राताे नम्बर के हाे ? बास्तविकता यस्ताे छ

बिहान अाेछ्यानमै रहदा अचानक माेबाइलमा रिङ बज्याे ! अाेछ्यानबाट अली पर रहेकाे टेबलमा माेवाइल रहेकाे हुदा उठन समय लाग्ने हुदा श्रीमतीलार्इ माेवाइल ल्याउन लगाए । उनी हतपत दाैडदै अाइन अनी भनिन माेवाइल उठाउनुअघी नम्बर हेर्नु है । बा राताे छ अहिले त राताे नम्बरबाट कल अायाे भने मान्छे ठाउकाे ठाउ मरिन्छ भन्ने हल्ला छ ।

उनकाे कुराे सुनेर म एकछिन छक्क परे । अबुझ मान्छेले त जान्दैनन अनी बाेल्छन कमसेकम पढेलेखेकाे र शिक्षित मान्छेले यस्ताे हल्लाकाे पछि नलागिदिए हुने भनी उनलार्इ सम्झाउने प्रयत्न गरे अनी बाहिर लागे । गाउघरमा फैलिएकाे हल्ला अहिले सहर बजार हुदै उपत्यका छिरिसकेकाे छ । काठमाण्डाैबाट समेत अाफन्तले माेबाइलमा फाेन गरेरे राताे नम्बरबाट कल अायाे भने माेवाइल फ्याक्दे है भन्ने सुझाव दिन थालेका छन ।

                            तेज बन

पछिल्लाे समय राताे नम्बरबाट फाेन अाउदा मान्छेकाे मृत्यु हुन्छ भन्ने खबर निकै चर्चा र भाइरल बनेकाे छ । जताततै एनसेलकाे सिममा अचानक राताे नम्बर बाट कलअाउने र फाेन उठाउदा मान्छे मर्ने हल्ला फिजिएकाे छ । यहि हल्लाकाे कारण पछिल्लाे समय एनसेलकाे सिम किन्न र बिक्न पनि छाडेकाे छ भने माेवाइल प्रयाेगकर्ताहरू एक प्रकारकाे त्रासमा छन । कतै मिसकल बज्दापनि त्यही राताे नम्बर त हइन भन्दै पहिला हेरेर मात्र फाेन उठाउछन अनी अाफन्तहरूलार्इपनि त्यही सिकाउछन ।  

हुन त हाम्राे देश नेपाल हल्लै हल्लाकाे भरमा चलिरहन्छ । यहाँ कागले कान लग्याे भन्दा कागकै पछि कुदछन तर कान छाम्दैनन । याे राताे नम्बरपनि त्यसैमा पर्न सक्ने मेराे ब्याक्तीगत बिचार हाे । हल्लाकाे पछि लाग्नु भन्दा यस्काे बास्तविकता बुझ्ने तर्फ लागे माेवाइल प्रयाेग कर्ताहरूलार्इ राहत मिल्थ्याे की ? यस्काे रहस्य केहाे ?

रातो नम्बर के हो?

आफ्नो प्रयोगकर्तालाई एनसेलले विभिन्न सेवा सुविधाको जानकारी दिन फोन गर्ने गर्छ। त्यहि नम्बर राखेर फोटोसपकाे मदतबाट नम्बरलार्इ राताे बनाएर सामाजिक सञ्जालमा हालेर अनाहक यस्काे हलला फिजाइयाे । तर एनसेलकाे अाधिकारीक फेशबुक पेजमा सबेलार्इ हल्लाकाे पछि नलाग्न अनुराेध गरिसकेकाे छ । यसमा एनसेल प्रयाेगकर्ताहरू अाफै दाेषी देखिरहेका छन । कसैले फाेटाेसप गरेर सामाजीक सञ्जालमा राखेकाे तस्विरकाे बिषयमा अाफु अाफु साेधी खाेजी गर्दा र नातेदार लगायत साथीहरूलार्इ सुनाउदा याे हल्ला एक कान दुर्इ कान हुदै मैदान सम्म पूग्याे तर यस्काे बास्तविकता केहा ? कहाँ कस्काे मृत्यु भएकाे त्यसकाे बारेमा केही अाधिकारीक पुस्टी भएकाे छैन । प्रहरी समेत याे बिषयमा तिन छक्क बनिरहेकाे छ । र सामाजीक सञ्जालकाे दुरूपयाेग गर्ने मानिसकाे खाेजीमा लागेकाे छ ।

वास्तविकता याे हाे 

फाेटाेसपकाे मदतबाट नम्बरलार्इ राताे बनार्इ सामाजीक सञ्जालमा राखेपछि फैलिएकाे हल्ला यसरी बढयाे की माेबाइल प्रयाेगकर्ताहरू अहिले माेबाइल नै साइलेन्स माेडमा राखेर चलाउन थालेका छन । अशिक्षितहरूले त पत्याए याे हल्ला तर अाज भाेली शिक्षित र पढेलेखेकै ब्याक्तीहरूपनि याे हल्लाकाे पछि लागेर नकारात्मक शन्देस प्रवाह गरिरहेका छन । हल्लाकाे पछि लाग्नु भन्दा बास्तविकता बुझे अझ राम्राे हुने थियाे । यस्तै हल्ला एक पटक पाकिस्तानमा पनी मच्चीएकाे थियाे । तर पछि सरासर गलत ठहरीयाे  बिज्ञहरू भन्छन मोबाइल तथा स्मार्टफोनमा फोन आउँदा उत्पन्न गर्ने ध्वनी तरंगले मान्छेलाई घाइते पार्ने वा मार्नेसम्मको क्षमता राख्न सक्दैन।

त्यसैले पनि यो सरासर गलत हल्ला हो । यसलाई पुष्टी गर्ने कुनै प्राविधिक आधार नै छैन।”रातो नम्बर (Red number, cursed phone number, death call)को हल्ला सन् २००७ अप्रिल १३ मा पाकिस्तानबाट सुरु भएको मानिन्छ । फरक यती हाे नेपालमा फाेन उठाउदा तत्काल उसकाे मृत्यु हुन्छ भनियाे त् पाकिस्तानमा त्याे बेला नापुंसक हुन्छ भनी हल्ला फिजाइएकाे थियाे ।  हल्लाले ठूलो रुप लिएपछि सरकार र मोबाइल सेवा प्रदायकले विज्ञप्ती जारी गरेरै यो हल्लाको पछि नलाग्न आग्रह गरेका थिए।

एनसेल के भन्छ ? 

एनसेलले अाफ्नाे अाधिकारीक फेशबुक पेजमा प्रस्टसंग भनिसकेकाे छ । हल्लाकाे पछि नलागी अाफ्नाे दिनचर्या ढुक्कले बिताउनुहाेस भनी सुझाव दिइसकेकाे छ । एनसेल भन्छ याे हल्ला अनाहक फैलाइएकाे मात्रै हाे । त्यसैले अाफ्ना ग्राहकहरूमाझ एनसेलले स्पस्ट धारणा राख्दै हललाकाे पछि नलागी ढुक्कसं माेवाइल प्रयाेग गर्न सुझाव दिएकाे छ ।

अब के गर्ने ?

सकेसम्म यस्ताे हल्ला फैलनै नदिन सामाजीक सञ्जाललार्इ अझ सकृिय बनाउनुपर्छ । हल्ला फिजिएपनि यस्ताे हल्लाकाे पछि लाग्नुकाे सट्टा त्यस्काे वास्तविकता बुझ्ने तर्फ लाग्नुपर्छ । शिक्षित ब्याक्तीहरूले अाफ्नाे गाउघरमा फैलिएकाे यस्ताे हल्लालार्इ चिर्दै अघी बढनुपर्छ । त्यसैले यस्ताे हल्लाकाे पछि लागेर अाफैनाे समय नष्ट नगराै  । अन्त्यमा सामाजीक सञ्जालकाे सदुपयाेग गराै ।

प्रतिक्रिया

सम्बन्धित