आज वर्षको सबैभन्दा लामो दिन

एजेन्सी / २१ जून अर्थात् आज यो वर्षको सबैभन्दा लामो दिन हो यसको अर्थ घण्टाको हिसाबले सबैभन्दा लामो घण्टाको दिन आज हुनेछ । तपाईं यो पनि भन्न सक्नुहुन्छ कि रात सबैभन्दा छोटो हुनेछ ।

यसलाई अंग्रेजीमा समर सोल्स्टिस पनि भनिन्छ । आखिर यस्तो किन हुन्छ ? यसबारे थाहा पाउन तपाईंलाई मन लागेको हुनसक्ला ।

सोल्स्टिस ल्याटिन शब्दबाट बनेको हो । ल्याटिन शब्द सोलको मूल अर्थ सूर्य हो । यस्तै सेस्टेयरको अर्थ स्थिर रहनु हो ।अर्थात् दुबै शब्दलाई मिलाएर हेर्ने हो भने सोल्स्टिसको अर्थ अन्य साधारण दिनभन्दा सूर्यलाई जब धेरै बेरसम्म देखिन्छ भने त्यसलाई समर सोल्स्टिस भनिन्छ ।

हामीलाई थाहा छ कि पृथ्वी आफ्नो कक्षमा सूर्यको चक्कर लगाउँछ र कक्षमा पृथ्वीको स्थितिका अनुसार दिन र रात निर्धारण हुन्छ । र्थात्, २१ जूनमा सूर्यको चक्कर लगाउँदै पृथ्वी यस्तो स्थितिमा हुनेछ जहाँ धेरै बेरसम्म सूर्यको किरण पृथ्वीमा पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित