ढुक्क हुनुहाेस भेडेटारमा याैन धन्दा हुन दिदैनाै : लीला लावती अध्यक्ष ( हाेटल ब्यवसायीसंघ भेडेटार )

 

लीला लावती अध्यक्ष ( हाेटल ब्यवसायीसंघ भेडेटार )

अंग्रेजी नयाँ बर्षलाई लक्षित गरि पूर्वकाे पर्यटकीय नगरी सुनसरी र धनकुटाकाे संगम स्थलकाे रूपमा परिचित सुन्दरनगरी भेडेटारमा पाँचौ फुड फेष्टिभल (खाना महोत्सव) अाज साेमबार समापन हुदैछ । जाडाे र गर्मि दुवै माैसममा पनि वातावरणलार्इ एकैनास कायम राख्दै चारैतिरकाे हरियाली र डाँडापाखाकाे दृष्य अवलाेकन गर्न अाउने पर्यटकहरूकाे पछिल्लाे समय गन्तब्य स्थान बनेकाे छ भेडेटार । पर्यटकहरूकाे अागमनसंगै धनकुटाकाे भेडेटार याैन ब्यवसायकाे अाराेपले कहिलेकाही पिराेलिने गरेकाे छ । त्यहाकाे बस्तुस्थिती तथा याैन ब्वयसायसंगै अायाेजीत फुड फेस्टिबल सम्बन्धी हाेटल ब्यवसायीसंघ भेडेटारका अध्यक्ष लिला लावतीसंग पूर्वेली न्युजले गरेकाे कुराकानी … ….

 धनकुटाकाे पर्यटकीयस्थल भेडेटारमा  पाचाै भेडेटार फुड फेस्टिबलकाे अायाेजना गरीएकाे छ याे कार्यक्रम गर्नुकाे मुख्य उद्येश्य के हाे ?

बिगत ४ बर्षदेखी हामिले यस स्थानमा भेडेटार फुड फेस्टिबलकाे अायाेजना गर्दै अाएका छाै । यसकाे मुख्य उद्धेश्य भनेकाे अान्तरीक तथा बाहिय पर्यटकहरूलार्इ लाेभ्याउनु र यहाकाे बस्तुस्थिती तथा पर्यटकीय स्थलहरूकाे बारेमा बिश्वमा प्रचार गृदै पर्यटन ब्यवसायहरू अब्बल बनाउनु र देशकाे अार्थिक स्थितीमा उन्नती ल्याउनुपनी हाे ।

भेडेटारमा पछिल्लाे समय हाेटलहरू थपिने क्रम जारी छ तर गुणस्तरीय छैन भन्ने सेवाग्राहीहरूकाे गुनासाे छ नी ?

एकदम सहि हाे । यहाँ हाेटलहरू थपीने क्रम जारी छ तर गुगस्तर छदै छैन भन्न मिल्दैन । केही गुणस्तरहिन पनि छन त्यस्लार्इ सुधारेर लैजानु हामि सबैकाे दायित्व हाे । त्याे भन्दापनि भेडेटारमा पर्यटकहरूकाे चाप धान्न गाह्राे परीरहेकाे र अार्थिक काराेबारसंगै पर्यटन ब्यवसाय फस्टाएकाे छ र सधै यसरी नै चलिहाल्छ भन्ने यहाकाे मानसिकता छ यसलार्इ बदल्नु पर्छ । हामि यस बिषयमा सचेत छाै । यसलार्इ भाेलीका दिनहरूमा सुधारेर लेजाने जमर्काे गरिरहेका छाै ।

भेडेटारका हाेटलहरूमा बिभिन्न समयमा अवैध याैन धन्दा हुने गरेकाे भन्ने समाचार पनि सञ्चारमाध्यमहरूमा अाइरहन्छ । यस्काे बास्तविकता के हाे ? के साच्चै भेडेटारमा याैन धन्दा हुन्छ ? 

बिभिन्न छापा माध्यम र अनलाइन मिडियाहरूमा भेडेटारकाे बिषयमा नकरात्मक कुराहरू भन्दा पनि यस्ताे समाचार नअाएका हैनन । म यस्ताे समाचारकाे कसरी खण्डन गर्न चाहन्छु भने हामी हाेटल ब्यवसायी संगै पर्यटन ब्यवसायी पनि भन्न रूचाउछाै । तर पछिल्लाे समय जुन समाचारहरू मिडियामा अनाहक छाए त्याे सरासर गलत हाे । हामि ब्यवसायीहरू महिनामा र प्रत्येक हप्तामा यसै बिषयमा बैठक बस्छाै हामिले त्यहा प्रणै गरेका छाै की भेडेटारमा त्यस्ताे प्रकारकाे धन्दा हुनुहुदैन र हुन दिदैनाै पनि । यहाँ ब्यवसायहरू अाफै संलग्न भएर याैन धन्दा गरेका छैनन । इटहरी धरान , बिराटनगर , झापा , लगायतकाे हाेटलहरूमा प्रहरीले छापा मारेपछि त्यहाकाे याैन धन्दा भेडेटार सरेकाे भन्ने समाचार पनि गलत हाे । भेडेटार एक पर्यटकीय स्थल हाे । काेही जाेडी बिवाहित अाएका छन । काेही मन मिलेर अाएका छन । काेही परिवारसंगै अाएका हुन्छन के हामिले यहाँ नअाअाे भन्ने ? हामि ब्यवसायी हाै हाम्राे काम भनेकाे पैसा लिने हाे । सेवा दिने हाे । तर त्यसाे भन्दैमा भेडेटारका हाेटलहरूमा दिउसै तरूनी राखेर त्यस्ताे धन्दा चै हुदैन । तपाइ अाफै पनि गएर हेर्नुभयाे भने थहा पाइहाल्नु हुन्छ । हाम्राे यहा ३६ देखी ४० हाेटलहरू छन ति सबैमा अा अाफ्नै परिवार बसेर चलाएकाे देख्नुहुन्छ । त्यसैले यस्ताे नकरात्मक हल्ला फिजार्इ भेडेटार जस्ताे पर्यटकीय नगरीकाे अपमान र बदनाम नगरीदिनुहुन सबैलार्इ अनुराेध गर्दछु ।

फुड फेस्टिबल सुरू भएपछि अहिले सम्म के कस्ता परिवर्तनहरू अाए बताइदिनुन ?

परिवर्तन ल्याउन चै धेरै गाह्राे पर्दाे रहेछ त्याे म अझै महसुस गर्दैछु । भन्ने बित्तीकै जे पनि झट्टै परिवर्तन भै नहाल्दाे रहेछ । हाम्राे मुल उद्ध्येश्य भनेकाे नै धनकुटा जिल्लामा उत्पादन भएका कृषी जन्य उपभाेग्य बस्तुहरू संगै त्यहाकाे घरेले उत्पादन सामग्री जस्तै बास , ढाका , खुकुरी यि लाेप हुदै गएका उपयाेगी सामग्रीहरूकाे प्रवर्दन गर्नु हाे यसमा चै हामी केही मात्रामा सफल बने जसताे लाग्छ ।

पर्यटन ब्यवसायीहरूकालागी प्रवर्दन गर्नकालागी भावी याेजनाहरू के के छन ? 

धेरै राम्राे प्रश्न गर्नुभयाे तपाइले भेडेटार क्षेत्रकाे हिसाबले त्यसैपनि सानाे क्षेत्र मानीन्छ । हाेटल ब्यवसायीकाे अधिकारले हामी साना हाै तर पर्यटनकाे हिसाबले राज्यसंग टक्कर लिनेमा पर्छाै । अहिले भेडेटारमा हाेटलहरूमात्रै छन यसलार्इ अझै पर्यटन प्रवर्दन गर्न बिकासका पूर्वाधारहरू बनाउन अझै बाकी रहेका छन । फाेहाेर मैला ब्यवस्थापन देखी सवारी पार्कीङ लगायत यस्ता समस्याहरू यहाँ थुप्रै छन तर पनि हामी त्यस्लार्इ चिर्ने जमर्काे गर्दैछाै । यहा कसैले सेमिनार बैठक लगायत भब्य कार्यक्रमहरू गर्नुपर्याे भने सय जना मात्र अटने हलहरूछन ति भन्दा माथी अायाेजना हुने कैयाे कार्यक्रमह अन्तै गर्नुपर्न अवस्था छ त्यस्लार्इपनि सामधान गर्न बिशाल सभाहलकाे निर्माण गरेका छाै टावरलार्इ अझ ब्यवस्थित बनाउने जर्मकाे पनि गरिरहेका छाै । र अाेझेलमा परेका र पहिचान भैसकेका पर्यटकीय स्थलहरूकाे बारेमा खाेजी गरी संसारमा देखाइ त्यहाकाे प्रवर्दन गर्ने कार्यमा पनि जुटेका छाै ।

यस क्षेत्रमा रहेका हाेटल ब्यवसायीहरूले भाेग्नुपरेका समस्या अनी चुनाैतीहरू के के छन ? 

हामी ब्यवस्थित ढंगबाट अाफ्नाे सेवाग्राहीहरूलार्इ सेवा दिने काम गर्छाै तर पनि अाम्दानी चै लिने अनी सेवा चै राम्राे भएन भन्ने गुनासाेहरू धेरै अाएका छन । अलीकती ब्यवस्थापनमा पनि कमजाेरी भइ नै रहेकाे छ । ति चिजहरूलार्इ सुधारेर अघी बढने हाम्राे प्रयास छ । तर कता कता हामिलार्इ राज्यले साैतेनीकाे ब्यवहार गरे जस्ताे देखिन्छ । किनकी हामी हाेटल ब्यवसायीसंगै पर्यटन ब्यवसायीपनि हाै । हामिलार्य एक उद्याेगीकाे दर्जा समेत राज्यले दिइसकेकाे अवस्थामा हामिले त्यही अनुसारकाे करपनि तिरीरहेका छाै तर जुन उद्याेगीहरूले पाउने सेवा सुविधा हाे त्यसमा चै हामिलार्इ राज्यले बिस्थापित गरे जस्ताे लािरहेकाे छ । हामिले भेडेटारमा मात्रै अडाइ देखी तिनसय जना सम्मलार्इ राेजगार दिएर राखेका छाै । तर जुन हाम्राे लगानी छ त्याे शुरक्षित छैन जस्ताे लाग्छ ।

भेडेटारमा पाँचाै फुड फेस्टिबल चलिरहदा खेरी यहा अाउने पर्यटकहरूले चै यहाका परिकारहरू महगाे भाे भन्ने गुनासाे गरिरहेका छन नी ? 

याे त मलार्इपनि जानकारी भएन मैले अनुगमन गर्न भ्याएकाे छुइन । हामिले यहा सम्म गरेका छाै कि जस्ले जातिय पहिरन सहित जातिय परिकार बनाएर प्रदर्शन गर्छ उसलार्इ स्टल फ्रि उपलब्ध गराएका छाै । जहाँ सम्म लाग्छ यस्ताे छैन । मैले अघि पनि भने यहाँ अाएका पाहुनाहरूलार्इ राम्राे सदभाव देखाएर फेरीपनि यस स्थान तर्फ उहाहरूकाे मन डाेहाेर्याउनु हाे ।

अन्त्यमा याे पूर्वेली न्युज अनलाइन टिभी हेरेर बसिरहनुभएका दर्शकहरूलार्इ के भन्न चाहनुहुन्छ ?

सर्वप्रथम त म याे पूर्वेली न्युज अनलाइन सञ्चालन गर्ने समस्त टिमलार्इ स धन्यवाद दिन चाहन्छु । देशकाे मुल अार्थिक श्राेत भनेकाे चाहे कृषी हाेस या बनजंगल हाेस जलश्राेत भनेपनि हाम्राे मुल अाधार थाेरै लगानीमा राम्राे सेवा प्रदान गरेर राेजगार प्रदान गर्नु र राज्यसंग करकाे दायरामा अाइ राम्राे अार्थिक प्रगती गर्न सक्नु हाे ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…