प्रहरीलाई इलेक्ट्रिक तालिम

इनरुवा / जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी कर्मचारीकालागि १० दिने इलेक्ट्रिक तालिम संचालनमा ल्याएको छ । पाथिभरा हिमालयन पोलिटेक्निक इन्ष्टिच्यूट इटहरी सँगको सहकार्यमा जिप्रका सुनसरीले तालिम संचालनमा ल्याएको हो ।

जिल्ला प्रहरी कार्यालयको हलमा संचालित तालिममा मातहत कार्यालयका प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको छ । सो तालिमको सुनसरीका प्रहरी प्रमुख कमल थापाले उद्घाटन गर्नु भएको छ ।

२५ जना प्रहरी सहभागि तालिममा सहभागिहरुलाई मान बहादुर राजवंशीले प्रशिक्षण थालेका छन् । तालिमका क्रममा विद्युत जडान, वाइरिङ जस्ता विषयमा प्रशिक्षण दिइने बताइएको छ ।

आवश्यक्ता सँगै समय र परिस्थिति अनुरुप जनसेवामा परिचालित हुनु पर्ने भएकाले प्रहरीका लागि सीप मुलक व्यवहारिक ज्ञान प्रदान गर्न तालिम आयोजना गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित