बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

धरान / भुटानको सम्ची जिल्लाको डोरोखा गाउँमा जन्मिएका दुर्गा आचार्यको जीवन १० वर्ष सम्म सुखसयलमा नै बित्यो । उनी सम्पन्न परिवारका भएकाले उनकाे बाल्यकालमा केही दुख भएन् । उनका बुबा चिन्तामणि आचार्य भुटानका सांसद समेत थिए । सांसदकाे परिवारकाे सदस्य भएकाले पनि उनलाइ कुनै दुखकाे अनुभुति भएन् ।

उनी नियमित विद्यालय जाने विद्यार्थीमा पर्दथे । भुटानमा हप्ताको एक दिन अनिवार्य नेपाली पोशाक दौरा सुरुवाल लगाउनु पर्ने नियम थियाे, अनि एउटा नेपाली विषय पनि पढ्नु पर्ने थियाे, उनी अन्य विषय सँगै नेपालीमा झन तेज थिए । उनी भन्छन् “बुबाले मलाई मेरो अध्ययन सँगै मेहेनत देखेर छोरालाई बैज्ञानिक बनाउने भन्नु हुन्थ्यो । सरहरु पनि मलाई दुर्गाले केही गर्छ केटो बिजुली छ भन्नुहुन्थ्यो । नेपालीमा मेरो अकं आएको र शुद्ध लेखेको देख्दा सर नै छक्क पर्नुे हुन्थ्यो ।”

उनका एकजना घनिष्ठ मित्र ललित ढकाल थिए । उनी पनि नेपालीमा जान्ने थिए त्यसैले उनी र ललित सँगै बस्ने, खाने, छुट्टीको समय घर जाने र पारिवारिक रुपमा पनि नजिक थिए । त्यसैबिचमा ललित निकै दिन विद्यालय आएनन् । उनले सोचे बिरामी भए होला । एक दिन साथी भेट्न भनेर घर नै गए, तर घरमा ताला लगाएको थियो । आफ्नो साथीलाई भेट्न नपाउँदा र खेल्न नपाउँदै उनलाइ पिडा भयाे । सबैका साथीहरू थिए दुर्गा भने एक्लै थिए ।

उनले एक दिन नेपाली शिक्षकलाई ललित स्कुल नआएको बारे सोधे । सरले ललित नेपाल पुगेकाे जानकारी दिए । याे सुनेपछि उनकाे मनमा चिसाे पस्याे । उनले साेचे यति धेरै मिल्ने मान्छले किन मलाई नभनी गएको हाेला ‘हामी यति धेरै मिल्ने साथी हाे तर पनि उसले मलाइ केहि भनेन् किन हाेला’ भन्दै उनले मन मनै साेचे र चिन्तित भए, अनि उनले घरमा गएर ललित नेपाल गएको सुनाए । भाेलिपल्ट बिहान स्कुल जाने बेलामा ललितलाई नेपाल भेट्न कहिले जानु अब ललित कहिले आउँछ होला है भनेर साचे । त्यसकाे भोली पल्ट उनलाई पनि बुबाले नेपाल जाने कुरा सुनाए । त्याे समय बाबुले भनेकाे सम्झिदै दुर्गाले भने ” अब हामी पनि नेपाल जाने, तेरो साथी पनि नेपालमै छ हामी पनि उतै बस्छौ । तर, यो जाने कुरा कसैलाई नभन्नु भन्नुभयो है भन्नु भयाे ।”

उनी त्याे समयकाे कुरा सम्झिदै भन्छन् ‘मलाई त्यो समय नेपाल भनेको त माटो पनि अर्को रङको हुन्छ होला ! रुख पनि हाम्रो भन्दा फरक हुन्छ भन्ने लाग्थ्यो । घरहरु कस्ता हुन्छन् होला गाडी चढ्नु पाइन्छ होला लाग्थ्यो।’ त्याे समय मेरो खुसीको सिमा नै रहेन् । त्यसकाे एउटै कारण थियो ललित सँग भेट्न पाउने, उनी साेच्थे म नेपाल पुग्दा ललित कति खुसी हुन्छ होला ।

त्यो समय गाडी चढ्नका लागि सम्ची सहर आउन एक दिन पैदल हिन्नु पर्थ्याे । उनलाइ बुबाले घरमा नै गाडी लिन आउँछ भनेका थिए । उनले भने “हिडेर सहर पुगेकाे र ट्याक्टरमा बसेको नेपाल आएको थाहा छ बिचको कुनै कुरा याद नै छैन्। बुबाले नेपाल आउँदै गर्दा गाडीमा बैज्ञानिक बनाउ भनेको नेपालमा के कस्तो शिक्षा हाेला भन्दै टाउँको सुम्सुम्याउँदै आफूलाई च्यापेको याद अाउछ । अनि सुतेर उठेको र केही बोकेका खानेकुरा खाएको अहिले पनि म सम्झिन सक्छु ।”

बुबा चिन्तामणीले भने ‘भुटानको त्यो समयमा राजनैतिक अवस्थाका बारेका केही छोराछोरीलाई केही भनिन । केटीकेटी हुन नेपालमा भुलिन्छन् भन्ने थियो बाल्यकालकोे कुरा चै केटा केटीले नभुल्ने रहेछन्।”छाराेलाइ बैज्ञानिक बनाउने देखेकाे सपनाले उनलाइ अहिले सम्म पाेल्ने गरेका छ । छा्ेराले समेत उनलाइ बेला बेला सोध्छन् ‘बुबा मलाई बैज्ञानिक बनाउँछु भनेर आश मात्र देखाउनु भो है….. म त सपनामा पनि आफूलाई वैज्ञानिक हुन खोजेको देख्छु नी ।’ उनी थप्छन् ‘भुटानमा राजनैतिक अवस्था बिग्रिँदै गएपछि आफैलाई नै मार्छन भनेर सबै परिवार लिएर नेपाल आए । छोरालाई बैज्ञानिक बनाउँछु भन्ने कति ठुलो सपना थियो । शिविरको बसाई अनी विपन्नताका कारण तेजस्वी छोरालाई बैज्ञानिक बनाउँन सकिएन । सानो उमेरमा ठुलो सपना देखाएर पनि ठिकै गरे जस्तो लाग्छ । मैले त्यही भनेका कारण उसले मेहनत गर्नु छाडेन् । अहिले अमेरिका जस्तो ठाउँमा उच्च ओदाहामा बसेर काम गर्छ । मलाई छोराप्रति गर्व छ तर, नेपालले यस्ता मान्छे समयमा नै नचिनेकोमा देशको व्यवस्थाप्रति चै नमिठो लाग्छ ।”

भुटानमा सांसदकाे रूपाम रहेकाे अाचार्यकाे परिवर नेपाएमा अाएपछि शरणार्थी बन्याे । उनीहरू झापाकाे पथरीशनिश्चरे शिविरमा बस्न थाले । भुटनामा सांसदकाे सुख सुविधामा रहेका उनीहरूलाइ नेपालकाे शिविरकाे वसाइ निकै कष्टपुर्ण भयाे ।

‘शरणार्थी’ शव्द नै शव्दकोषमा नरहोस् : दुर्गा

नेपालको नाम मात्रै सुनेका दुर्गाले नेपालमा आएको साथी भेन् सोचेका थिए । भुटान भन्दा नेपाल राम्रो शहर भएकाले बसाईसराई सरेको र नेपाल सम्पन्न छ भन्ने सोच बोकेका उनले सोचे भन्दा ठिक उल्टो पाए । ‘ठुला घरमा बसेका दुर्गाकाे परिवार टाटीको घरमा बस्न बाध्य भयाे । त्याे समय त उनी खुसी नै थिए । तर, दिनदिनै छरछिमेकले भुटानी शरणार्थी भन्दै गरेको त्यो अमिलो व्यवहार सम्झिदा त त्यो ‘शरणार्थी’ शव्द नै शव्दकोषमा नरहोस् भन्ने लाग्याे ।’ दुर्गाले भने ।

उनले नेपाल आएर शिविर कै न्यु होराइजन एकेडेमीमा अध्ययन सुरु गरे । भुटानमा कक्षा १ अध्ययन गरेर नेपाल आएका दुर्गा उनलाई नेपाली माटो रमाउन निकै समय लाग्यो । विद्यालय भवन समेत नहुँदा रूख मुनि बसेर पढेको । हात्ती पाइले चप्पल एउटा खुट्टामा दुलो परेको लगाए । शिविरको बसाइ निकै सङ्घर्षपूर्ण भएको उनी बत्ताउँछन् । शिविर बाहिरका आफू सरहका साथीहरू चिटिक्क परेर ड्रेस लगाएर टाइ बेल्ट जुत्ता लगाउँदा म त्यो भुटानलाई सम्झिन्थे । नभन्दै ४ वर्ष बित्यो ।स्कुल जाने तर आफू भने झुत्रो लुगा लगाउनु पर्ने त्यो पनि बाबु र भाइ सँग लुगा पालो गर्दै लगाएको यस्ता कुराले पनि मन निकै दुख्थ्यो । सधैजसो ‘शरणार्थी’ भनेर सबले हेला गरेपछि मात्र आपूले बुबालाई ‘शरणार्थी’ भनेको के हो ? हामी भुटान बाट किन नेपाल आएको अब भुटान नजाने ? मेरो साथी नभेटाउने भनेर बुबालाई सोध्छु भन्ने सोचे ।

भुटान फर्किने सपना बुन्न थाले ।हामी भुटान जाउ मेरो साथीको याद आयो । हाम्रो घर छ त हामी किन यस्तो भएर बसेको । मेरो कति राम्रो लुगा थियो खै त्यो लुगा भन्दै म सदावहार गनगन गर्नु थाले पछि बाबाले नेपाल आउनुको कारण बताउँदै अब कहिल्यै भुटान जान नपाउँने बताउनु भयो । भुटानबाट खेदाएको थाहा पाए । किन खेदाएको भन्ने प्रश्नको उत्तर खोजीमा लागिरहे । अहिले म सबै देशलाई भन्छु ‘बाल्यकालको बसाईसराई मेरो सपनाको लक्ष्यको ‘पोइजन’ बन्यो । यो अन्य कसैलाई नपरोस्। देशको शाशकिय व्यवस्था द्रहो बनाउनु । अभिभावकले सुखबाट दुःख मा बसाईसराई नसार्नु बाल्यकालको कुराले मतिष्कमा नराम्रो छाप पर्छ । ’

दुर्गाले त्यो दिन सम्झदै भने ‘१४ वर्षमा धेरै कुरा बुझ्ने भएकाले भुटान छाडेको त्यो कुरा थाहा पाउँदा म निकै दुखी भए । बालबालिका उमेरमा हुने बसाइसराइको पिडाले उनलाई दिन रात नभनी सताउथ्यो । नेपाली भाषा भुटानमा नै सिकेकाले भाषामा भन्दा पनि खानपिन र रहनसहन समाजमा घुलमिन हुन निकै सकस भयो । त्यसको नकारात्मक प्रभाव दिनचार्य र पढाईमा पर्न भुटानको बाल्यकाल याद आउन थाल्यो । देशलाई धेरै सम्झिए अनि त्यसको सरकार र शासन व्यवस्था सम्झिएर अचम्ममा परे ।’

‘मलाई भुटानको भन्दा पनि साथीको असाध्यै याद आउथ्यो बाल्यकालको बसाईबसाईले बालमतिष्कमा ठुलो असर पारेर होला । ललितलाई अहिले सम्म बिर्षको छैन भने बुबाले मलाई बैज्ञानिक बनाउँछु भनेको यी दुई कुरा मेरो मेरो मतिष्कबाट हटेको छैन् यो दुई कुरा ट्याटु बनेर बसे । हटाउन कति प्रयत्न गरे तर, कुनै इलेजर र स्प्रीटले मेटाउन सकिन’

दुर्गा भन्छन् राती म १४÷ १५ वर्ष सम्म सुत्दा भुटानको घरको विद्यालयको साथीको सपना देख्थे तर, अहिले म नेपालको र अमेरिकाको मात्र देख्छु । बसाईसराईले सपनामा पनि मलाई जिस्काईरहेको जस्तो लाग्छ । नेपाल आउने ३ दिन अघि मात्रै उनलाई नेपाल जाने भन्ने थाहा भयो। १० वर्षमा नै खेदाएको भन्नेथाहा भएको भए विर्षन्थे होला १४ वर्षका थाहा पाउँदा मतिष्कमा सदावहार बसेको छ । लामो समयपछि मात्रै आफूहरू भुटानबाट खेदाएर नेपाल आएका रहेछौँ भन्ने थाहा भयो । बाबाले नेपाल जाने कुरा अरुलाई नभन्नु भनेको र साथी पनि यस्तै दुखमा परेको होला त्यही भएर मलाई साथीले भन्नु नपाएको होला । मइले अरु साथीलाई पनि जाने बेलामा वाई वाई भनिन आदी आदी सोच्दै बस्थे ।

दुर्गाको लागी मेहनत बन्यो हिराको ‘लेप’

यसै क्रममा २०५८ सालमा एसएलसी पास गरेर त्यहीँको अन्नपूर्ण कलेजमा कक्षा १२ सम्म अध्ययन पुरा गरे । त्यसपश्चात् काठमाडौँ गएर स्नातक तहको अध्ययन गरे । पढाईमा सानै देखी मेहनत गर्ने दुर्गा स्नातकोत्तर तहको अध्ययनको सिलसिलामा नै नेपालमा रहेका भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुरस्थापना गरियो । उनी परिवार सहित अमेरिका हानिए । उनी अहिले आफूलाई भाग्यमानी रूपमा लिन गरेका छन्, तर भुटान जाने इच्छा भए पनि जान नपाउँदा भने उनी पटक पटक दुखित भएको सुनाउँछन्।

अहिले आर्थिक हिसाबले सम्पन्न भएको र सामाजिक रूपमा हेर्ने दृष्टिकोण समेत बदलिएकोमा उनी सन्तुष्ट छन् । उनी भन्छन् ‘ मेहनत नै हिरा हो । मेहनत गर्नु नछाड्नु तपाईले काम खोज्नु पर्देन कामले तपाईलाई खोज्छ यो मेरो जीवनको अनुभव हो।’ उनी अहिले अमेरीकाकाे Federa Emergency Management Agency मा कार्यर रहेका छन् । उनले सुरूका दिनमा माेवाइल बनाउने, सामान डेलिभरि गर्ने, सवारी चालक भएर समेत काम गरेका थिए । सन् २०१५ देखी अमेरीकाम नेपाली भाषा पठनपाठनकाे सुरूवात समेत उनकाे पहलमा भएकाे थियाे । भिडियाे

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : ताराकाजी महतो

माडीवासीको शिर निहुरिने काम गर्दिनँ, भ्रष्टाचारीको लागि गेट बन्द गर्छु : तारा…