महतोलाई २५ वर्षको कैद सजाय माग गर्दै सर्वाेच्चमा रिट

काठमाडौं / उपप्रधानमन्त्री राजेन्द्र महतोलाई मन्त्री बनाउने कार्य यथास्थितिमा राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । कानुन व्यवसायी वीरभद्र जोशीले मुलुकी अपराध संहिता २०७४ को दफा ५०(१) अन्तर्गतको कसुरमा महतोलाई राजद्रोहको मुद्दामा २५ वर्ष कैद माग गर्दै रिट पेश गरेका हुन् ।

शुक्रबार पदभार ग्रहण गरेसँगै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउने आन्दोलनमा आफू लागिरहेको भन्दै अभिव्यक्ति दिएपछि महतो विवादमा तानिएका थिए । उनको उक्त अभिव्यक्तिप्रति सत्तारुढकै नेताबाट चर्को आलोचना भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित