रहेनन् गजलकार प्रकट पंगेनी
इटहरी । प्रख्यात गजलकार प्रकट पंगेनीको ६८ वर्षको उमेरमा निधन भएको छ । उपचारका क्रममा आज पोखराको मणिपाल अस्पतालमा निधन भएको हो । मृगौंला (किड्नी) र फोक्सोमा संक्रमण देखिएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा निधन भएको कवि तीर्थ श्रेष्ठले जानकारी दिए । पंगेनीको बुधबार बिहान १२ बजे मणिपाल अस्पतालबाट शवयात्रा सुरु गर्ने र फूलबारी घाटमा अन्त्येष्टि गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । उनी कास्कीको रूपा गाउँपालिका–५ मा जन्मिएका हुन् ।
प्रकट प्रणयमय गजलका लागि प्रख्यात छन् । उनको ‘जूनको चिठी जुनालाई’ र ‘यो मन कतै अल्झेको छ’ नामक २ गीत संग्रह प्रकाशित छन् । यसका साथै प्रणयवेदका ऋचाहरू (गजल संग्रह) र अक्षरभरि अक्षता (कविता संग्रह) उनका प्रकाशित कृति हुन् ।
प्रकटले रचना गरेका ५० भन्दा बढी गीत रेकर्ड भएका छन् । तीमध्ये ‘तगारो छेउ आएर पनि’ लगायत केही गीत लोकप्रिय छन् । उनका गीतमा विमल पराजुली, अमृत गुरुङ (नेपथ्य), यश कुमार, मदनकृष्ण श्रेष्ठलगायतले स्वर भरेका छन् । श्रृङ्गारिक गजल बढी लेख्ने भएकाले उनलाई ‘प्रणय गजलकार’ भनेर चिनिन्छ ।
![वीपीको स्मृतिमा भएको कविता प्रतियोगितामा खोटाङका नवराज प्रथम](https://snowberry.prixacdn.net/media/gallery_folder/BP%2520koirala%2520(1)_t3jTdEaLf5_m0cvg2oyyitslislmizk7alp0afw9ehha4rfvknlvh2fgtflxhafnumgnmhn_InbvsCE3Mn_uthlnwpqhcq26u8a8guuf1a3ifzaxjojkk1ryofhkevokzfwzpoh4x7gr6ow.jpeg)
वीपीको स्मृतिमा भएको कविता प्रतियोगितामा खोटाङका नवराज प्रथम
![आज आदिकवि भानुभक्तको २११औं जन्मजयन्ती , इटहरी सहित देशभर विविध कार्यक्रम गरी मनाइँदै](https://snowberry.prixacdn.net/media/gallery_folder/Bhanu-Jayanti_6LX5aJJmUd_hsyeihwdssyfhbyhwskfkqcanh9lpoyey1eaufpamzzitezqomtceqnkfiqv_swj5ASCm5W_mn5gph0iic3t25ohht6udpf3ce3lb87ofwynnguoo9r67mrdkrnlcawctzxi.jpg)
आज आदिकवि भानुभक्तको २११औं जन्मजयन्ती , इटहरी सहित देशभर विविध कार्यक्रम गरी …
![पलेँटीमा गुञ्जिनेछन् कृष्णराजा](https://snowberry.prixacdn.net/media/gallery_folder/5_aw5eYsWptF_bkezivd4i6ln3zpjrnoaes5gnxrjximhkmwfaq8ib6hveqgnsh9azdg8n9tu_UwXBd9Nyhm_ecwvcgle3atkisepamfnqjt6x2gefyhyfl2t1wkpatow9eiboxex4hucdp7x.jpg)
पलेँटीमा गुञ्जिनेछन् कृष्णराजा
![लघुकथा – वञ्जीस ईराको भोक](https://snowberry.prixacdn.net/media/gallery_folder/si_OMeMV49oVZ_zxy8ogcic3uuhrrjpplatwypvvncdqvnltkvjxzqik7nhoysgooudrdkqpq2_ncDj94Enda_lrmudq4utrizotwaaxnp7hfujfrnf0e75zmcxavyj9evudi17xksuvk1vgr9.jpg)
लघुकथा – वञ्जीस ईराको भोक
![रहेनन् अग्रज साहित्यकार दधिराज सुवेदी](https://snowberry.prixacdn.net/media/gallery_folder/dadhiraaj_CGBHJpnMJt_nge2hj2myeneud9yi6ibuovwhazft2ws57qazsfkfmimdb59jjni3m8g2khl_de5zkHYL1y_hsj555okf4wfq25lpzofmj0i0o40tueuqxr18vaef8tcqpuzk9u7fwu50z1l.jpg)
रहेनन् अग्रज साहित्यकार दधिराज सुवेदी
![प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस](https://snowberry.prixacdn.net/media/gallery_folder/prem-sex-valentine-copy-1000x477_3mKRiqG58p_h2nkm4ohzcr3uj6hw9qtnbjmovkck0treypbzcfhtj6ktl6z0mhyguapeduz_0kSTFAIxET_tkhsiynvebpjubn1ze4ihyy2uvobu0yrbinhnppyax6zleyuwcn6cu8ek5ly.png)
प्रेम, सेक्स र भ्यालेन्टाइन दिवस
![प्रेम दिवस, युवायुवती र विकृति](https://snowberry.prixacdn.net/media/gallery_folder/niru%2520thapoa_bS1MmDDGNI_ukof9zbd4whgytomxiskqsahvhwtdd8orfneqwtjsrshx2nptg5zktvln02s_zOqz9ceYWR_vmrhchl9ksjehlvt8fkiebuexygfkxropn3nptw0rsiz4dvoutejk4mjldks.jpg)
प्रेम दिवस, युवायुवती र विकृति
![लघुकथा : प्रायश्चित - श्रीप्रसाद पोखरेल](https://snowberry.prixacdn.net/media/gallery_folder/shree%2520prasad%2520pokhrel_VMMr1gbGXf_0dyavntpe6vydsfbsygjcirldsmnnefmiwjnokoy3l92imahkshaexgpwgpf_dP8EDAzCEL_irzjcrdne7lsdkwypriiuxdyoluz2t5el97wejbnnygdp89cqitu55kzm4lo.jpg)
प्रतिक्रिया