विचलनले भत्किदै परिवार

गाउँघरमा आय आर्जनका धेरै विकल्प नभएपछि विदेशिनु पर्ने बाध्यता छ । यसले धेरैले परिवारको जीवनस्तर सुर्धेको पनि छ । तर धेरै महिलामा यही कारणले विचलन पनि ल्याएको छ । बेरोजगार भएर रोजगारी खोज्न या गाउँघरमाभन्दा राम्रो आय आर्जन गरेर जीवन यापन गर्ने उद्देश्यले युवाहरु विदेशिएका हुन् । रेमिट्यान्स गाउँको जीवनस्तर सुधार्ने अस्त्र मात्र बनेको छैन, दुरुपयोगले परिवार बिगार्ने साधन पनि बनेको छ । ओखलढुंगा प्रहरीमा दर्ता भएका यी घटना यसका प्रमाण हुन् । श्रीमान् विदेशिएपछि मुलखर्क गाविसकी २३ वर्षीया रिता थापा मगर आफ्नै देवरसँग शारिरिक सम्बन्ध राखेर जन्मिएको शिशु हत्या गरेको आरोपमा ०७२ कात्तिक ८ गते पक्राउ परिन् । अहिले कर्तव्य ज्यान मुद्दाम जन्मकैदको सजाय भोगिरहेकी छिन् ।

ख त्यस्तै श्रीमान् विदेश गएपछि ०७३ मंसिर ४ गते बेतीनि गाविस ६ की २२ वर्षीया गुनिसा मगरले देवरसँगकै शारिरिक सम्बन्धबाट जन्मेको शिशु शौचालयको सेफ्टी ट्यांकीमा फालेर हत्या गरिन् । अहिले देवर भाउजु दुवै जना कर्तव्य ज्यान मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । यी दुई घटनाको बीचमा अरु दुई ओटा घटना पनि यही प्रकृतिका घटे । जुन पति घरमा नहुँदा पर पुरुषसँग सम्पर्क गरी शिशु जन्माएर हत्या गरी आरोपित महिलाहरु कैद सजाय भोगिरहेका छन् ।

यी श्रीमती घरमा छोडेर विदेशिएका पुरुषका घरबार बेहाल बनेका उदाहरण हुन् । लामो समय एक्लै बस्नुपर्दा महिला विचलित भएर अपराध गर्न उद्धत चार ओटा घटना प्रहरीसम्म आएकाले सार्वजनिक भए । गाउँ घरमा महिलामा देखिएका विचलन धेरै सुन्न पाइन्छ । श्रीमान्ले कमाएको सबै सम्पति लिएर भागेका उजुरी प्रहरीकहाँ बढ्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक शाहले बताए ।

विदेशको आम्दानीले परिवार र आफ्नो सुन्दर भविश्यको परिकल्पना गरेर १२ घण्टा पसिना बगाउने कतिले जीवनमा समृद्धि कमाएका छन् भने कतिको जीवन भताभूंग बनेको छ । माथिका उदाहरणले बैदेशिक रोजगारीका लागि श्रीमती र घर छोडेर परदेशमा श्रम गर्नेहरुको अंध्यारो पक्षलाई उजागर गर्छ ।

किन आउँछ बिचलन

जीवनसाथीसँग छुट्टिएर बस्नु पर्दा एक्लो महसुस हुने, काममा ध्यान नजाने र घरमा भैm झगडा हुने र अन्ततः धेरैजसो माइति या छुट्टै बस्ने गरेको पाइएको छ । यसले महिलाहरुलाई समय व्यातित गर्न मोवाइल र फेसबुक विकल्प बनेको छ । धेरै त घर छोडेर सदरमुकाम डेरा लिएर बस्ने गरेका छन् ।

महत्वकांक्षा, शारिरिक सम्बन्ध र विकल्पमा भन्दा राम्रो खोज्ने स्वभावका कारण पनि महिलामा विचलन आउने ओखलढुंगाका क्याम्पसका उप प्राध्यापक भेषनाथ खानाल बताउँन् । मोइबाइ र सामाजिक सञ्जाल फेसबुकमा नयाँ साथीसँग चिनजान, कुराकानी हुने, नजिकिने माया प्रेममा परेपछि अन्ततः शारिरिक सम्बन्धसम्म पुग्ने भएकाले श्रीमान तथा परिवार छोड्ने गरेका लिखित र मौखिक उजुरी प्रहरीमा आउने शाहले बताए ।

श्रीमानसँग लामो समयसम्म भेट नहुँदा महिलाहरुको शारिरिक सम्बन्ध पर पुरुषसँग हुने, त्यही सम्बन्ध सार्वजनिक हुने भएपछि कतिले सबै सम्पति लिएर भाग्ने कतिले अपराध गर्ने गरेको प्रशाहको भनाइ छ । कम उमेरमा विवाह, झैझगडा र हिंसाका कारण पनि आफ्नो परिवारप्रति वितृष्णा आउने र महिलामा विचलन आउने गरेको ओरेक नेपालकी मैया राईले बताइन् । ओरेक नेपालको स्नेह केन्द्रमा आउने महिलाहरु धेरै आर्थिक समस्या, बेमेल, हिंसा र कम उमेरमा विवाह भएका महिलाहरु आउने गरेका छन् ।

सम्बन्ध विच्छेद बढ्दै

जिल्ला अदालत ओखलढुंगामा आर्थिक वर्ष ०७२÷०७३ मा ३५ ओटा सम्बनध विच्छेदका मुद्दा दर्ता भए । यसरी सम्न्ध विच्छेद गर्न आउने महिलाहरु अधिकांश श्रीमान् विदेश गएर फर्किएपछि आएको बेमेलका कारण आउने गरेका छन् । ‘धेरै जसो श्रीमान विदेशबाट फर्किएपछि आपसी सम्बन्धको खटपटले पारपाचुके गर्न आएको बताउँछन् ।’ नेपाल बार एसोसिएसनका सचिव टुकराज निरौलाले भने ।

श्रीमान् विदेश हुँदाको समयमा पर पुरुषसँगको सम्बन्धबारे सुनेर, आफुले विदेशबाट पठाएको सम्पतिको दुरुपयोग आदिले पारिवारिक विखण्डन ल्याउने गरेको छ । सबै मुद्दा महिलाले सम्बन्ध विच्छेदका लागि दर्ता गराएका छन् । चालु आर्थिक वर्षको चार महिनामा मात्रै १७ ओटा मुद्दा दर्ता भइसकेको जिल्ला अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए ।

के छ उपाय

महिलामा आएका विचलनले स्वयं महिलाको भविश्य मात्र होइन, सिंगो परिवार नै भताभूंग बनेका छन् । बालबच्चा मातृ स्नेहबाट बञ्चित हुने, पुरुषले गर्ने दोश्रो विवाहले बालबालिका माथि सौतेनी आमाले गर्ने दुव्र्यवहार आदिले परिवार विखण्डनमा पुग्छन् । पारिवारिक विखण्डन अहिले पुरुष विदेशिदा बढी देखिएको छ । यसले महिला स्वयं उद्यमशीलतामा लाग्ने र व्यस्त रहने हो भने पनि एक्लोपन अनुभूति नहुने, परिवारमा झगडा नहुने र विचलन नआउने महिला अधिकारकर्मी पेमडोमा शेर्पा बताउँछिन् ।

महिला फुर्सदिला भएर काम नगरि बस्दा अनेकन सोच दिमागमा आउने, सामाजिक संजालको दुरुपयोग आदिले समस्या निम्त्याएको उनको बुझाइ छ । आफै आत्मनिर्भर बन्ने र परिवारको भविश्यबारे चिन्तन गर्ने हो भने महिलामा आउने विचलन कमी हुने भएकाले उद्यमशीलतमा लाग्न महिलाहरुलाई उनको सुझाव छ ।

प्रतिक्रिया

सम्बन्धित