अबसरबादले कहिल्यै इतिहास बनाउन सक्दैन ।

खेमराज दाहाल

“मानिसको जिबन पनि नदी जस्तै अबिराम गतिले बगिरहनु हो । भु–बनोट भिन्नताले नदीको उर्लाहट र बेगलाई उच्छ्रिन्खल र शान्त तुल्यायजस्तै मानिसलाई पनि उमेर र परिस्थितीले कहिले उग्र अशान्त र बिद्रोही बनाउछ भने कहिले उ शान्त र संययित बन्छ । तर गतिवान रहनु उस्को अस्मिता र अस्तित्त्व हो । त्यस्को अभाबमा जिबन अर्थ हिन र निरर्थक बन्दछ ।”

यी माथिका भनाइहरु नेपालका लौह पुरुषको उपनामले चिनियका राजनेता गणेशमान शिंहले  बोलेका बाणीहरु हुन । हुन पनि उनले भनेकाे जस्तै नेपाली राजनिती र राजनीतीज्ञहरूमा आफ्नो स्वार्थ अनुरूप यस्तै कहिले राष्ट्रीयताको उग्र रूप देखिन्छ भने कहिले आलोचनात्मक बिरोधी रूप देखिन्छ ।

इतिहास निर्माताहरू आफ्नो आदेश र लक्ष्यबाट कहिलै डगमगाउदैनन । राजनितीमा आदेस भनेको गन्तव्य प्राप्तीको बाटो हो र गन्तब्य भनेको राष्ट्र अर्थात जनता हो र उनी हरुको स्वतन्त्रता हो । राष्ट्र ,राष्ट्रियता  स्वतन्त्रता र लोकतन्त्रका लागी आफ्नो स्वार्थ र संकिर्णतामा नअल्झीने नेतृत्व हरू नै राजनेता अथवा इतिहासकार बन्दछन ।

सम्मानित इतिहासको निर्माण जहाँ जहिले पनी चुनौती पुर्ण नै हुन्छ । सागरको किनारालाई छुन मात्र जो सुकैले पनी सक्ला संघर्ष का छाल हरुमा हेलिदै क्षितिजको सुदुर किनारमा पुगेर राष्ट्र माथी बास्तबिक अर्थमा देश भक्ती पुर्ण इतिहाशको अन्तहिन बाटो दिने  समार्थ्य हुनु पर्दछ ।

सामान्य राजनीतिक घटनाक्रम हरुमा नेतृत्व दिने मानिसलाई एउटा काल खण्ड मा मात्र सम्झिने , किनकी उनिहरु कुनै युगान्तकारी परिवर्तनको नेत्रित्व  नगरी अबसरबादी भै दिन्छन । युगान्तकारी परिबर्तनको नेत्रित्व दिने ब्यक्तीलाई सधै ईतिहासले सम्झिरहन्छ । तर त्यस्ता युगान्तकारी परिबर्तन घटनाहरू इतिहाँसको लामो समयको अन्तरालमा मात्र घाटित हुन्छन ।

त्यस्ता घटनामा नेत्रित्व दायी भुमिका खेल्न जो कोहीले सक्दैन । नेतृत्वमा पुगेको जो कोही ब्यक्तिले इतिहासको गतीलाई परिबर्तन गर्न सक्दैन । जस्ले आफैले उठेर नयाँ इतिहासको एउटा पाटो भएर राष्ट्रलाई उठाउन समर्पित ब्यक्तिले मात्र आम जनता र राष्ट्रको सामुहीक सपनलाई नेतृत्व दिन सक्छ ।

राणा सासन हुदै निरन्कुश राजतन्त्र ,पञ्चायती ब्यबस्था, प्रजातन्त्रबाट लोकतन्त्र सम्मको बाटो हामीले तय गरि सकेका छौ । तर इतिहाँसमा ब्याबस्था फेरिए पनि पबृति फेरिएको छैन । राजनिती भनेको बास्तबिक अर्थमा राजनिती भयको छैन । राजनिती भनेको सासक खलकका बिचमा सत्ताप्राप्तीकालागी हुने षडयन्त्र मात्र हो भन्ने देखाउछ, यहाँ कुनै पद्दती नै छैन । समाज, क्षेत्र राष्ट्रमा कुनै राजनितीक मर्यादा छैन जस्ले जस्तो निर्णय गर्दा पनि भएको छ । यस्तो परिपाटीले आमजनतालाई सासकवर्गले कठपुतली जस्तो बनाएका छन ।

समयलाई आम मानिसमा आऊने राजनीतीक र सामाजिक चेतनाले त्यस्को महत्वलाइ फरक फरक बिचार बिश्लेशणम त्यस्को अर्थ खोजिन्छ । त्याही मानिसकाे चेतना ले स्वतन्त्रता र लोकतन्त्रको उपयोग गर्न सिक्नु पर्दछ ।

देशबासीलाई लोकतान्न्रिक चेतना र आर्थिक समृद्धिको अभियानमा जागरूक बनाउने भन्दा देशबासीहरुलाई कसरी आफ्नो निर्देशन भित्र आफ्नो पार्टी कार्यकर्ता बनाउन सकिन्छ  भन्ने हाम्रा नेत्रित्व हरुमा देखिदै आएको छ ।

बिचार चेतना र स्वतन्त्रता लोकतान्त्रिक परिबेशमा आउछन । लोकतन्त्र बादीहरू जहिले बैचारिक अथवा शैदान्तिक बहस गर्न आउछन, अबसरबादी हरुमा सधै शक्ती र सत्ताको प्यास हुन्छ । उनिहरु सधै बिपक्षीलाई शत्रु सरह ब्याबहार गर्छन बिचारलाई निस्तेज पार्न खोज्छन । जनताको रगत र पसीनालाई उनिहरु आफ्नो अधिकार ठान्छन ।

भारतीय नाकबन्दीबाट आफुलाइ एक अब्बल राजनेता बनाउन पुर्बप्रधानमन्त्री केपी ओलीले अबसरको राजनिती गरे । भारतीय नाकाबन्दीबाट आक्रोशित जनताको फाईदा लिदै तेही फाईदा लाई अबसर बनाए । अबसरबादी कुनै पनी नेता पदमा नपुग्दा सम्म अथवा पदबाट हटे पछी एउटा कुरा गर्ने र पदमा रहदा त्यस्को बिपरित आचरण गर्ने पबृतिका हुन्छन् । यही पबृतिका ओली आफ्नो नेतृत्वमा सरकार हुदा संबिधान संसोधन प्रस्ताबलाई आगाडी बडाएका ओलीले अहिले सरकारबाट बाहरिए पछी संबिधान संसोधनको प्रस्ताबलाई छलफलमा समेत जान दिएका छैनन् ।

दोषी आत्मा सधै ससंकित हुन्छन भने जस्तै एमाले जनहरु सधै भारत बिरोधि  भाबनालाई अबसरको रुपमा लिइ आमजनतामा भ्रम छरी अबसरबादको राजनिती गर्दैछन । समाजको परिबर्तन प्रकृतिक गतिमा नै हुने गर्दछ । त्यसलार्इ अबसरबादीहरूले निहित स्वार्थ र संरक्षणकालागी निस्तेज पार्छन । यसबाट लोकतान्त्र खतरा मा पर्न सक्दछ ।

प्रतिक्रिया

सम्बन्धित