‘छन्द पराग’ को दोस्रो संस्करण

काठमाडौँ । छन्द कविता लेखनको सीप र संरचनात्मक विवेचनामा आधारित डा देवी नेपालको ‘छन्द पराग’ को दोस्रो संस्करण आज यहाँ सार्वजनिक गरिएको छ । घोष्ट राइटिङ नेपालको सिर्जनात्मक लेखन प्रशिक्षण कक्षामा कवि नेपालले सहभागीलाई प्रदान गरी सार्वजनिक गराउनु भएको हो ।

ऐरावती प्रकाशनले बजारमा ल्याएको सो ३६८ पृष्ठको पुस्तकले छन्द लेखनमा रुची राख्ने नयाँ पुस्तालाई मार्गदर्शन गर्न सक्नेछ । कृतिमा कविताका सम्पूर्ण रुपको संरचनादेखि बृहत्तर महाकाव्यसम्म र प्रत्येक कविताको लय विधानबारे चर्चा गरिएको छ ।

छन्द प्रशिक्षण अभियान र नेपाली विषयको अध्यापन र लेखनमा सक्रिय कवि नेपालले सो क्रममा पुस्तकले करिब ५०० कविका कविताशं उदाहरणका रुपमा प्रस्तुत गरेको बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित