राष्ट्रियसभामा कालाे टोपी !

काठमाडौँ / राष्ट्रिय सभाका सदस्य रमेशजङ रायमाझीले संसद्‌मा कालो झण्डा देखाउन नमिल्ने भन्दै कालो टोपी देखाएर बिराेध गरेका हुन् । आफूले विरोधस्वरुप लगाएको कालो टोपी झिक्दै रायमाझीले भने, ‘मैले अहिलेसम्म सदनमा यस्तो (कालो) टोपी पहिरिएको थिइनँ । संसद्‌मा कालो झण्डा देखाउन नमिल्ने भएकाले कालो टोपी पहिरिएको छु ।’

सुटदेखि टोपीसम्म कालो नै पहिरिएर राष्ट्रिय सभाको बैठकमा उपस्थित भएकाले रायमाझीले सरकारको कदमको विरोध जनाउन उक्त परिहन लगाएको बताए

रायमाझीले प्रधानमन्त्री ओली रजानीतिक, नैतिक, मानसिक र आर्थिक रुपमा असफल भएको बताउनुभयो । ओलीकै कारण दुईतिहाइ नजिकको कम्युनिष्ट सरकार कमजोर हुँदै विघटन गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित