भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

भेडेटार । धनकुटाको साँगुरीगढी गाँउपालिकामा रहेको पर्यटकीय क्षेत्र भेडेटारदेखि हिमाल,पहाड र तराईका बिभिन्न भेगका दृश्यवलोकन गर्दै हेलिकप्टर चढेर प्रसिद्ध पाथिभरा मन्दिरमा दर्शन गर्न पाईने भएको छ । होटल एशोसिएसन भेडेटारको आयोजनामा प्रत्येक बर्ष अंंग्रेजी नयाँ बर्षको अवसरमा आयोजना गरिएको सातौं भेडेटार खाना महोत्सवको अबसरमा पहिलोपटक यो सेवा उपलब्ध गराईएको आयोजक संस्थाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताएका छन । यहि पौष १६ देखि १८ गतेसम्म आयोजना हुन लागेको खाना महोत्सवमा करिव २५ हजार पर्यटकहरुले भेडेटार र आसपासको क्षेत्रको अबलोकन गर्ने र करिब ३० लाख खर्च हुने अनुमान गरिएको राईले बताए ।

आन्तरिक तथा बाह्रय पर्यटकलाई मध्यनजर गरी प्रत्येक बर्ष आयोजना गरिदै आएको महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका अग्र्यानिक कृषि उत्पादनको स्वादसंगै घरेलु सामानहरुको स्टलहरुको अवलोकन गराउनु रहेको अध्यक्ष राईले बताए । महोत्सवमा ३० वटा स्टल रहने समेत उनले बताए । महोत्सव अवधिभर प्रत्येक दिन राई, लिम्बू, मगर, नेवार लगायतका जातिको मौलिक झाँकी तथा नृत्यहरु प्रस्तुत गरिने छ भने यस क्षेत्रमा रहेका आकर्षक गन्तव्य स्थल शैलुङ डाँडा, पाथीभरा देवी मन्दिर, डाडा बजारको ध्वजे डाडा, अजंगको बरको रुख, थाउजेन विग बुद्ध लगायतका स्थानमा पर्यटकलाई जानकारी दिने रहेको अध्यक्ष राईलेले बताए ।

यस बर्ष पर्यटकहरुलाई बिशेष आकर्षणका लागी हेलिकप्टरको ब्यबस्था गरिएको समेत उनले बताए । त्यसका लागी सिम्रिक एअर सँग सम्झौता समेत भईसकेको छ । भेडेटारमा पछिल्लो समय सुबिधासम्पन्न होटलहरु खुल्ने क्रम बढेर गएको र यहाँको पर्यटन ब्यबसाय समेत मौलाएको राई बताउँछन । यसपटकको महोत्सब बिशेष रहने भएका कारण पनि सुबिधा थपिएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित