एमाले को चिया राजनीति

खेमराज दाहाल

मोर्न्निङ वाक को लागी बिहानै उठेर बाहिर लागे केही समय पश्चात चिया दोकान पसेर म लगायत अरु केही साथी एउटा टेबल मा बसिउ । सामान्य गफ हुदै थियो अर्को एक समुह पनी चिया पिउन नै हुन पर्छ तेही हामी बसिरहेको नजिक को टेबल मा आएर बसे । सायद कोई राजनीति कर्मी अथवा पार्टी कार्यकर्ता हनु पर्छ । ऊनी हरू एमाले या  केपी ओली का सुभ चिन्तक हुन पर्छ । उनीहरू एमाले र केपी ओली को बारेमानै धेरै बोली रहेका थिए , येस्ले गर्दा उनीहरू एमाले कार्यकर्ता हुन भनेर बुज्न कुनै गारो थिएन । एतिकैमा तेसै समुहका एक ब्यक्ति उठेर मलाई त पहाड गयो भने मधिसे भन्छन । उन्को त्यो भनाइ मा  स्पश्ट थियो  की उनलाई मधेसी भनी दिदा जती पिडा थियो त्यो भन्दा बडी पिडा त नेपाली हैन भन्दा बडी हुँदैन थियो होला  भन्ने भाब देखिन्थ्यो । तेसै बिचमा अर्का एक ब्यक्ति उठेर तपाई टोपी लगाउनुस अनी भन्छन नेपाली अथवा पहाडे एसरी त्यस चिया पसल मा समेत बर्गी जातजाती लाई धर्म संकृतिलाई बिभाजन गरीयको पाईन्छ ।

 अहिले गाउगाऊ मा एमाले राजनीतिकर्मी हरूले अथवा उनिहरूका कार्यकर्ता ले देशलाइ संघ अथवा प्रादेशिक ढाँचा मा लग्यो भने अथवा आफ्नो पहुँच भन्दा पर लगियो भने देश बिखण्डन हुने, भारत को हात रहेको अथवा उस्ले त्यसलाइ हडप्न खोजेको जस्ता भ्रमिक कुरा हरू सुनाउदै मिलेर बसेका जनता लाई एक अर्कामा बैमनश्यता ल्याइ दिदैछन ।

  उग्र राष्ट्रबाद को नारा भारत प्रति को बिरोधी भाबना ले राष्ट्रबादी बन्न पुगेका केपी शर्मा ओली को अहिले कसैले जानेर पनी समर्थन गरेका छन् भने कसैले लहै लहै मा लागेर एसै होत भनेर त्यही चिया मा गफ दिने को लहड मा लागेर समर्थन गर्दै आएका छन ।

  मैले तेही एकजना लाई सोधे तपाई अहिले सरकारले ल्यायको संबिधान संसोधन लाई कुन रुपमा हेर्नु भयको छ र केपी ओली ले लियको अडान लाई कुन रुपमा हेर्नु हेर्नुहुन्छ भन्ने प्रश्न मा उनी भन्छन ओली नभयको भय भारत ले नेपाल को कती भाग लगी सक्थ्यो । र अहिले बनाइदै गरेको सिमान्कन   को ढाचा त सरासर भारत को ग्रान डिजाइन मा गरिएको हो एस्तो लाग्थ्यो नेपाल को राजनीति र भारत  ले गर्ने गरेको मिचाहा प्रब्रिती मा केपी ओली मात्र त्यस्को बिरुद्द मा छन अरु कसैलाई राष्ट्रियता प्रती चिन्तन नै छैन ।

  ७५ प्रतिशत भन्दा बडी हिन्दू धर्मालम्बी भयको देश मा एमालेको नै कारण देश ले धर्म निरपक्ष जस्तो ठाडो शब्द लाई स्वकार्न पर्यो भने । एमालेले आफ्नोअडान छाडे संगै देश संसदिय ब्यबस्थामा गयो प्रत्यक्ष कार्यकारी को सपना देखाएर मागेको भोट अबमुल्यन गरेको थियो ।

देश सिमाना मा खम्बा जस्तो भएर रातदिन खट्ने मधेसे जनता प्रति एती अनुदार देखिनु र साम्प्रादाएक  दंगा फैलाउदै जनता मा भ्रम छर्दै आएको एमाले ले आफ्नै सरकार को पालामा ३ बुदे संबिधान संसोधन गरेको अथार्थ लाई भुलेर अहिले कानुनी कुरा गर्दै सिमान्कन र संबिधान संसोधन  बिषय लाई संबिधान  ले नै नदियको जस्ता भ्रामिक चिया गफ जस्ता बिषय  बस्तु लाई अल्झायर संबिधान कार्यन्व्यन लाई बाधा पूर्याई रहेको छ ।

 २०७४ साल को माघ भित्रमा स्थानिय, संघिय  प्रादेशिक र केन्द्र  गरेर तिन संरचना को सिमांकन सकेर निर्वाचन गरी सक्न पर्ने अवस्था छ । यो गर्न नसके मुलुक कुन अवस्था मा पुग्ने हो भनेर अहिले सम्म कसैले अड्कल गरेको छैन । अहिले संबिधान बनेको एक बर्ष भन्दा माथी भै तर नेपाली राजनीतिक दल र नेत्रित्व ले अहिले सम्म पनी संबिधान कार्यन्व्यन को लागी  कुनै बिषय मा अघी बड्न सकेका छैनन । एस हिसाब मा काम गर्दै जाने हो भने  पहिलो संबिधान सभा ले जस्तै  एस ले पनी कुनै उपलब्धी बिना मृत्‍यु बरण गर्न पर्ने अवस्था आउँदै गरेको छ ।

  भारत ले गरेको नाकाबन्दी बाट आफु लाई भारत बिरोधि र राष्ट्रबादी बनायका ओली फेसबुके र चिया पसल मा भयका गफ जस्तै अपरिपक्क अभिब्यक्ती दिदै हिड्छन । समग्र नेपाल लाई १४ अञ्चल ७५ जिल्ला र ५ बिकास क्षेत्र मा बिभाजन गर्दा राष्ट्रियता मा कुनै खतरा नभयको र संघिय ढाचा बमोजिम ६ प्रदेश त्यो पनी दुई ओटा प्रदेश तराइ लाई मात्र समेटेर बनाइएका छन त्यस्तो प्रदेश ले राष्ट्र लाई कुनै खतरा नभयको तर अहिले संबिधान जारी भय पष्चात देखिनै आन्दोलन मा आयका मधेशबादी  दल र मधेसी हरुका माग पनी केही सम्बोधन गर्ने सबै लाई समेटेर लाने उदेश्य का साथ आएको संबिधान संसोधन लाई प्रतिकार गर्नु छलफल मा नै जान नदीनु कुन राष्ट्रबाद हुन्छ ।

दिनै पिछे जस्ता बन्द हड्ताल बाट दिक्क भै सकेका जनता अब शान्ती चाहन्छन सबै ले मिलेर ल्यायको संबिधान चाहन्छन तर एमाले का कार्यकर्ता तथा राजनीतिकर्मी हरु ले सर्ब साधारण हरुमा भ्रम छरी गाउ टोल क्षेत्र हरुमा जात जाती हरुमा साम्प्रादायिक   द्वंद बढायका छन ।

  राजनीति सत्ता को खेल हो राजनीतिकर्मी  हरु सत्ता   मा जान कै लागी राजनीति गरेका हुन्छन । केपी ओली सरकार  बनाउन महत्व पूर्ण भुमिका खेलेको नेकपा माओवादी र प्रचण्ड अहिले आफैले बनायको केपी ओली सरकार लाई ढालेर सरकार मा छन भने आफ्नो सरकार बनाउन दिलो ज्यान दियका प्रचण्ड ले सहमतिय सरकार को लागी अपिल गर्दा पनी भारत को ईशारा मा बनेको सरकार भनेर उल्टै आफु लाई सरकार बाहिर बसेर संबिधान कार्यन्व्यन गर्न पर्ने अवस्था मा बाधक बन्दै गय ।

  पुरनो संरचना मा निर्वाचन  हुँदा संबिधान कार्यन्व्यन मा प्रत्यक्ष असर पर्ने निष्चित हुँदा हुदै पनी निर्वाचन को रटान लगाएर राजनीतिक र संबैधानिक जटिलता   निम्त्याउदै छन । एमाले ले राष्ट्रियता को कुरा गर्दै जनता मा भ्रम छरेको र चोक चोक गल्ली देखी  चिया पसल फेसबुक सम्म आतंक मचायेका छन ।

प्रतिक्रिया

सम्बन्धित