गीताञ्जली साहित्य रत्न पुरस्कार डा रेग्मीलाई

पोखरा । गीताञ्जली साहित्य रत्न पुरस्कारबाट डा .जगन्नाथ रेग्मीलाई सम्मान गरिएको छ । नेपाली साहित्यको श्रीवृद्धिमा योगदान पु¥याएबापत डा रेग्मीलाई यस वर्षको सो पुरस्कार दिइएको हो । गीताञ्जली साहित्य परिवार पोखराद्वारा स्थापित सो पुरस्कारको राशि रु पाँच हजार पाँच र सम्मानपत्र छ ।

सहप्राध्यापक डा नारायणप्रसाद अधिकारीले आज बिहान आयोजित कार्यक्रममा डा रेग्मीलाई सम्मान गर्नुभएको थियो । डा रेग्मी विन्ध्यवासिनी संस्कृत क्याम्पसका प्रमुख हुनुुहुन्छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिवप्रसाद गौतमले गर्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित