सुनसरीमा मनाइयो प्रधानमन्त्री ओलिको जन्मदिन

इटहरी / प्रधानमन्त्री केपीशर्मा ओलिको ७० औँ जन्म दिन देशभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विशेष कार्यक्रम आयोजना भएको छ । त्यसैगरी विभिन्न जिल्लामा प्रधानमन्त्रीका समर्थ र नेता कार्यकर्ताले उनको जन्म दिन मनाएका छन् ।

यसै क्रममा सुनसरी पनि ओली समर्थित अनेरास्ववियूका युवाहरुले उनको जन्म दिन मनाएका हुन् । ओलिको संसद विघटनको निर्णयलाई सर्मथन गरेका युवाले केक काटेर उनको जन्मदिन मनाए थिए । उक्त कार्यक्रममा ओलि समुहका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियोे ।

यहि समयमा संसद विघटन विरुद्ध सर्वोच्च परेको मुद्दाको फैसला आएको छ । प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै अदालतले संसद पुनःस्थापन गरेको छ । प्रधानमन्त्री ओलिलाई जन्मदिनमा सर्वोच्चको संसद पुनःस्थापन गिफ्ट भन्दै सामाजिक सञ्चालन ब्याङ्ग्य समेत भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित