लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं / सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगातमक परीक्षा स्थगित भएको छ । यातायात व्यवस्था कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै सवारीचालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षामा माहानगरीय ट्राफिक प्रहरीले प्रहरी नखटाएकाले दुवै परीक्षा स्थगित गर्नु परेको बताएको छ ।

कोभिड–१९ का कारण लामो समयदेखि सवारी साधन लाइसेन्स परीक्षा बन्द रहेकोमा गत पुस १४ गतेबाट अनलाइन फर्ममार्फत खुला गरिएको थियो । यातायात व्यवस्था कार्यालय र माहानगरीय ट्राफिक प्रहरीको समन्वय नहुँदा हजारौ मानिस सवारी साधन अनुमतिपत्र लिनबाट पुनः बञ्चित भएका छन् ।
यातायात व्यवस्था कार्यालयको अनुसार अर्को सूचना प्रकाशित नहुदाँसम्मका लागि लखित तथा प्रयोगातमक परीक्षा बन्द भएको छ ।

प्रतिक्रिया

सम्बन्धित