“विराटनगरलाई अनलाइन परिचय दिन सिटि एप” – बिबेक दाहाल

बिराटनगरमा अनलाइन पत्रिका संचालन गर्दै आएको ओबि मिडिया प्रालिले नयाँ मोबाइल एप संचालनमा ल्याएको छ । सिटि एप नाम दिइएको उक्त एपमा बिराटनगरको सम्पुर्ण जानकारी पाउन सकिनेछ । यसैक्रममा ओबि मिडिया प्रालिका निर्देशक बिबेक दाहालसंग गरिएको कुराकानी :

१) सिटि एप कस्तो एप्लिकेसन हो ?

हामीले भर्खरै ल्याएको सिटि एप नेपालमै ,बिल्कुलै नयाँ     मोबाइल एप्लिकेसन हो । कुनै पनि सहरको बारेमा पुर्ण जानकारी दिन यस एपको निर्माण गरेका हौ ।

२) कसरी काम गर्छ यस्ले ? 

यस एपमा हामीले हाललाई विराटनगर सहरको सम्पुर्ण विवरण जस्तै स्कुल , कलेज , स्थानीय पसल , बैंक , होटेल , रेस्टुरेन्ट , विराटनगरका समाचार , मोरङका सरकारी कार्यालयहरुको विवरण गुगल म्याप सहित राखेका छौ ।

३) कसरी सोच आयो यस्तो एप निकाल्ने ? 

हामीले हाम्रो अनलाइन साइट (आवर विराटनगर ) लाई पनि विराटनगरलाई विश्वसंग जोड्ने अभियान स्वरुप संचालनमा ल्याएका थियौँ । बिराटनगरमा तपाई नयाँ हुनुहुन्छ या विराटनगरका बारेमा थोरैमात्र ज्ञान छ भने पनि यस एप तपाईंको लागि महत्त्वपूर्ण हुन जान्छ । बिराटनगरका कहाँ के के छन भनेर पुर्ण जानकारी दिने प्रयास गरेका छौ । विराटनगरलाई अनलाइन परिचय दिन सिटि एपको निर्माण गरेका हौ ।

४) यस एपले विराटनगरको मात्रै जानकारी दिन्छ ? 

तत्काललाई हामीले विराटनगर सहरको मात्रै विवरण राखेपनि चाडैं हामी अन्य सहरको बारेमा पनि जानकारी राख्दै छौ । नेपालका विभिन्न सहर छनोट गरि उक्त सहरका वा नेपाल र देश बाहिर बसेका नेपालीहरुले पनि आफ्नो ठाउँको बारे जानकारी पाउन सक्नुहुनेछ ।

बिबेक दाहाल (निर्देशक ओ.बि मिडिया प्रालि)

५) नि:शुल्क रुपमा जानकारी राखिन्छ एपमा ? 

अहिलेलाई ६ महिना सम्म हामीले नि:शुल्क रुपमा जानकारी राख्नेछौ । ६ महिनापछि हामीले फिचर सेवा संचालन गर्नेछौं जस्मा इच्छाएका विजनेस हाउसले साधारण शुल्क तिरेर  आफ्नो जानकारीलाई फिचर गरि  धेरै मानिस सम्म देखाउन सक्नेछन् ।

६) कसैले आफ्नो जानकारी एपमा राख्न चाहे के गर्नुपर्ने हुन्छ ? 

हामी चाडै नै , एपमा तपाईं जहाँ भएपनि आफै सामग्री आफै हाल्न पाउने सिस्टम तयार पार्दै छौ । यो सिस्टम बनेपछि तपाईंले एपमा आफै जानकारी हाल्न पाउनुहुनेछ ।

७) कस्तो प्रतिक्रिया पाइराख्नु भएको छ एपको ? 

हामीले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएका छौ  । धेरैले अझ राम्रो बनाउन सुझाब दिईरहनु भएको छ । अहिले सम्म १००० जति डाउनलोड भइसकेको छ । गुगल प्ले स्टोरमा गएर यसलाई डाउनलोड गर्न सकिन्छ

प्रतिक्रिया

सम्बन्धित

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत भन्छन

काठमाडाैंले गनेन ,अमेरिका गए : मधेसको विभेद देखेर फर्किएँ – डा.सिके राउत …

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्बा

एपेक्स अस्पताललाई इटहरीकै उत्कृष्ट अस्पतालका रूपमा विकास गर्नेछु : लेखीराज शुब्…

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

विकास र समृद्धिका लागि मत दिएर हामीलाई साथ दिनुपर्छ : डा. सुनिलकुमार शर्मा

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

यी ५ कुराले बढाउँछ उच्च रक्तचापको खतरा, हृदयघात हुनुअघि देखिन्छ यस्तो संकेत

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बैज्ञानिक बन्ने लक्ष्य बोकेका दुर्गाको जीवनमा ‘पोइजन’ बन्यो बाल्यकालको बसाइँसराई

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

बुवा रहुन्जेल कहिल्यै दुःखकाे महसुस नै भएन : कुन्ता शर्मा

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् विकासका याेजना  : बालेन्द्र साह

‘काठमाडौंका प्रत्येक घर, खाली जग्गा र ‘फुटपाथ’मा रुख रोप्नुका साथै यस्ता छन् व…

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने विश्वासमा छु :    शिवप्रसाद ढकाल

सुन्दरहरैंचामा जसरी काम गरेँ, त्यसैगरी मतदाताले पनि न्याय गर्नु हुन्छ भन्ने वि…