यौन दुर्व्यवहार आरोपमा शिक्षक पक्राउ

धनगढी / कञ्चनपुरमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–६ स्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ६ कक्षामा अध्ययनरत १४ वर्षीया बालिकामाथि ढुङ्गानाले विद्यालयमै यौन दुर्व्यवहार गरेको आरोपको आधारमा पक्राउ गरिएको बताए। शिक्षक अहिले प्रहरी हिरासतमा छन्।

प्रतिक्रिया

सम्बन्धित