ककसले लिएका छन नेपाल डुबाउने सुपारी ?

ज- जसले नेपाल डुबाउने सुपारी लिएका छन,  त्यसले मात्र ५ बिकास क्षेत्रलाइ ५ प्रान्त मान्दैनन, किनकी बखेड़ा नै सकिन्छ  । त्यसैले संगियता मान्ने हो भने ५ बिकास क्षेत्रलाइ नै पांच प्रान्त मानौ, नत्र भने संगियता नै खारेज गरौ । यदि यशो नगर्ने हो भने देशमा अस्तिरता कहिले पनी अन्त्य हुने छैन । एमाले अदक्ष ओलीले ल्याएको ५ बिकास क्षेत्रलाइ नै पांच प्रान्त बनाउ भन्ने प्रस्ताब अति उत्तम छ । गणत्रंत्र बिरोधी भनेर बदनाम गर्नुको सट्टा राम्रो काममा साथ दिनु पर्छ । राम्रो काम पंच्यायतले गरेको भए पनी मान्नु पर्छ र गलत काम बहुदलले गरेको भए पनी मान्नु हुदैन / १०० जन जाती भएको देशमा जातीय राज्य माग्नु भनेको जाने बुझेर अस्तिरता सृजना गर्ने उदेश्य  हो । परापुर्ब काल देखि मिलेर बसेको नेपाली नेपाली बिच फुट पैदा गराएर देशमा बिदेशी हस्तक्षेप निम्त्याउने रणनीति मात्र हो ।

                                        मिन बहादु पण्डित

          हिमाल पहाड़ तराई मिलाएर  प्रांत बनाउँदा जलश्रोत खनिज, नदीनाला जड़ीबूटी,बन जंगल इत्यादि र पर्यटनको हिसाबले प्राकृतिक साधन बराबर बाड़ीन्छ । तराईलाई बिजुली पहाड़ले दिन्छ पहाड़लाइ अन्न तराईले दिन्छ. अर्थात एक अर्कामा परिपूरक हुन्छन । सबल राज्य हुने आधार पनी यही हो । डा. हर्क गुरुंगको बिज्ञ टोलीले बनाएको ५ बिकाश क्षेत्र नेपालको संदर्बमा एकदम बैज्ञानिक र उत्तम  छ । इंडियाको एउटा प्रांत भन्दा सानो नेपालमा ५ वोट  भन्दा बड़ी राज्य बनाउनु कुनै पनी दृष्टिले उचित छैन । इंडियामा एउटा प्रान्तको जनशंख्या १० करोड़ सम्म छ । त्यसैले  ३ करोड़   जनशंख्या भएको नेपालमा १४ वता प्रांत बनाउनु पर्छ भन्नेको नियतमा ठुलो खोट छ ।

  सरखार भनेको जनताको कर बाट चल्ने हो, त्यसैले  धेरै प्रांत बनाउँदा राज्य संचालनको आर्थिक भार जनतालाई नै पर्ने हो ।  हिमाल पहाड़ तराई मिलाएर प्रान्त बनाउँदा तराईको जमीन र सम्पति पहाड़ीले खोस्ने होइन । काठमाण्डौमा चाँही जो बसे पनी हुने तर तराईमा चाँही पहाड़ीहरु बस्न नमिल्ने यो कस्तो तर्क हो ?

            तराईको बास्तबिक समश्या भनेको खुला सिमाना हो । ५० करोड़ बेरोजगारी भएको देश संग खुल्ला सिमाना राखेर कहिले पनी देश बन्दैन । देश बनाउने हो भने सिमानामा काडेतारको बार लगाउनु पर्छ, अनी मात्र हाम्रा तराई बासी सुरक्षित हुन्छन् / भारतीय लुटेरा र डाकूले तराईमा ठुलो दुःख  दीई रहेका छन ।  अर्को कुरा बाध बानेर तराई डुबाइदिने भारत कसरी तराईको पक्ष्यमा हुन सक्छ ? तराई मुलका नेपालीलाई भारतीय सेनामा नलिने भारत कसरी तराईको हित चाहन्छ ? त्यसैले भारतले संविधान संसोधन गर भन्नुको मतलब बिहार बाट आएकालाई अधिकार दे भनेको मात्र हो ।  यदि तराईको बिकाश गर्ने हो भने हामीले इंडिया बाट तरकारी र खाद्यान्न  आपूर्ति पूर्ण रूपले बंद गर्नु पर्छ ताकि २ पैशा महंगो परे पनी तराईको उत्पादन बिकोस अनी नेपालको पैशा नेपाल मैं रहोस  । यशो गर्दा मुद्रा बाहिरिने क्रम रोकिन्छ र तरलता हट्छ । बल्ल तराई बासी धनि हुने बाटो खुल्छ  ।

    तराईको समश्या नागरिता होइन संपन्नता हो । अब कागाजि अधिकार होइन संपन्न हुने बाताबरण र बाटो सरखारले बनाउनु पर्छ । सीतलहरमा एउटा डसना नभएर चिसोले मर्ने गरीब जनतालाइ संपन्न पार्ने सूत्र एक तराई एक प्रदेश कदापि हुन सक्दैन /  अहिलेको समश्या भनेको तराई टुक्राउने भारतीय चालले ल्याएको पराकंपन नै हो ।  किनकी उसले सिक्किम खाएको स्वाद अझै भुलेको छैन । नेपाललाइ गरीब बनाएर भारत तीर मिसिदा फायदा हुन्छ भन्ने मनोबैज्ञानिक भ्रम सृजना गर्नु नै भारतको रणनीति हो ।

        नीति र नियत सहि हुने हो भने संगीय ब्य्स्वस्थामा पनि देश मज्जाले बनाउन सकिन्छ । त्यशैले संगीयता आफैमा नराम्रो कुरा होइन, संगीयता बनाउनेहरुको नियत र उद्देश्य मात्र नराम्रो हो । नत्र ५ बिकाश क्षेत्रलाइ ५ प्रान्त बनाउदा कति राम्रो हुन्थ्यो । समिधान संसोधन पनी भुलाउने र झुलाउने रणनीति मात्र हो, अनि नया नया बखेडा झिकेर प्रान्त्रको शंख्या बढाउने चाल हो । समिधान होइन पहिले नियत संसोधन गर । जातीय नारा दिएर जात जात बिच फाटो ल्याउने अनी संगियतालाइ हतियार बनाएर आफ्नो उद्देश्य पूरा गर्ने चाल मात्र हो । बिडम्बना  जसले जति कराए पनि मोदीको आदेश बिना नेपालमा चुनाब हुने वाला छैन, किनकी नेपाल डुबाउने सुपारी लिएकाहरुले नै संगियातालाई हतियार बनाएर आफ्नो उद्देश्य पूरा गर्न मरी मेटेर लागेका छन / मोदीले नेपालमा गर्न खोजेको पनी त्यही नै हो ।

किनकी सिक्किम भारतमा बिलय गराएपछि हौसिएको भारतले नेपालको तराई पनी लीन सकिन्छ भन्ने सोच इंदिरा गांधी कै पालामा आएको हो ।  त्यस अनुरूप नेपालबाट तराई छुट्ट्याउन भारतीय रअले अरबौ खर्च गरी सकेको छ । कयौ नेपाली नेताहरुलाई ठुलो लगानी गरी सकेको छ । त्यसैले आफ्नो लगानी खेर जान नदिने रणनीतिमा भारत छ । बर्तमान गतिरोध त्यसैको अशर हो । रास्टीयताको पक्षमा उभीने एमालेको ठुलो पंग्तिमाँ बिचलन ल्याउनु भारतको अर्को रणनीति हुन सक्छ । किनकी अहिले रास्टबादी धारको नेतृत्व एमालेले गरे जस्तो देखिन्छ । त्यसैले कतिपय जानकारको बुझाइमा नेपाली नेताहरुको हत्त्याको योजना समेत  भारत बनाउँदै छ भन्ने हल्ला पनी बाजारमा चलेको छ । तराई टुक्राउन भारत साम दाम डंड भेद सबै अस्त्र प्रयोग गर्न खोज्दैछ / हामीले बेलैमा होस पुऱ्याउन जरूड़ी छ, आतंरिक समश्या आफै समाधान गर्न जरूड़ी छ  ।

        चीनले भूकंप पीड़ितलाइ दिने भनेको १५ अर्ब समेत लीन नसक्नु वा नचाहनु जनता प्रति  ठुलो बेहिमानी हो । रकम लीन  बार बार पत्राचार गर्दा समेत लीन आलटाल गर्नेले नैतिक जिम्मेबारी लिनु पर्छ । भारत रिशाउला भनेर नलियको हो  आरोप लाग्नु स्वभाविक हैनर ?  जसरी भय पनी चिनिया रेल रोक्नु र चीनलाइ रोक्नु भारतको प्रमुख उदेश्य हो । यो उदेश्यमा साथ दिएर सत्ताको आयु लम्ब्याउनु र भारतलाई ख़ुशी पार्नु अनी चुनाब गर्न आलटाल गर्नु बर्तमान सत्ता गठबंदनको बाध्यता हो । यही बाध्यताले गर्दा नेपालको सार्बभोम अस्तित्वनै खतरामा पर्ने हो की भन्ने डर पैदा भएको छ । आजको राजनीतिक बास्तबिकता यहि हो । सधै संगियताको मन्त्र जपेर मात्र देशमा हुने वाला केहि पनी छैन ।  त्यसैले ककसले लिएका छन नेपाल डुबाउने सुपारी, नेपाल आमालाई सम्झेर पस्च्याताप गरी सुपारी फिर्ता गरेर देश हितमा लाग्न बिनम्र अनुरोध छ ।

प्रतिक्रिया

सम्बन्धित