‘कमली’ उपन्यास बजारमा

काठमाडौँ,२७ मङ्सिर । किरण ढुङ्गानाद्वारा लिखित ‘कमली’ शीर्षक उपन्यास आजदेखि बजारमा आएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी र प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले उक्त पुस्तक विमोचन गर्नुभएको हो । लेखक ढुङ्गानाले यसअघि ‘मोन्ट्रियल क्याफे’ शीर्षक पुस्तक सार्वजनिक गरिसक्नुभएको छ । ‘कमली’मा राणाकालीन ऐतिहासिक अवस्था र घटनाक्रमलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ ।

विमोचन कार्यक्रममा जोशीले प्रस्तुत कृति एउटा सशक्त लेखन भएको टिप्पणी गर्नुभयो । प्रमुख सूचना आयुक्त बाँस्कोटाले उपन्यासका घटना रोचक र तथ्यमा आधारित रहेको विचार व्यक्त गर्नुभयो । उपन्यासकार ढुङ्गानाले कृति सबैका लागि पठनीय रहेको जिकिर गर्नुभयो । लेखक ढुङ्गाना करिब चार दशकदेखि क्यानडामा रही नेपालको साहित्यिक विकासमा लागिपर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित