कोसी अस्पताल परिसरमा आगलागी

विराटनगर / कोसी अस्पताल विराटनगर परिसरभित्र थुपारिएको फोहोरमा आगलागी भएपछि दमकल बोलाउनुपरेको छ । कोरोना सङ्क्रमितका लागि राख्ने आइसोलेसन वार्डसँगै रहेको खाली स्थानमा थुपारिएको फोहोरमा आगलागी भएपछि दमकल बोलाउनुपरेको हो । एक्कासि आगोको मुस्लो बढेपछि अस्पताल आउने सेवाग्राही त्रसित बनेका थिए ।

कोसी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर चुमनलाल दासका अनुसार तला थप गर्नका लागि माथिल्लो तलामा रहेको म्याट्रेसलगायत पुराना फोहोर सामग्री थुपारिएको स्थानमा बटुवाले आगो बालिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित