मोरङको रतुवामाईमा आगोले जलेर महिलाको मृत्यु

विराटनगर / मोरङको रतुवामाईमा आगोले जलेर ४९ वर्षीया महिलाको मृत्यु भएको छ । शरीरमा लगाएको कपडाबाट सल्किएको आगोले जलेर घाइते रतुवामाई नगरपालिका–४ आमबारीकी फूलकुमारी राजवंशीको उपचारका क्रममा ज्यान गएको हो । मोरङ प्रहरी प्रमुख प्रमुख एसपी सन्तोष खड्काकाअनुसार घरमा बालेर ताप्ने क्रममा शरीरमा लगाएको कपडाबाट आगो सल्किएर उनी शनिबारसाँझ ६ः२० बजेतिर घाइते भएकी थिइन् ।

रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । आगोले कम्मर मुनिको भाग जलेर घाइते भएकी राजवंशीको उपचारकै क्रममा सोमबार दिउँसो २ः३० बजेतिर ज्यान गएको एसपी खड्काले बताए । बोल्न सक्ने सामान्य अवस्थामै अस्पताल ल्याइएको भए पनि आगोले जलेर घाइते भएकी महिलाको उपचार सम्भव हुन नसकेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित