बालबालिकालाई नैतिक र जिम्मेवार बनाऔं

आजकालका बालबालिकालाई नैतिक शिक्षा दिइदैन । नैतिकवान बन्नु पर्छ भन्ने सोचाइ बावुआमाले बालबालिकालाई सिकाइन्छ । नैतिक शिक्षा नभएर आजकालका बालबालिकाहरुले आफ्नो अडान कायम राख्दछन् । हुनतः बालबालिका भनेका काँचो माटोको भाँडा हुन्, उनीहरुलाई जे–बनाए पनि त्यही बन्दछन् भन्ने धारणा रहिआएको छ ।

शिक्षाको पाठ्क्रमको संरचना पनि यिनै नैतिक शिक्षाको अभाव रहेको छ । विद्यालयमा रहँदा बालबालिका नैतिक शिक्षाको एकदम खाँचो पर्दछ । नैतिक शिक्षाले बालबालिकालाई सुयोग्य नागरिक बन्न पे्ररित गर्दछ, तर स्कुलमा नैतिक शिक्षा दिइएको पाइदैन कोरा–किताबी ज्ञान भन्दा व्यवहारिक ज्ञान ज्यादै आवश्यकता पर्ने भएकाले नैतिक शिक्षा जोड दिनुपर्ने अवस्था रहेको छ । अहिले संस्थागत÷सामुदायिक स्कुलमा काँही पनि नैतिक ज्ञान दिइदैन, खाली किताब मात्र पढाइन्छ ।

पढाए पनि नैतिक ज्ञान दिइदैन त्यसबाट विद्यार्थी वर्गले के सिक्ने त ? नैतिक ज्ञानले विद्यार्थी स्वभाव र चरित्र निखार्न काम गर्दछ ऊ पूर्ण नैतिकवान र जिम्मेवारी बन्दछ । वास्तवमा हाम्रा पाठ्यक्रममा यस्ता नैतिक बन्न प्रेरित गर्ने पाठहरु नै छैन । अनि हामीले कसरी विद्यार्थीलाई नैतिकवान बनाउने त ? हामीले जहिल्यै पनि आफ्ना नानीहरु नैतिकवान, ज्ञानी र सुयोग्य बनाउने सोचमा हुन्छौं । सोचेर पनि हुँदैन, उनीहरुलाई बेलैमा नैतिकवान बनाउनका लागि विद्यालयमा भन्दा घर परिवार र त्यसपछि विद्यालयको सर्वोपरि भूमिका रहन्छ । तैपनि हाम्रा नानीहरु नैतिकवान बन्न सकिरहेका छैन, किनभने पहिला त हामी आफू नैतिकवान भए उनीहरुलाई नैतिकवान बनाउन सक्छौं । बालबालिकाहरु अहिले पढ्ने भन्दा अरु नै क्रियाकलापहरुमा जोड दिन थालिसकेका छन् । हामीले बालबालिका घरमा स्वच्छ वातावरण बनाइदिनु पर्छ । घरमा बस्दा, उनीलाई नैतिक सिकाउँदा राम्रो हुने थियो तर पनि हामीले नैतिक शिक्षा दिन सकेका छैनौ । पहिला उनीहरुलाई वरिपरिको वातावरणमा नैतिक ढंगबाट हामीले शिक्षा दिनुपर्दछ । हामी आफैले नैतिकताका पाठ पढाउनुपर्छ । नियमित पढ्ने वातावरण बनाउन समय–तालिका दिएर सधैं उनीहरुलाई कामको जिम्मेवारी दिइनुपर्छ ।

त्यसैले त्यही जिम्मेवारीलाई अवलम्बन गर्दछन् । पढ्ने समयमा पढ्न दिनुपर्छ, खेल्ने समयमा खेल्न दिनुपर्छ र विभिन्न क्रियाकलापमा समय तोकि दिनुपर्छ । अनावश्यक दबाव दिनुहुँदैन, सकभर गाली भने शब्द पटक्कै नगर्नु नै श्रेस्यकर हुने छ । उनीहरुलाई स्वतन्त्र रुपमा छोडिदिनु पर्छ, धेरै दबाव पनि उनीहरुले राम्ररी पढ्न सक्दैन र नैतिकताको पाठन सिक्दैनन् । अझ भन्नु पर्दा बालबालिका घरमा बस्दा उनीहरुले गरेका राम्रा कामको प्रसंशा गर्न सक्यो भने उनीहरु सधै रमाएर बस्छन् ।

बाबुआमा बालबालिका सँग सँगै बसेर टि.भी हेर्ने होइन, उनीहरुलाई छुट्टाएको समय टि.भी हेर्न दिनुपर्छ । उनीहरुलाई सधैं डराउने पार्नु भन्दा भावनात्मक सम्बन्ध स्थापित गर्नुपर्छ । उनीहरुको भावना कदर सधैं गरियो भने, उनीहरुले हामीबाट धेरै सिक्ने मौका पाउँछन् । समय अनुसारको खाना, लुगा, हेरचाह गर्नु पर्छ, सबैभन्दा पहिला त नैतिकता सिकाउन चुक्नु हुँदैन । घरमा बुवा र आमाको सधैं झैं–झगडा ले पनि उनीहरु मानसिक रुपमा विक्षिप्त बनेका हुन्छन् ।

त्यसैले सकभर झगडा नगर्न नै राम्रो हुन्छ । त्यसमा बालबालिका सधैं सकारात्मक सोचको विकास गराउनु जरुरी छ । उनीहरुको दिमागबाट नकारात्मक सोचलाई हटाउनुपर्दछ । त्यसका लागि उनीहरुलाई आफ्नो रुचिको विषय के छ त ? त्यसलाई बुझेर आत्मसाथ गर्न सकियौं भन्ने सबैभन्दा उनीहरुको रुचिलाई बुझेर प्रोत्साहन गर्न दिइयो । त्यसैबाट बालबालिका सफलता प्राप्त गर्दछन् । पढाइ नै सबथोक हो, भनेर गइयो भने, त्यो गलत गरेछौं भन्नु हो, तर उनीहरुको चाहानालाई पनि बुझेर गयौं भने त्यसबाट बालबालिकाहरु उज्वल भविष्य बनाउनतिर लाग्दछन् । कोही पढाईमा अब्बल हुन्छनन् त, कोहि कमजोर, कोही फुटबलमा अब्बल, हुन्छन्, कोही भलिबलमा आफ्नो रुचिलाई ख्याल गरेर अघि बढ्नु दियौं भने भविष्यमा त्यस क्षेत्रमा सफलताको शिखरमा पुग्दछन् । अहिलेको जमाना अरु क्षेत्रबाट पनि नाम र दाम कमाएको इतिहास छ ।

त्यसैले बालबालिका जिम्मेवार, नैतिकवान, स्वभिमान बनाउन तिर बुवा–आमाले उनीहरुको रुचिलाई केलाउन सक्नुपर्दछ । दबाबमूलक वातावरण भन्दा, स्वतन्त्र वातावरणले बालबालिका सिक्ने र नैतिकवान बन्ने अवसर मिल्दछ । उनीहरुलाई सजायँ दिने भन्दा फकाएर कामको जिम्मेवारी वहन गर्न दिइयो, अझ उनीहरुका जिम्मेवारीबोध बढ्छ । बालबालिका मनोविज्ञानलाई बुझेर शिक्षकले पनि उपचरात्मक प्रद्धतिबाट शिक्षण गरिनुपर्दछ । उमेर अनुसारको व्यवहारमा उतार्न सकियो भने उनीहरूले भने जस्तो र भविष्य बनाउन सक्दछन् । त्यसैले बालबालिका नैतिक पक्षलाई सवल बनायौं, उनी पछि गएर भविष्यमा ठूला मान्छे बन्ने अवसर मिल्दछ । त्यसैले बालबालिका उमेरजन्य अनुसार व्यवहार गरिनु पर्दछ । त्यसैले ती कुरामा ख्याल गर्नुपर्दछ । बालबालिकालाई सिर्जनात्मकतिर लाग्न प्रेरित गर्नुपर्दछ । त्यसैले बालबालिका उनीहरु बीच कहिलेकाही साथी र दौतरीको जस्तो व्यवहार ग¥यौं भने, उनीहरुको मन जित्न सकिन्छ ।

तर, उनीहरुलाई असर पर्ने व्यवहार गर्न नै राम्रो हो । त्यसैले असल र जिम्मवारी बन्नु बावु–आमाले छोरा–छोरी सधैं प्रोत्साहन गर्नुपर्दछ । पहिलेबाट बालबालिका लागि हामीले नैतिकतामा ह्रास आउने कार्य गर्नुहुँदैन । उनीहरूसँग सधैं सामिप्यता बढाउनुपर्छ । समाजमा बस्दा, सहयोगी भावनाको विकास गर्न जरुरी छ । उनीहरुबाट समाजलाई सहयोग भावनाबाट पे्ररित गर्नुपर्छ । जथाभावी उनीहरुले देखेका, भोगेका कुराबाट सिक्ने मौका पाउँछन् ।

त्यो पाउनुपर्छ र सधैं उनीहरुबाट प्रशंसा गरेको सुन्न पाइयोस्, त्यहाँबाट उनीहरुलाई सन्तुष्टि प्राप्त हुन्छ । कुलतमा फसेका बुवा–आमाले पनि छोरा
छोरी त्यही सिक्ने गरेकाले त्यो छापलाई उनीहरुले आत्मसाथ गन्ने गर्न भएकाले ती क्रियाकलापबाट टाढा बस्नु नै राम्रो हुन्छ । सकभर उनीहरूलाई नराम्रा कुरामा ध्यान नदिनु नै जरुरी हुन्छ । हामीले कतिपय नकारात्मक सोचाइ पनि उनीहरुको अगाडि अव्यक्त गर्नुपर्दछ ।

बालबालिकालाई उनीहरुको भविष्य बनाउन घर, परिवार र स्कुल जिम्मेवारी भएकाले, बेलैमा ती ठाउँमा बालबालिकाको निगरानी गर्नुपर्दछ, मेरो छोरा–छोरी के गरिरहेको छ त ? सर्वप्रथम त्यो बुझ्नुपर्दछ । अन्त्यमा, बालबालिकाको सन्दर्भमा उनीहरुले पढने वातावरण बनाइदिनु पर्छ । राज्यले बालबालिकाको लागि पढ्ने वातावरण सिर्जना गर्नुपर्दछ । बालबालिकाको पढ्ने नैसर्गिक अधिकार हो त्यसकारण सबै पढेर, भविष्यका देशका कर्णदार मानिस बन्दछन्, त्यसबाट कसैलाई पनि बन्चित नहोस् र सबैले पठन पाठन गर्ने भन्ने हो र सबै बालबालिका जिम्मेवारी र नैतिकवान बन्न सकुन्, ताकी भविष्य उज्वलको लागि, त्यसमा बेलैमा सबैले लागेर बालबालिका नैतिकवान र इमान्दार बनाउन आवश्यक छ । त्यस कुरालाई सबैले आत्मसाथ गरौं ।

–पथरीशनिश्चरे–१, मोरङ

प्रतिक्रिया

सम्बन्धित