एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

धरान । लेखीराज सुब्बा एक सफल व्यवसायी, समाजसेवीका रूपमा विभिन्न पेसाहरूमा कार्यरत हुनुहुन्छ । पूर्वमा प्राविधिक शिक्षाको आवश्यकता महसुस गरी  बि.स २०५२ सुनसरीको धरानमा सञ्चालित सुनसरी टेक्निकल कलेज स्थापना गरी  हजारौँ दक्ष जनशक्ति उत्पादन गर्न सफल व्यक्तित्व । पछिल्लो समय सुब्बा इटहरी स्थित एपेक्स हस्पिटलमा निर्देशकका रूपमा प्रवेश गरे सँगै अस्पतालमा थुप्रै सुधारको कार्य भइरहेका छन् । अस्पतालका  वर्तमान र आगामी योजनका बारेमा  सुब्बासँग गरिएको भिडियो कुराकानी :

यहाँ लामो समय शैक्षिक पेसामा आबद्ध हुनुभएकाेमा एकाएक स्वास्थ्य क्षेत्रमा पनि सकृिय रूपमा लागिपर्नु भएको छ नि?

मैले २०५२ सालदेखि शिक्षा क्षेत्रमा सङ्घर्ष गरेको हु र त्यो अहिले पनि जारी छ । मैले सिटिभिटीबाट प्राविधिक विषयका तालिमहरू लिएर शैक्षिक संस्था सञ्चालन गरेको हो । सुरुमा हामी सँग ल्याब एसिस्टेन र अनमी कार्यक्रम मात्रै थियो पछि टि एसएलसि तहका कार्यक्रमहरू थपे त्यसपछि ५८ ,५९ सालमा सिटिभिटीले डिप्लोमा लेबलको प्राेग्राम पश्चात काम गर्ने थप उर्जा बढेर आयो । हामीले अहिले डिप्लोमा लेबलको फार्मेसी , सिभिल इन्जिनियर ,हेल्थ असिस्टेन्ट लगायतका विषयहरू लिएर काम गरिरहेका छौ । ६५ सालमा आएर फेरी ब्याचलर लेबलको कार्यक्रमहरू त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन गरिरहेका छौ । ती कार्यक्रमहरूमा हामी सँग ब्याचलर फार्मेसी ,डिजिटेक टेक्नाेलाेजी ,बिएसि माइक्रो वायाेलाेजी , लगायत पछिल्लो समय हामी म्यानेजमेन्ट तिर पनि काम गर्न थाल्यौ जुन अहिले पनि जारी छ ।

पूर्वी नेपालमा हेर्ने हो भने सबैभन्दा बढी फ्याकल्टीहरू भएको सुनसरी टेक्निकल कलेज जस्तो लाग्छ , यस विषयमा केही प्रकास पारिदिनुन ।

यसमा दुई मत छैन अहिले पनि हाम्रो सुनसरी टेक्निकल कलेजमा टी एसएलसी  देखि प्रि एसएलसी , डिप्लोमा इन्टरमेडिएट,व्याचलर ,मास्टर लेबलको कार्यक्रमहरू रहेकोमध्ये अहिले टी एसएलसी चैँ विविध कारणवस छैन ।त्यसमा पनि हामी सँग डिप्लोमा प्लस टु लेबलको ,व्याचलर स्नातक लेबलको ,र मास्टरमा हामीसँग बिएस्सी माइक्रो बायाेलाेजी र एमएससि माइक्रो बायाेलाेजी, एमएससी बायोटेक्नोलोजी लगायत छन् समग्रमा भन्नुपर्दा हामीले एउटै छाना मुनी सबै प्रकारका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छाै ।

यहाँले बिगत लामाे समयदेखी धरनलाइ कार्यक्षेत्र बनाएर शैक्षिक पेसामा आबद्ध हुनुभयो अहिले अचानक इटहरीमा आएर स्वास्थ्य क्षेत्रमा लगानी गर्नु भएकाे छ यहाँकाे अवस्था कस्तो छ ।

यसमा के छ भने हामीले पहिले देखि नै चासो र काम गर्दै आएका एक स्वास्थ्य क्षेत्र पनि हो । धरान , विराटनगर , काठमाडाैंसममका अस्पताल सञ्चालकहरूसङ प्राय नजिकिरहन्छाै यही अन्तरालमा शैक्षिक क्षेत्र पछि आम नागरिकलाई चाहिने अर्को महत्त्वपूर्ण विषय भनेको स्वास्थ्य हो । धरानको मान्छे इटहरीमा आएर किन अस्पतालमा लगानी गर्याे भन्ने धेरैको प्रश्न रहन्छ । एक इटहरी भनेको चाैतर्फी विकाश भएको एक समुन्नत सहर हो । यहाँ नागरिकले कल्पना गरे जस्तो उचित स्वास्थ्य सेवा छैन यसैलाई मध्यनजर गरेर इटहरीको एपेक्स अस्पतालमा प्रवेश गरेको हो । यहाँका बिरामी वा सेवाग्राहीहरू उपचार नपाएर धरान , विराटनगर सम्म पुग्ने गरेको यथार्थ हामी माझ प्रस्ट छ । कमसेकम यहाँका नागरिकलाई यहीको अस्पतालबाट सेवा दिन थालियाे भने सहर छाडेर अन्य अस्पताल भाैतारिनु पर्ने थिएन भन्ने हाम्रो उद्देश्य हो ।

एपेक्स अस्पताल प्रवेश गर्नुभएदेखि के कस्ता सुधारात्मक कार्यहरू गर्नुभयो बताइदिनुस् न ?

यहाँ म आइकन सबैभन्दा सुरुमा अस्पताललाई चाहिने दक्ष चिकित्सकहरू नियुक्ति गर्ने काम गरे , त्यसपछि अस्पतालभित्र भएका प्रशासनिक कमिकमजाेरीहरूलाइ थप सशक्त बनाउने काम भयो । त्यसमा पनि हामीले अस्पताललाई २४ सै घण्टा सुचारु गर्ने प्रयत्न गरेका छौ हामीसँग अहिले एमडीजी फिजिएसनमा २४ सै घण्टा सेवा छ त्यस्तै गाइनाेक्लाेजिस्ट , एमडी गाइने एमएसटी गर्नुभएको दक्ष चिकित्सक प्रेक्षा सुब्बा हुनुहुन्छ ।इमरजेन्सी सेवालाई २४ सै घण्टा बनाएका छौ ।यस्तै थुप्रै सुधारात्मक कार्यक्रमहरू गरिरहेका छौ भोलिको दिनमा अझै सशक्त रूपमा यसलाई अगाडी बढाउने छौ ।

अस्पतालको आगामी योजनाहरू चैँ के कस्ता छन् ?

हाम्रो आगामी याेजना भनेकै सबै प्रकारका रोगसँग सम्बन्धित दक्ष चिकित्सक राखेर सेवा दिने , यहाँ अब २४ सै घण्टा सेवा दिने चिकित्सकहरू राखेर काम गरिने छ । साथै इन्डाेसकाेपी सेवा , सिटिस्क्यान सेवा , सर्जरी सँग सम्बन्धित सबै प्रकारका सेवाहरू उपलब्ध गराउने गरी योजना बनाएर कामहरू गरिरहेका छौ ।

विगतमा अस्पतालमा धेरै विवादमा आए , यसलाई कसरी चिर्नुहुन्छ ?

विगतमा के भयो कस्तो भयो म अनभिज्ञ छु अब म आफै सकृिय भइसकेपछि अस्पतालमा आउने सेवाग्राहीहरूको मन जित्ने सम्म काम गरिरहेको छु । विगतको जस्तो अहिले अस्पतालमा धेरै कुराहरू परिवर्तन भएका छन् । दक्ष जनशक्ति , सुविधा सम्पन्न सैया , प्रशासनिक कक्षहरू , दक्ष चिकित्सक ,प्रभावकारी सेवा सुविधा लगायत थुप्रै कुराहरू यहाँ परिवर्तन भएको देख्न सकिन्छ । हाम्रो उद्देश्य भनेको नै यहाँका नागरिकलाई स्वास्थ्यको प्रत्याभुती दिलाउने हो जुन हामी गरेरै छाड्छाै ।

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : ताराकाजी महतो

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : तारा…