‘पैतालाले थिचेको देवता’ विमोचित

काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपाल केन्द्रीय समितिको आयोजनामा प्रलेस परिसंवाद कार्यक्रम’ को पहिलो शृङ्खलाअन्तर्गत शुक्रबार ‘जीवन र कर्मको परिप्रेक्ष्यमा महाश्वेता देवी’ विषयमा छलफल गरिएको छ । छलफलमा विश्लेषक राजेन्द्र महर्जनले विविध कोणबाट महाश्वेता देवीको जीवन र कर्मका बारेमा महत्वपूर्ण धारणा राख्नुभयो । कार्यक्रममा डा विन्दु शर्मा, खेम थपलिया, शोभा दुलाल, आरसी न्यौपाने, कृष्णहरि भट्ट, राजु स्याङ्तान, गुरुङ सुशान्त, नरेश ज्ञवाली, चिरञ्जीवी लामिछानेलगायतले विचार राख्नुभएको थियो ।

सोही कार्यक्रममा कथाकार रोहित दाहालको नयाँ कथासङ्ग्रह ‘पैतालाले थिचेको देवता’ महर्जन र प्रलेस अध्यक्ष मातृका पोखरेलले विमोचन गर्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित