किन गरिन बेलबारीमा अस्मिताले आत्माहत्या ?

बेलबारी । मोरंगको बेलबारी स्थित बेलबारी बहुमुखी क्याम्पसमा स्नातक पहिलो बर्षमा अध्यायनरत एक छात्राले बिष सेवन गरी आत्माहत्या गरेको घटना सार्बजनिक भएको छ ।

उनको आत्माहत्यापछि शुक्रबार उनको शोकमा कलेज बिदा गरिएको क्याम्पस प्रमुख खगेन्द्रप्रसाद लुँईटेलले जानकारी दिएका छन । बेलबारीको एक डिर्पामेन्टमा कार्यरत अस्मिता लामिछानेलेले् बिष सेवन गरेको घटना रहस्यमय रहेको र अनुसन्धान हुनुपर्ने उनका केही आफन्त र उनका साथीहरुले माग गरेका छन ।

उनको शव पोष्टमार्टमका लागि कोसी अस्पताल बिराटनगर लगिएको छ । घटनाको बारेमा अनुसन्धान आबश्यक भएमा अनुसन्धान गर्ने ईलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख ईन्सपेक्टर ऋषिराज ढकालले बताए । ती छात्रा बेलबारीमा डेरा गरेर बसेकी थिईन ।

प्रतिक्रिया

सम्बन्धित