी लडाइँ लड्नका लागि नेपाल सरकारसमक्ष आत्मसमर्पण गर्नेछु,’ उनले लेखेका छन् ।आफू निर्दोष भएको बताउँदै उनले चाँडै न्याय पाउने विश्वास व्यक्त गरेका छन् । लामिछानेले पछिल्लो पटक आफू तनावमा भएकोले आइसोलेसनमा बसेको बताएका थिए ।

१५ असोजबाट पूर्णरुपमा अनलाइनबाट कम्पनी दर्ता गर्ने व्यवस्था लागु हुँदै
‘एभरेष्ट हाइपर मार्केट’ का ग्राहकलाई पेट्रोल फ्रि

साँघु साप्ताहिकले आज देखी टेलिभिजन सञ्चालन गर्ने

शनिले तोड्यो बृहस्पतिको रेकर्ड


उडिसा रेल दुर्घटनाः राज्य शोकको घोषणा, गोवा–मुम्बई रेल उदघाटन स्थगित

सय दिनमा पाथीभराको आम्दानी ६६ लाखभन्दा बढी

प्रतिक्रिया